रघुगंगा गाउँपालिका

रघुगंगामा नेपाली काँग्रेस विजयी

विकल्प न्युज / बेनी जेठ २ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । काँग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । भण्डारी दोस्रो कार्यकालका […]

रघुगंगा १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी सहित प्यानल विजयी

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी विजयी हुनुभएको छ । शनिबार दिउसो सम्पन्न वडाको मतगणनामा फगामीले चार सय ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका धनबहादुर गर्बुजाले ३ सय ५४ मत प्राप्त गनुभयो । यसैगरी पालिकाका अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर […]

मनोनयनको पहिलो दिन म्याग्दीका तिन स्थानीय तहमा काँग्रेसको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी बैशाख ११ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार नेपाली काँग्रेसले अन्नपूर्ण,रघुगंगा र मालिका गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । रघुगंगा गाउँपालिकामा अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै काँग्रेसले रघुगंगाका ६ वटा वडामा अध्यक्ष सहित सदस्यहरुको […]

रघुगंगामा उम्मेदवार चयन गर्न काँग्रेसलाई सकस्

विकल्प न्यूज/बेनी वैशाख ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनौंट गर्न काँग्रेसलाई सकस परेको छ । अध्यक्ष र उपाध्यक्षमा धेरै नेताहरुले आकांक्षा देखाएपछि काँग्रेसलाई उम्मेदवार छनौंट गर्न कठिन भएको हो । अध्यक्ष पदका लागि पाँचजना र उपाध्यक्षमा ७ जना आकांक्षी भएपछि गाउँपालिका कार्यसमितिले जिल्लामा आकांक्षीहरुको नाम सिफारिस गरिएको सभापति मनकुमार शेरपुञ्जाले […]

एमालेका उम्मेदवारले यसपाली भत्काउलान रघुगंगामा काँग्रेसको गढ ?

विकल्प न्यूज\बेनी वैशाख १ गते । म्याग्दीमै नेपाली काँग्रेसको गढ मानिएको रघुगंगगा गाउँपालिकामा एमालेले उम्मेदवार टुंगाएको छ । नेपाली काँग्रेसले भने उम्मेदवार टुंगाएको छैन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले र माओवादीका विच चुनावी तालमेल हुँदा पनि काँग्रेस फराकिलो मतले विजयी भएको थियो । २ नम्बर भगवतीमा वडा वाहेक सवै वडामा काँग्रेसले जितेको […]

अघिल्लो निर्वाचनमा निर्विरोध भएको दग्नाममा एमालेले अघि सा¥यो उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २९गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको छ । मंगलबार भएको वडा कमिटीको वैठकले इन्द्रमान थजालीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको गाउँपालिका कमिटीका सचिव झलक आचार्यले जानकारी दिनुभयो । यस्तै उहाँले दिएको जानकारी अनुसार खुल्ला सदस्यमा खड्क बहादुर गर्बुजा,महिला […]

२३ वर्षीय रन्जनाले गरिन स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेद्वार घोषणा

विकल्प न्यूज\बेनी चैत २७ गते । २३ वर्षीय रन्जना श्रेष्ठले आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर घोषणा गरेकी छन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत रघुगंगा गाउँपालिका २ भगवतीकी श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफू निर्वाचनमा स्वतन्त्ररुपमा वडा अध्यक्षको उम्मेद्वार भएको घोषणा गरेकी हुन । ‘भगवतीको समग्र शिक्षा क्षेत्रको रुपान्तरण गरि कुनै […]

काँग्रेसबाट रघुगंगा–८ मा छन्त्याल र १ मा फगामी वडा अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २३ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले रघुगंगामा उम्मेदवार चयन गर्न थालेको छ । वडा नम्बर ८ र वडा १ मा अहिलेका वडा अध्यक्ष नै दोहोरीने भएका छन् । वडा ८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा […]

रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी

म्याग्दी २२चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । माओवादीबाट पार्टीको वडा […]

रघुगंगाको बिशेष गाउँसभाबाट ऐन,कार्यविधि र नियमावली पारित

विकल्प न्यूज\बेनी चैत २२ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष) गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विधायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको ऐन, […]

रघुगंगामा समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज\बेनी चैत १५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८\०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले विकास खर्चलाई बढाउन नसकेको,ठेक्का मार्फत अघि बढेका योजनालाई […]

पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु

विकल्प न्यूज\बेनी चैत १० गते । जिल्लाको रघुगंगा गाउँपालिका वडानम्वर ३ स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु भएको छ । गाउँपालिकावासीहरुलाई गाउँमै सुविधान दिन गाउँपालिकाले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालामा बेग,भगवती,पिप्ले,दग्नाम र चिमखोलाका स्थानीयवासीहरु लाभान्वित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा […]

ठेकेदारले काम छाडेपछि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा […]

रघुगंगामा दलित मुक्ति मोर्चा गठन

विकल्प न्यूज\बेनी फागुन २१ गते । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको रघुगंगा गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा रमेश दर्जी, […]

रघुगंगा जलविद्युत आयोजनाका कर्मचारीबाट गाउँ पुग्यो नक्कली नोट

विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट एक हजार रुपैयाँको दुई थान नक्कली नोट भेटिएको छ । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको हो । आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान […]