रघुगंगा गाउँपालिका
म्याग्दी मौवाफाँटमा ढुङगा चिनेर पदमार्ग
विकल्प न्युज बेनी बैशाख २९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् । मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म […]
टोड्के रिसोर्टको उद्घाटन (फोटोफिचर)
विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित तोड्के रिसोर्टको शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको टोड्के रिसोर्टको उद्घाटन गरिएको हो । प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन […]
अध्यक्ष रोकाद्धारा क्याम्पसलाई २ लाख सहयोग
विकल्प न्यूज/बेनी बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधाको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोकाले बुधवार गाउँपालिका केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसलाई दुइलाख रुपियाँ हस्तान्तरण गर्नुभएको हो । जनप्रतिनिधि भएवापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समुदायद्धारा […]
आफन्तको स्मृतिमा गोरेटो बाटो निर्माण
विकल्प न्यूज/बेनी बैशाख १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुकमा एक व्यक्तिले आफ्नो दिवंगत छोराको स्मृतिमा गोरेटो बाटो निर्माण गर्नुभएको छ । कृष्ण आधारभुत विद्यालयका तत्कालिन प्रअ समेत रहेका स्वर्गीय धन बहादुर पुर्जाको स्मृतिमा उहाँका बुबा लाल बहादुर पुर्जाले रु ५० हजार लगानीमा गोरेटो बाटो निर्माण गर्नुभएको हो । हाल युकेमा रहनुभएका पूर्व गाविस […]
भगवतीमा नेकपाको वडा कमिटी गठन, अगुवा कार्यकर्तालाई प्रशिक्षण
विकल्प न्युज म्याग्दी वैशाख ७ गते । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले स्थानीय तहमा एकता टुंगो लगाएसंगै वडा कमिटी गठन गर्न सुरु गरेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिवार भएको अगुवा कार्यकर्ताहरुको भेलाले झलक शर्मा अध्यक्ष र नरबहादुर भण्डारी सचिब रहनुभएको २५ सदस्यीय वडा कमिटी गठन गरेको […]
अर्गानिक खेती प्रविधिसम्बन्धी बेनीमा स्थानिय सरकारवालाविच छलफल
विकल्प न्युज/बेनी बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लालाई अर्गानिक उत्पादनको […]
दीपक कार्कीको अध्यक्षतामा रघुगंगामा नेकपाको कमिटी गठन
विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रघुगंगा गाउँपालिकामा एकता टुंगिएको छ । सोमबार बसेको कार्यकर्ता भेलाले अध्यक्षमा युवा नेता प्रेमबहादुर कार्की (दीपक) र सचिवमा हरि भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्की तत्कालिन एमालेका जिल्ला सचिवालय सदस्य हुनुहुन्छ भने सचिव भण्डारी माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ । गण्डकी प्रदेशका सांसद […]
विकट गाउँ चिमखोलामा सरकारी सेवा सुविधा लिएर पुग्नु भयो मन्त्री थापा
विकल्प न्यूज\बेनी चैत २२ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आफ्नो जन्म गाउँ चिमखोलामा वृहत घुम्ती शिविर लैजानु भएको छ । सरकारी सेवा सुविधा सहित कृषि र पशुपालनका विज्ञ सहितको टोली लिएर मन्त्री थापा चिमखोला पुग्नु भएको हो । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला […]
आन्तरिक आय बढाउँदै म्याग्दीका स्थानीय तह
विकल्प न्यूज/बेनी चैत २० गते । जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो चौमासीकसम्म करिब सवा तिन करोड भन्दा वढी राजश्व संकलन गरेका छन् । संविधानले दिएको अधिकार अनुसार स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर लगाउने अधिकार छ । यसका साथै स्थानीय तहले सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, […]
चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै
बिकल्प न्युज बेनी चैत्र १९ गते म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा एकिकृत घुम्ती शिविर हुने भएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा महिला ,बालबालिका तथा जेष्ठ नागरिक मनत्रालय अन्तर्गतको समाजकल्याण परिषदको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा चैत्र २१ ,२२ र २३ गते शिविरको आयोजना हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको […]
म्याग्दीका स्थानीय तहमा कति भयो विकास बजेट खर्च ?
विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशतको हारहारीमा मात्रै विकास बजेट खर्च भएको छ । स्थानीय तहहरुले दिएको जानकारी अनुसार बेनी नगरपालिका सहित पाँचवटा गाउँपालिकामा विकास बजेट खर्चको अवस्था हेर्दा कतै उत्साह जनक त कतै निराशाजनक स्थिती देखिन्छ । कर्मचारी,दक्ष जनशक्तिको अभाव र भौगोलीक विकटता योजना कार्यान्वयका […]
राहुघाट आयोजनाको विद्युत खरिद विक्री सम्झौतामा हस्ताक्षर
विकल्प न्यूज/बेनी चैत १८ गते । म्याग्दीमा रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरण विच विद्युत खरिद विक्री (पिपिए) सम्झौता भएको छ । काठमाण्डौमा सोमबार प्राधिकरण विच विद्युत खरिद विक्री सम्झौता पत्रमा हस्ताक्षर भएको रघुगंगा हाइड्रोपावर लिमिटेडका सहायक निर्देश गोपाल पाठकले जानकारी दिनुभयो । प्राधिकरणले आयोजनाको प्रवद्र्धक रघुगंगा हाइड्रो पावर लिमिटेड […]
स्थानीय तहमा लेखा समिति गठन गर्न निर्देशन
१२ चैत, पोखरा । गण्डकी प्रदेशका सबै स्थानीय तहमा अनिवार्य लेखा समिति गठन गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । स्थानीय तहमा लेखा समिति गठन गर्नेबारे विधेयक पारित भएसँगै प्रदेशको लेखा समितिले एक्सन लिएको हो । समितिको मंगलबार बसेको बैठकले अनिवार्य रुपमा प्रदेशका ८५ वटै स्थानीय तहमा लेखा समिति गठन गराउन आन्तरिक मामिला तथा कानुन […]
झिँ र पात्लेखेतको सिमा बिवाद समाधानका लागि पहल
विकल्प न्यूज/बेनी बेनी ११ चैत । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत र रघुगंगा गाउँपालिका ५ झिँका बासिन्दाबिच उत्पन्न सिमाना बिवाद समाधानका लागि पहल थालिएको छ । सिमा बिवाद समाधानका लागि सोमबार दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प्रतिक्रिया लिएको छ । जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रजीअ लीलाधर […]
लामो पुलमा सेल्फी …..
विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोल स्थित नेपालकै लामो पुलमा सेल्फी लिँदै आन्तरिक पर्यटकहरु । तस्विर ठाकुरप्रसाद आचार्य