ताजा समाचार:
Search

बेनी नगरपालिका

नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

विकल्प न्यूज/बेनी भदौं ४ गते । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त र व्यवहारले कम्युनिष्ट नभई […]

‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन

विकल्प न्यूज/बेनी साउन ३१ गते । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । बिमोचनका क्रममा जिसस प्रमुख […]

साउन महिनामा गलेश्वरधाममा १८ लाख भेटी संकलन

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३१ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वरधाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । मंगलवार कोषले साउन महिनामा भक्तजनहरुबाट दान तथा […]

साउनमा सवा लाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वर धाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यसपालीको साउन महिनामा ५ […]

कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला

विकल्प न्यूज/बेनी साउन २९ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सभापति गर्बुजाले कांग्रेसको संगठन निर्माणमा शुभेच्छुक संस्थाहरुको भुमिका […]

बेनी नगरका जनप्रतिनिधिले लिएको दोहोरो सुविधा फिर्ता गर्न अटेरी

ठाकुरप्रसाद आचार्य/बेनी साउन २५ गते । नियम विपरित दोहोरो सुविधा लिएका बेनी नगरपालिकाका तत्कालिन जनप्रतिनिधिहरुले अझैसम्म रकम फिर्ता गर्न मानेका छैनन् । सरकारी कोषबाट निवृत्तिभरण पाउने नगरपालिकाका प्रमुख सहित चारजना जनप्रतिनिधिले ऐन विपरित दुई आर्थिक वर्षको सेवासुविधा वापत लिएको २३ लाख ८८ हजार सातसय ५५ रुपियाँ फिर्ता गर्न आलटाल गर्न अटेरी गरेका हुन । नगरपालिकाले […]

जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सुवेदी सम्मानित

विकल्प न्यूज\बेनी साउन २२ गते । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक विकासमा योगदान गरेको भन्दै क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २४ औँ बार्षिक उत्सवको अवसरमा शनिवार सुवेदीलाई सम्मान गरेको हो । सुवेदीको कार्यकालमा क्याम्पसले शैक्षिक गुण्स्तर वृद्धि,भौतिक पूर्वाधार निर्माण र सुधारमा योगदान पु¥याएको भन्दै प्रतिष्ठानबाट सम्मानित […]

क्षेत्री महिला बेनीनगर समाजको अध्यक्षमा उर्मिला केसी चयन

देवी जिसी/बेनी साउन २२ गते । बेनीमा क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिबार क्षेत्री समाज म्याग्दीको सभाहलमा तेश्रो  साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय बेनिनगर समिति  चयन गरेको छ।  समितिको उपाध्यक्षमा गङ्गा थापा कार्की, सचिव मनुकुमारी बानिया, […]

नदी कटानले गलेश्वर स्थित राममन्दिर जोखिममा

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १२ गते । कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेका धार्मिकस्थल नदी कटानका कारण जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेका गलेश्वर क्षेत्रमा पर्ने गायत्री मन्दिर र राममन्दिर नदी कटानको उच्च जोखिममा परेका हुन । वर्षेनी नदीमा आउने वाढीका कारण मन्दिर परिसर कटान हुँदै जान थालेको छ । नदीको कटानबाट जोगाउन […]

एसईई परिक्षामा बेनीको प्रकाश मावि सामुदायिक तर्फ उत्कृष्ट

विकल्प न्यूज/बेनी साउन १२ गते । बुधबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविको विद्यार्थीले म्याग्दीमै धेरै जिपिए ल्याएका छन् । प्रकाश माविका प्रेम श्रेष्ठले ३।९०, प्रविन सुवेदीले ३।८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र दृतीय भएका छन् । यस बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सार्वजनिक नतिजा […]

एसईई पास भएपछि आमाहरुको मुहारमा खुसियाली

ठाकुरप्रसाद आचार्य /बेनी साउन १२ गते । बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएका तिनजना आमाहरुले यसपाली एसईई पास गर्नुभयो । ६२ वर्षीय रेणुमल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो । बुढेसकालमा भएपनि एसईई पास भएकोमा उहाँ निकै खुसी देखिनुहुन्थ्यो । उमेरमा पढ्ने धोका पुरा भएन उहाँले खुसी […]

स्थानीयले अख्तियारमा उजुरी गरेपछि पुल निर्माण रोकियो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ७ गते । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ वरंजालाई जोड्न म्याग्दी खोलामा निर्माणधिन पक्की पुल । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई […]

एकैपटक ३८ जना स्वास्थ्यकर्मीको करार म्याद सकिदा बेनी अस्पतालको सेवा प्रभावित

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । बेनी अस्पतालको विभिन्न पदमा कार्यरत स्वास्थ्यकर्मीहरुको करार म्याद सकिएर बाहिरिदा अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत चिकित्सक सहित विभिन्न सेवामा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गते देखि एकैपटक करार म्याद समाप्त भएको हो । ५० बेढ क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार […]

अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण

विकल्प न्यूज/बेनी असार ३२ गते । अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई दिनसम्म चलेको प्रशिक्षणमा अनेमसंघको […]

सामाजिक विकास कार्यालयको बार्षिक समिक्षा

म्याग्दी ३० असार । सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८÷०७९ मा सम्पादन गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । विहिवार कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुबिच सामाजिक क्षेत्रका समसामयिक सवालहरुको सन्दर्भमा अन्तरक्रिया एवम बार्षिक समिक्षा कार्यक्रम आयोजना गरि कार्यालयबाट भएका गतिविधि र उपलब्धिहरुको बारेमा जानकारी गराएको हो । यस आर्थिक बर्षमा कार्यालयले […]