बेनी नगरपालिका

म्याग्दीमा नेकपा एमालेका उम्मेदवारहरुले गरे मनोनयन दर्ता

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २३ गते । म्याग्दीमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवारहरुले पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि हरिकृष्ण श्रेष्ठ,प्रदेशसभा निर्वाचन क्षेत्र क मा देवेन्द्रबहादुर केसी र ख मा यामबहादुर गर्बुजाले मनोनयन दर्ता गराउनुभएको […]

उम्मेदवार बन्न असफल भए पार्टीलाई सफल बनाउँछु ः सुवेदी

विकल्प न्यूज/बेनी असोज २३ गते । नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले आगमी मंसिर ४ मा हुने संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुन असफल भएपनि निर्वाचनमा पार्टीलाई जिताउन क्रियाशिल हुने बताउनुभएको छ । सुवेदीलाई प्रदेशसभा निर्वाचन क्षेत्र क का लागि आफ्नो दावी प्रस्तु गर्नुभएको थियो । सुवेदी सँगै जिल्ला कमिटिले पार्टी अध्यक्ष देवेन्द्र बहादुर केसी […]

नवौँ राष्ट्रिय खेलकुद –बेनीमा खेलमैदान तयार

म्याग्दी,  असोज १८ गते । म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ ।  […]

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोतमन्दिरहरुमा फूलपाती भिœयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो […]

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी,  भदौ ३० गते ।  बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]

बाल दिवसको अवसरमा मदरसाका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

विकल्प न्यूज\बेनी भदौं २९ गते । सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७,मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका बालबालिकालाई १० हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको हो । साम्रागी हस्तान्तरण कार्यक्रमको अवसरमा मुस्मिल अगुवा रहमत खानले मुस्लिम समुदायको धार्मिक […]

नवौं राष्ट्रिय खेलकुद ः बेनीमा पहिलोपटक महिला भलिबल प्रतियोगिता हुने

विकल्प न्यूज\बेनी भदौं २९ गते । असोजको अन्तिम हप्ता देखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ । […]

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राप्रपाको चुनावी एजेण्डा ः अध्यक्ष लिङ्देन

विकल्प न्यूज\बेनी म्याग्दी २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक स्थिरताका लागि संवैधानिक राजसंस्था सहितको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपाको आगमी चुनावी एजेण्डा भएको बताउनुभएको छ । मंगलबार बेनीमा राप्रपा म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्र सहित अभिभावकीय भूमिकामा राजसंस्था र कार्यकार्य प्रधानमन्त्री जनताबाट निर्वाचित हुने व्यवस्था […]

कालीगण्डकीमा पाइन छाडे शालिग्राम

ठाकुर आचार्य/अमृत पौडेल/ नवीनशिशिर विक/अर्जुन काफ्ले ‘म्याग्दी/बागलुङ/स्याङ्जा, भदौ २८ गते ।  ‘माछापुच्छ्रे  गिरिशिखरको पारमा मुक्ति क्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’ राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता   बेनी बजारका ८१ वर्षीय अंगद श्रेष्ठको घरमा रहेको शालिग्राम । श्रेष्ठले करिब ६० वर्ष […]

एमाले म्याग्दी निर्वाचन प्रचारमा जुट्यो, अलमलमा गठबन्धन दलहरु

विकल्प न्यूज\बेनी भदौं २७ गते । म्याग्दीमा सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले आगमी मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरु दिनदिनै सिट वाँडफाँडमा गलफत्ती गरिरहेका छन् । अझै उनीहरुले कुन निर्वाचन क्षेत्र कसको भागमा पर्ने हो कुनै टुंगो लगाउन सकेका छैनन् । केन्द्रमा भागवण्डा नमिलेका […]

ब्राह्मण समाज म्याग्दीको अध्यक्षमा लिलाराम गौतम चयन

विकल्प न्यूज\बेनी भदौं २६ गते । ब्राह्मण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा,मनोज पौडेल, रेखाकौशल रेग्मी, चिरञ्जीवि आचार्य, निलकण्ठ […]

दिदीबहिनी सहकारीको लगानी ११ करोड ३० लाख

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको मसान्त सम्म ११ करोड ३० लाख ६१ हजार सातसय २७ रुपैयाँ लगानी गरेको जनाइएको छ । सहकारीको शनिबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा  संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले सो जानकारी गराउनुभएको हो । […]

दिदीबहिनी सहकारीको नयाँ संचालक समिति चयन

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको ११ औं साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी […]

मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन निर्वाचित

विकल्प न्यूज\बेनी भदौं २५ गते । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन ’लोकेश’ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको जिल्ला समन्वय समितिको आठौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर पुन, कोषाध्यक्ष विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका,टंकसरा राना,रामदेवी […]

नेकपा म्याग्दीको नेतृत्वमा उषा घर्ती चयन

विकल्प न्यूज\बेनी भदौं २२ गते । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीको नेतृत्वमा उषा घर्ती मगर चयन हुनुभएको छ । विप्लब नेतृत्वको नेकपा म्याग्दीको बुधवार सम्पन्न चौथो जिल्ला सम्मेलनले घर्तीको नेतृत्वमा २५ सदस्यी जिल्ला कमिटी चयन गरेको हो । साथै अधिवेशनले ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचित भएका छन् । जिल्ला सम्मेलनबाट चुनिएका अन्य पदाधिकारी, कार्यसमितिको नाम […]