Breaking News
कोरोनाको पूर्ण खोप लगाउने जिल्ला बन्यो मुस्ताङ
विकल्प न्यूज/बेनी साउन २० गते । मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न […]
साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल
१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना […]
जलविद्युतले बदलिएको गाउँ
म्याग्दी, साउन १९ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र […]
कालिगण्डी दोहन गर्ने लुटेराहरु रातीमा सक्रिय
गलकोट- बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर […]
प्रदेश सरकारबाट कटौती भएका योजना समाबेश गरिदिन गाउँपालिकाको अनुरोध
विकल्प न्यूज\बेनी साउन १५ गते । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भए सँगै म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रममा बजेट कटौती गरिएको छ । दुई वर्ष देखि निरन्तर बजेट व्यवस्थापन भई सञ्चालनमा रहेका योजनाहरुलाई प्रदेश सरकारले यसपालीको बजेटमा कटौती गरेको हो । अघिल्लो सरकारले निरन्तरता दिएको सडक,शिक्षा,खानेपानी लगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले […]
ताकम देखि बेनी आउँदै गरेको बोलेरो जिप धारापानीको उकालो भिरमा दुर्घटना
विकल्प न्यूज/बेनी साउन १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानी स्थित बादिकाको भिरबाट खसेको छ । ग १ ज ६८०५ नम्बरको जीप भिरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको र ८ जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर धौलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षीय […]
खेलकुद परिषद्को उपाध्यक्षलाई कारबाही गर्ने खेलकुद मन्त्रीकाे चेतावनी
साउन १४ गते । काठमाडौँ- गण्डकी प्रदेशका प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष नारायण पुनलाई प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ । प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले यसअघि पनि उपाध्यक्षको उपस्थिति नभएको भन्दै आपत्ति जनाउँदै आएका छन् । सामाजिक विकास मन्त्री नरदेवी पुनले आफनो पूर्व स्वकीय सचिवलाई उपाध्यक्षमा नियुक्त गरेकी थिइन् […]
म्याग्दीमा थप ३२ जनामा काेराेना पुष्टि
विकल्प न्युज / बेनी साउन १३ गते । म्याग्दी मा बुधबार थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
जापानमा रहेका धाइरिङवासीले पठाए पहिरोपीडितलाई राहत
विकल्प न्यूज/जलजला साउन ११ गते । रोजगारीका क्रममा जापानमा रहेका धाइरिङवासीहरुले यहाँका पहिरोपीडितहरुलाई राहत पठाएका छन् । गत असारमा आएको बाढीपहिरोका कारण विस्थापित भएका धाइरिङ किराखोरवासीहरुको सहयोगका लागि जापानमा ३ लाख १२ हजार रुपैयाँ सहयोग रकम जुटेको हो । जापानमा रहनुभएका नवराज आचार्य र रामकृष्ण आचार्यको अगुवाईमा संकलन भएको राहत रकम आइतबार जलजला क्रियटीभ युथ […]
यस्तो छ थुनिएको गुर्जा खोला (फोटो)
विकल्प न्यूज/बेनी साउन १० गते । शुक्रबार पहिरोले थुनिएको गुर्जा खोला शनिबार राती देखि विस्तारै खुलेको छ । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल सहितको टोली आइतबार विहान थुनिएको स्थलमा पुगेको छ । ओभरफ्लो भएर खोला बग्न थालेको उहाँले बताउनुभयो । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ […]
थुनिएको गुर्जाखोला बग्न थाल्यो
विकल्प न्यूज/बेनी साउन १० गते । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, उनले भने, ‘थप जोखिमको अवस्था […]
म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनीयो
विकल्प न्यूज/बेनी म्याग्दी ९ साउन ।खोला थुनिएको संभावित क्षेत्र म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदि थुनिएको र ठुलो ताल बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो । गुर्जा […]
कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित
काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । पार्टी सभापति शेरवहादुर देउवाको […]
फेरी बढ्दै कोरोना ः थप ३ हजार ११४ जना सङ्क्रमित
विकल्प न्यूज/बेनी साउन ९ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार […]
फेरी बढ्न थाल्यो कोरोना ः २२ जनामा परिक्षण गर्दा १२ जना संक्रमित
विकल्प न्यूज/बेनी साउन ५ गते । म्याग्दीमा फेरी कोरोना संक्रमण बढ्न थालेको छ । केही हप्ता यता संक्रमण कम भएकोमा फेरी बढ्न थालेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधज्ञालाई खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना संक्रमण देखिन थालेको छ । संकास्पद २२ जनाको […]