बेनी नगरपालिका
एमाले बेनी नगर कमिटीको अध्यक्षमा जि.सी र के.सीको दावी यथावत

विकल्प न्यूज/बेनी कार्तिक १० गते । नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । नेतृत्व चयनका लागि मंगल सुरु भएको प्रथम नगर अधिवेशनमा अध्यक्ष पदमा युवा नेता नारायण जि.सी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी प्रस्तुत गर्नुभएको थियो । बुधवार दिनभर नेताहरुले मिलाउने प्रयास गरेपनि साँझसम्म सहमति हुनसकेको छैन । दुवैजनाले अडान लिएपछि […]
एमाले बेनी नगर कमिटीको नेतृत्वमा तीन जनाको दावी

विकल्प न्युज/बेनी कार्तिक ९ गते । नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ । मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ । अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास भइरहेकाले अधिवेशन स्थगित […]
उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रवासी म्याग्देलीलाई अनुरोध

विकल्प न्यूज/बेनी कार्तिक २ गते । म्याग्दीको विकास र समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । म्याग्दीको सामाजिक क्षेत्रमा सघाउँदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा बोल्ने वक्ताहरुले जिल्लाको विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा […]
बेनीमा हुने माेनाकाे चौथो महाधिवेशनकाे तयारी पूरा (भिडियो सहित)

विकल्प न्युज/ बेनी कार्तिक १ गते । संसारभर छरिएका म्याग्देलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनकाे तयारि पूरा भएको अायाेजकले बताएका छन् । साेमबार माेनाकाे सचिवालयमा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा माेनाका महासचिव विक्रम कार्कीले अधिवेशनकाे सवै तयारी पूरा भएको जानकारी दिनुभएको हाे । […]
दशैंमा माेना हङकङकाे साथले बालगृहका बालबालिकामा खुसि छायो

विकल्प न्युज/ बेनी असाेज २८ गते । दशैंमा म्याग्दी प्रवासी नेपाली संघ (माेना हङकङ) काे साथ पाएपछि बालगृहका अनाथ बालबालिकाकाे मुहारमा खुसी छाएको छ । बेनीमा रहेकाे नेपाल वालसंगठन म्याग्द्वा्रा संचालित बालगृहमा रहेका अनाथ बालबालिकाले दशैं मनाउन माेना हङकङकाे साथ मिलेपछि उनिहरूमा खुसि छाएकाे छ । दशैं तथा शुभदिपावलीका अवसरमा माेना हङकङले अनाथ बालबालिकाका लागि […]
बेनीको कोतघरमा फुलपाती भित्र्याइयो (फोटो\भिडियो)

विकल्प न्यूज/बेनी असोज २६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ […]
बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत माथिको आक्रमण प्रयासको सर्वत्र विरोध

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी माथि भएको आक्रमणको सर्वत्र रुपमा विरोध र निन्दा गरिएको छ । नागरिकलाई सेवा प्रवाह गरिरहेका समयमा राष्ट्रसेवक कर्मचारीमाथि आक्रमणको प्रयास गर्नु निन्दनीय र खेदजनक भएको भन्दै विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत माथि […]
तातोपानीमा छतमै हेलिप्याड सुविधासहितको ‘‘श्रेष्ठ होटल हटस्प्रिङ’’ सञ्चालनको तयारी (भिडियोसहित)

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सिंगा तातोपानी बजारमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारीमा छ । दुईवर्ष अघिबाट पूर्वाधार निर्माण सुरु गरिएको होटल यतिखेर सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्ड नजिक करिब १५ करोड रुपैयाँको लगानीमा श्रेष्ठ होटल हटस्प्रिङ सञ्चालनको अन्तिम तयारी गरिएको छ । तातोपानी कुण्डमा आउने […]
तलव दिने सहमति पछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु सेवामा फर्किए

विकल्प न्यूज/बेनी असोज २० गते । साउन देखिको तलब नपाएको भन्दै सेवा बन्द गरेर आन्दोलित बनेका बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु तलब पाउने सहमति पछि सेवामा फर्किएका छन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गरेर धर्नामा बसेका थिए । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीहरुका विच तलब भुक्तानीका सम्बन्धमा सहमति […]
तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी अान्दाेलित, सेवा बन्द

विकल्प न्युज/बेनीअसाेज २० गते । म्याग्दीको बेनी अस्पतालका कर्मचारी साउन देखि यताको तलबको माग गर्दै बेनी अस्पतालका अध्यक्षको कार्यकक्ष बाहिर धर्नामा रहेका छन् । बुधबार बिहान देखि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारी धर्नामा बस्दा उपचारका लागि अस्पताल पुगेका बिरामी छटपटाउदै डाक्टरको परखाईमा रहेका छन् । चाडबाडको समयमा पनि तलब नदिएको भन्दै उनीहरु ध्र्नामा […]
५२ बर्षपछि घर फर्किए थामडाँडाका गुरुङ, परिवारमा खुसीयाली

विकल्प न्यूज/बेनी असोज २० गते । परिवारले आश मारिसकेको व्यक्ति वर्षौपछि टुप्लुक्क घरमा आउँदा घरपरिवारमा कस्तो महशुष होला ? यो क्षणमा खुसीको सीमा हुने त कुरानै भएन । यो दुई चारवर्षको कुरा होइन,पाँच दशक सम्म परिवारबाट सम्पर्क विच्छेद हुनुभएका एक पुरुषको पारिवारिक पुनर्मिलनले घरपरिवारको खुसी फर्किएको छ । घरबाट हराएको ५२ बर्षपछि बेनी नगरपालिका ४ […]
म्याग्दीको सिंगा तातापानीमा प्राकृतिक चिकित्सालय खुल्दै (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १९ गते । म्याग्दीको प्रशिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिंगामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी,फिजियोथेरापी,मसाज थेरापी,जलचिकित्सा, अकुपंचर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय […]
विद्युत पोलको भाडा नतिर्ने केबुल र इन्टरनेटको तार काटियो

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा […]
मुक्तिनाथ सहकारीको लगानी ४३ करोड

विकल्प न्यूज/बेनी असोज १६ गते । सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष […]
तातोपानी कुण्ड खुलेसँगै उपचारका लागि आउन थाले विरामी (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १३ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको प्रशिद्ध तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रो साता देखि तातोपानी कुण्ड बन्द गरिएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका […]