बेनी नगरपालिका
म्याग्दी क्याम्पसको स्ववियु निर्वाचनमा उम्मेदवारी दर्ता

विकल्प न्यूज\बेनीफागुन २८ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन९ स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल ९क्रान्तिकारी० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० र अखिल नेपाल विद्यार्थी युनियन ९समाजवादी० का उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका बमोजिम मंगलवार […]
स्वास्थ्यकर्मीको अभावमा तोरीपानी सहरी स्वास्थ्य केन्द्र बन्द

विकल्प न्यूज/बेनीफागुन २७ गते । बेनी नगरपालिका ९ घतानको तोरीपानी सहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिना देखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । केन्द्रमा खटाइएका अहेब तपेन्द्रबहादुर थापा कार्यालयमा उपस्थित नभएपछि केन्द्र बन्द भएको हो । बेनी नगरपालिकाले तोरीपानी, ढोल्ठान तथा धुपीबोट क्षेत्रका बासिन्दाको सुविधाका लागि भनेर सुरु गरेको उक्त स्वास्थ्य केन्द्र दुई महिनादेखि […]
कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगर देशभरमा दोस्रो स्थान

विकल्प न्यूज\बेनीफागुन २५ गते । कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी मंगला गाउँपालिकाले ६९.४९,रघुगंगाले ६९.३५,मालिकाले ५८.७५,अन्नपूर्णले […]
धाइरिङ भुमेथानमा चार करोडको लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

ठाकुरप्रसाद आचार्यम्याग्दी,फागुन २५ गते । बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने भएको छ । संघीय सरकारको चार करोड रुपियाँ बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले बहुवर्षीय ठेक्का लगाएर प्रशिद्ध भुमेथान,शिवालय क्षेत्र पूर्वाधार निर्माण योजना मार्फत पर्यटकीय संरचनाहरु निर्माण गर्न […]
जलजलामा महिला दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

विकल्प न्यूज/बेनीफागुन २४ गते । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । कार्यक्रमको […]
गलेश्वर बजारमा सौन्दर्यकरण

म्याग्दी, फागुन २२ गते । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजना मार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्धार, […]
जलजलामा नेकपा एमालेको वडास्तरीय प्रशिक्षण सुरु

विकल्प न्यूज\बेनीफागुन २१ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा (एमाले) ले वडा–केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गत वडास्तरीय प्रशिक्षण सुरु गरेको छ । पार्टीले मंगलबार वडा नम्बर २ मल्लाजमा वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (एमाल)े गण्डकी प्रदेश सदस्य तथा जिल्ला कमिटी पर्वतका निवर्तमान अध्यक्ष राजुप्रसाद पौडेल,प्रदेश कमिटी सदस्य एवम् पालिका इन्चार्ज लालबहादुर अधिकारी,जिल्ला […]
कुमारी सहकारी हिनामिना प्रकरण ः पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

विकल्प न्यूज\बेनीम्याग्दी, फागुन २१ गते । म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपीहरुलाई थुनामा पठाउन जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । अदालतको आदेश सँगै रकम हिनामिनाको अभियोग लागेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँचजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको […]
सहकारीको रकम हिनामिनाको आरोप लागेका जिसस म्याग्दीका प्रमुखलाई एमालेले गर्यो निलम्बन

विकल्प न्यूज\बेनीफागुन २० गते । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानको क्रममा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई नेकपा एमालेले गण्डकी प्रदेशले निलम्बन गरेको छ । मंगलबार पोखरामा भएको प्रदेश कमिटीको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् । थपा नेकपा एमाले म्याग्दीका […]
गलेश्वरमा रु. ५१ लाख भेटी सङ्कलन

म्याग्दी, फागुन १५ गते । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु .५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु. ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । […]
जलजलाको माझफाँटमा अस्पताल भवन निर्माण

विकल्प न्यूज\बेनीफागुन १३ गते । म्याग्दीको सदरमुकाम बेनी देखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिका स्तरीय अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार सुविधासम्पन्न अस्पताल भवन निर्माण गरिएको हो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले २०७८ असार २३ गते दुईवर्ष […]
बेनीको कालिपुलमा सडक कालोपत्रे सुरु

ठाकुरप्रसाद आचार्य\बेनीफागुन १३ गते । बेनी नगरपालिका ८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्न गरिएको छ । योजनाको ठेक्का सम्भौता अवधि सकिएपछि निर्माण कम्पनीले सडक कालोपत्रे थालेको हो । राष्ट्रिय गौरब कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने कालिगण्डकी मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गे पुल सम्म पाँच सय मिटर सडकलाई […]
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ चयन

विकल्प न्यूज/बेनीफागुन १० गते । पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा […]
वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनीफागुन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा वन डढेलो व्यवस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । ‘वन सबैका लागि, सधैँका लागि र डढेलाबाट वन जोगाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने मूल नारासहित सञ्चालित वन डढेलो व्यवस्थापन सचेतना सप्ताह कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै डिभिजन […]
सहकारीको रकम हिनामिना अभियोगमा पक्राउ

विकल्प न्यूज/बेनीफागुन ९ गते । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर पौडेलले […]