बेनी नगरपालिका
नेकपा एमाले बेनी नगर कमिटिद्वारा कार्यकर्तालाई प्रशिक्षण
विकल्प न्यूज/बेनी माघ २६ गते । नेकपा एमाले बेनी नगर कमिटिको आयोजनामा नेतृत्व विकास सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।बुधबार एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य राम बहादुर रावतले प्रशिक्षण दिनुभएको हो । उहाँले नेता तथा कार्यकर्ताको नेतृत्व तथा ब्यक्तित्व विकास, पार्टीको चुनावी रणनीति, अहिलेको […]
तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडियो सहित)
विकल्प न्यूज/बेनी माघ २० गते । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दविएपछि विहिवार जिल्ला […]
सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले
धु्रबसागर शर्मा/विकल्प न्यूज माघ १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् । २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । […]
बेनीको पुल छेवैमा अतिक्रमित सार्वजनिक जग्गाको छानविन गर्दै अख्तियार
विकल्प न्यूज/बेनी माघ १८ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बेनी नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण भएको उजुरीका आधारमा छानविन थालेको छ । बेनी नगरपालिका २ स्थित बेनी – बागलुङ जाने पक्की पुल छेवैमा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाएको उजुरीका आधार अख्तियारले अनुशन्धान तथा छानविन थालेको हो । पुल नजिक […]
सिंगामा एक करोड ८० लाख लगानीमा सामुहिक बाख्रा फार्म (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ १७ गते । यहाँका तिन युवा मिलेर सामुहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका ४ सिंगामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामुहिक रुपमा उन्नतजातका बाख्रा पाल्न थालेका हुन । ति मध्य दुईजना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) प्रेम खड्का र भेषबहादुर थापाले […]
म्याग्दीमा ६ जना नयाँ कुष्ठरोगी भेटिए
विकल्प न्यूज/बेनी माघ १६ गते । म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसबर्ष जिल्लामा ६ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९ औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा गतबर्षका नियमित औषधी सेवन गर्ने ३ र यसबर्ष नयाँ ६ […]
आगलागी पीडितलाई गंगा जिसी फाउन्डेसनद्वारा राहत प्रदान
विकल्प न्यूज/बेनी माघ १६ गते । बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ भएको आगलागीबाट पीडित रामचन्द्र खत्री र सुस्मा खत्रीको परिवारलाई म्याग्दीको परोपकारी संस्था गंगा जिसी फाउन्डेसनले पहिलो चरणको राहत सामग्री उपलब्ध गराएको छ । आइतबार फाउन्डेसनका अध्यक्ष नारायण जिसीले सिरक, डसना, चामल, दाल, नुन तेल, ग्यास चुल्हो, पकाउने भाडाकुडा तथा दुइ बच्चाका लागि आवश्यक बिद्यालय […]
बेनी ६ ज्यामुनाखर्कमा एक घर जलेर नष्ट
विकल्प न्यूज/बेनी माघ १६ गते । बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले जानकारी दिनुभयो। आगलागीबाट घरभित्र रहेको ३ तोला, सुन गरगहना, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको […]
कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ सार्वजनिक
विकल्प न्यूज\बेनी माघ १५ गते । आर्थिक इतिहासका अध्येता म्याग्दीवासी कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति ः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ । यस […]
जिल्ला प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण
विकल्प न्यूज/बेनी माघ १५ गते । थुनुवालाई भेट्न आउनेहरुलाई सहज होस् भन्ने उद्धेश्यले हिरासत अगाडी थुनुवा भेटघाट कक्ष बनाइएको प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो । झरीमा छाता ओड्नुपर्ने र गर्मीमा घामले पोल्ने समस्या हटेको छ । आन्तरिक बैठक सञ्चालनका लागि ब्यारेकको तला थपेर सभाहल बनाइएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । सभाहललाई बैठकका अतिरिक्त […]
प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण
विकल्प न्यूज/बेनी बेनी, १५ माघ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्रमुख सचिब सन्तोष गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया, प्रेस युनियनका सचिब साधन राम्जाली र पत्रकार ठाकुरप्रसाद आचार्यको उपस्थिति थियो । कोरोना जोखिमका कारण प्रतिनिधीमुलक उपस्थितिमा स्थापना दिवस मनाएको सचिब खत्रीले बताउनुभयो । प्रमुख सचिब गौतमले समावेशीकरण, श्रमजिबी पत्रकार […]
बेनीमा ‘मास्क बैंक’ स्थापना
विकल्प न्यूज/बेनी माघ ११ गते । बेनीका दुई स्थानमा मास्क वैंक सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा मास्क विना यात्रा नगर्न अनुरोध सहित ‘तपाईंको मास्क खोई ’ अभियान सुरु भएसँगै बेनपा–७, सामुदायिक चोकमा रहेको प्रहरी बिट र कालिपुल बसपार्कमा मास्क बैंक’ स्थापना गरिएको हो । जिल्ला प्रशासन […]
रत्नेचौर–कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण तिव्र
विकल्प न्यूज/बेनी माघ १० गते । बेनी नगरपालिका १ रत्नेचौर देखि बागलुङ नगरपालिका – ४ कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण तिव्र पारिएको छ । गत मंसिरबाट पुल निर्माण थालिएको थियो । तोकीएको समय भन्दा अगावै निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाको पहलमा दुई जिल्ला जोड्ने ३ सय […]
महामारीमा अग्रपङ्तीमा खटिएका एम्बुलेन्स चालकलाई कोरोना पुष्टी
विकल्प न्यूज \ बेनी माघ ८ गते । कोभिडको पहिलो र दोस्रो लहरका विरामीहरुको सेवामा निरन्तर जुटेका म्याग्दीका दुई जना एम्बुलेन्स चालकलाई तेस्रो लहरले भने छाडेन । कोभिड महामारीका समयमा न भोक न तिर्खा नभनी सेवामा खटिएका बेनी अस्पतालका एम्बुलेन्स चालक द्धाय गोपी गौतम र केशर शेरपुञ्जालाई पनि शनिबार कोरोना पुष्टि भएको हो । कोरोना […]
म्याग्दी जेसिजमा पदभार ग्रहण
बेनी, ९ माघ । म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले २०२२ को अध्यक्षमा निर्वाचित सन्दिप खत्रीलाई जेसिज […]