रघुगंगा गाउँपालिका
म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार ७ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान विज्ञप्ति मार्फत पुष्टि गरेकाे हाे । रघुगंगा गाउँपालिकाका वर्ष ३० वर्षकाे महिला र ९ बर्षिय बालिकामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयाे । यसै गरि रघुगंगाकै ३३ […]
रघुगंगाकाे काेटगाउँमा पहिराेमा पुरिएर दुई जनाको मृत्यु

विकल्प न्युज/ बेनी जेठ २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको काेटगाउँमा मंगबार राति १ बजे पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। गोठ माथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयाे उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले […]
बेनी–जोमसोम सडकबाट एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता ( दुर्घटनास्थलको भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ४ गते । बेनी – जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक वेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । कालिगण्डकीमा नदीमा एम्बुलेन्स देखिएको […]
रघुगंगा गाउँपालिकाका कर्मचारी र शिक्षकद्धारा कोरोना कोषमा ९ लाख सहयोग

विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा ९ लाख रुपैयाँ सहयोग गरेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले स्वतस्फुर्त रुपमा एक दिन देखि पाँच दिन सम्मको पारिश्रमिक कोरोना कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । केही दिन अघि गाउँकार्यपालिकाको […]
कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]
नयाँ बर्षको मध्यरातमा रघुगंगामा भिषण असिनापानी र बाढी (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख २ गते । नयाँ बर्षको मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती, ३ पिप्ले र ४ दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी, आलु लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो ।असिना […]
पाखापानीका वडा अध्यक्ष शेरपुजाको घरबाट गोली बरामद

विकल्प न्यूज/बेनी चैत ३० गते । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरमा बुलेट (गोली) फेला परेको छ । शनिबार अध्यक्ष शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा एउटा बुलेट छ भन्दै सार्वजनिक गरेपछि प्रहरीले आइतबार घरखनतलासी गर्दा बुलेट (गोली) बरामद गरेको हो ।पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको डिएसपी किरणजंग कुँवरले […]
गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुइलाख ५१ हजार घरभाडा छुटको घोषणा

विकल्प न्यूज/बेनी चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । […]
काेराेना राेकथामका लागि रघुगंगामा तीस लाखकाे काेष स्थापना

विकल्प न्युज / बेनि बेनी, १३ चैत । म्याग्दीको रघुगंगा गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि तीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउपालिकाको केन्द्र मौवाफाँटमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न तीस लाख रुपैयाँ […]
दग्नाम जिप दुर्घटनामा ९ घाइते दुई गम्भिर घाइतेलाई हेलीकप्टर मार्फत पोखरा पठाइयो

विकल्प न्यूज/बेनी चैत ७ गते । शुक्रबार विहान रघुगंगा गाउँपालिका ४ दग्नामबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बेनी आउँदै गरेको जिप दग्नामको कान्छी गाउँमा विहान साढेसात बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुक माया गर्बुजा,भदेवी गर्बुजा,हमाया पुन […]
दग्नाममा जिप दुर्घटना

विकल्प न्यूज/बेनी चैत ७ गते । रघुगंगा गाउँपालिका ४ दग्नामबाट बेनी आउँदै गरेको जिप दुर्घटनामा परेको छ । शुक्रबार विहान साढे सातबजे दग्नाम देखि यात्रु लिएर आएको ग २ च ५९८८ नम्बरको जिप दग्नामको कान्छी गाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी अहिले बेनी अस्पतालमा ल्याइएको जिल्ला […]
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीसँग माफि माग्यो

भक्तपुर, चैत ६ गते । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र […]
गाउँपालिकाको सहयोगमा परिक्षार्थी घर फर्किदै

विकल्प न्यूज/बेनी चैत ६ गते । एसईई परिक्षामा सहभागि हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुलाई घर फर्किनका लागि गाउँपालिकाहरुले सहयोग गरेका छन् । अन्नपूर्ण गाउँपालिका,धौलागिरि र रघुगंगा गाउँपालिकाले दुर्गम क्षेत्रबाट परिक्षा केन्द्रमा आएका परिक्षार्थीहरुलाई परिक्षा स्थगित भएपछि सहज रुपमा घर फर्किनका लागि आर्थिक सहयोग गरेका हुन । अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुने […]
नक्कली प्रमाणपत्र पेश गरेर शिक्षिका बनेकी बेगकी दुतकुमारी निलम्बनमा

विकल्प न्यूज/बेनी चैत ५ गते । नक्कली प्रमाणपत्र पेश गरेर शिक्षा सेवामा प्रवेश गरेको अरोपमा म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ स्थित कालिका माविमा कार्यरत शिक्षिका दुतकुमारी गर्बुजा विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मुद्धा दायर गरेपछि शिक्षिका गर्बुजालाई निलम्बन गरिएको छ । एकवर्ष अघि शिक्षिका गर्बुजा शिक्षा सेवाले लिएको आन्तरिक परिक्षाबाट स्थायी […]
धौलागिरी सेञ्चुरी पदमार्गमा पनि होम स्टे

फागुन ७, २०७६ म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा नयाँ पर्यटकीय मार्गको रुपमा चिनिएको धौलागिरी सेञ्चुरी पदमार्गमा पर्ने रघुगंगा गाउँपालिका ६ रायखोरमा होम स्टे सुरु गरिएको छ। गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होम स्टे सञ्चालनका लागि निर्माण गरिएको सामुदायिक भवन निर्माणको नेपाली कांग्रेस म्याग्दीमा सभापति खम्बीर गर्बुजा र गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त […]