बेनी नगरपालिका
जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई
विकल्प न्यूज/बेनी जेठ १६ गते । जिल्लाको बेनी नगरपालिकाले विभिन्न २६ ओटा शिर्षकमा अस्वभाविक रुपमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट किताबमा उल्लेख भए अनुसार दुई करोड ९३ लाख रुपियाँ विभिन्न शिर्षक र उपशिर्षक खडा गरेर बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो । जनताले तिरेको करको […]
जेसीज स्थापना दिवसका अवसरमा लोकनृत्य प्रतियोगिता
विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप […]
नेकपाका केही चुनौति र अवसर
राजकुमार थापा /विकल्प न्यूज जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको सम्पूर्ण सकिएको छ । पार्टी एकता सँगसँगै राष्ट्र, पार्टी तथा कार्यकर्ता र आमनेपाली जनसमुदायबीचमा केही अवसर, सम्भावना सँगै केही चुनौतिहरु पनि थपिएका छन् । अवसर र चुनौतिलाई यथार्थपरक हिसाबले विश्लेषण गर्दै वैज्ञानिक योजनाका साथ अगाडि बढ्न सकेमात्र सम्भावनालाई […]
‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग
विकल्प न्यूज/बेनी जेठ १५ गते । लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आयोजना गरेर पढाऔं अभियान अक्षयकोषबाट आर्थिक रुपमा विपन्न […]
नेपाली काँग्रेसको थाकनपोखरीमा जागरण अभियान
विकल्प न्यूज/बेनी जेठ ११ गते । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार बेनी नगरपालीका ६ थाकनपोखरीमा आमभेला सम्पन्न भएको छ । जागरण अभियान अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा थाकनपोखरीमा भएको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधव रेग्मीले नेपाली कांग्रेसले जनताका लागि काम गरेको हुँदा जनताले कांग्रेसलाई […]
स्थानीय तहमा बालमैत्री वातावरण बनाउन जनप्रतिनिधिको प्रतिबद्धता
विकल्प न्यूज\बेनी जेठ ९ गते । म्याग्दीका स्थानीय तहहरुमा बालमैत्री वातावरण बनाउन जनप्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनीमा आयोजना गरेको बालअधिकार सम्बन्धी दुइदिने सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधिहरुले स्थानीय तहमा बालमैत्री वातावरण र संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको हुन । शारीरिक, मानसिक तथा बौद्धिक रुपमा सक्षम बनाउन बालबालिकामैत्री वातावररणलाई स्थानीय […]
म्याग्दीका निर्माण व्यवसायीहरुद्धारा सार्वजनिक खरिद नियमावली २०७५ को विरोध
विकल्प न्यूज/बेनी जेठ ९ गते । म्याग्दीका निर्माण व्यवसायीहरुले सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैंटौं संशोधन) नियमावली २०७५ का केही प्रावधानहरुप्रति असहमति जनाउर्दै विरोधमा उत्रिएका छन् । विहिवार म्याग्दीका व्यवसायीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई लाई ज्ञापनपत्र बुझाएका हुन । नियमावलीमा भएका प्रावधानहरुले देशको समग्र अर्थतन्त्रलाई नै […]
सामुहिक बलात्कार गर्नेहरु सार्वजनिक(भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ ९ गते । १५ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार गर्ने तिनजन युवाहरुलाई प्रहरीले विहिवार सार्वजनिक गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बलात्कारमा संलग्न युवाहरुलाई सार्वजनिक गरिएको हो । जेठ ७ गते बुधवार राती १२ बजे बेनी नगरपालिका ४ डाँडाखेतकी एक बालिका माथि तिनजनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको […]
दिवंगतको स्मृतिमा अन्नक्षेत्रलाई सहयोग
विकल्प न्यूज/बेनी जेठ ८ गते । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई एक परिवारले दिवंगत आफन्तको पुण्य स्मृतिमा खाद्यान्न र नगद सहयोग गरेका छन् । धवलागिरी गाउँपालिका ७ ताकमकी स्वर्गीय खगेश्वरी आचार्यको पुण्य स्मृतीमा उहाँका श्रीमान दण्डपानी आचार्य र परिवारले गलेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको हो । चामल, […]
कदमको अध्यक्षमा रेग्मी
विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीमा क्रियाशिल गैरसरकारी संस्था कालीगण्डकी नाट्य तथा सामुदायिक विकास मञ्च (कदम)को अध्यक्षमा निलकण्ठ रेग्मी चयन हुनुभएको छ । संस्थाको मंगलबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा ७ औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा हरिप्रसाद पौडेल, उपाध्यक्षमा रक्षा पौडेल, सचिवमा बद्रीप्रसाद पौडेल, कोषाध्यक्षमा प्रकाश रेग्मी र […]
नेपाल लेखापरिक्षक एशोसियशन म्याग्दीमा सुवेदी
विकल्प न्यूज/बेनी जेठ ६ गते । समितिको सदस्यहरुमा तेजप्रसाद पौडेल, एकादक्त शर्मा, रत्नबम मल्ल, सल्लाहकारमा रामप्रसाद शर्मा र केन्द्रिय प्रतिनिधिमा रामजी प्रसाद सुवेदीलाई चयन गरिएको छ । भेला जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।
जामुनाखर्क माविले जिल्लामा पहिलोपटक शैक्षिक महोत्सव गर्ने
विकल्प न्यूज/बेनी जेठ ६ गते । बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले जिल्लामा पहिलो पटक शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ । शैक्षिक क्षेत्रको विकास र संभावनाको उजागर गर्नका लागि विद्यालयले शैक्षिक महोत्सवको आयोजना गर्न लागेको हो । “शिक्षा,विज्ञान,प्रविधि,कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ यहि जेठ १५ देखि १८ […]
बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्ति पदयात्रा
विकल्प न्यूज/बेनी जेठ ४ गते । २६ सय ४३ औँ लुम्बीनी दिवस तथा २५ सय ६३ औं बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्तिपदयात्रा गरिएको छ । बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मुल समारोह समितिको आयोजनामा शनिवार बेनीमा शान्तिपदयात्रा गरिएको हो । बौद्ध धर्मालम्बीहरु,शिक्षक,विद्यार्थी,उद्योगीव्यवसायी र सर्वसाधारणहरु सहभागी भएको पदयात्रा बेनीको संगमचोकबाट सुरु भई बजारका विभिन्न भागहरुको परिक्रमा गरेर […]
पुलाचौरमा क्षमता विकास तथा कानुनी सचेतना तालिम सुरु
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ २ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बिहीबारदेखि क्षमता विकास तथा कानुनी सचेतनासम्बन्धी तालिम सुरु भएको छ । ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित बेनी नगरपालिका र वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरुको क्षमता अभिवृद्धि गरी समाजका […]
महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया
विकल्प न्युज बेनी जेठ १ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेनी अस्पताल म्याग्दीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मनोज घिमिरेले मधुमेह […]