ताजा समाचार:
Search

मालिका गाउँपालिका

मालिकामा वडा सभापति सहित ८५ जनाले काँग्रेस छाेडे

म्याग्दी १२ असोज ।  म्याग्दीको मालिका गाउँपालिकाका विभिन्न वडाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ८५ जना प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको बिम, दरबाङ, निस्कोट, रुम, ओखरबोट, […]

बागलुङ सँग सीमाना जोडिएको मालिकाको रुममा उच्च सर्तकता

भुपेन्द्र दर्जी/रुम भदौं १९ गते । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छिमेकी जिल्ला बागलुङ सँग सीमा जोडिएको म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा उच्च सर्तकता अपनाइएको छ । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन वडा कार्यालयले ६ बुँदे सूचना जारी गरी सर्वसाधरणहरुलाई साबधानी अपनाउन र सर्तक हुन अनुरोध गरेको छ । कोरोना फैलिन नदिन गाउँमा […]

म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी भदौं १५ गते ।   जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]

पहिरो प्रभावित गाउँमा हेलिकोप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी

विकल्प न्यूज/बेनी साउन ३० गते । पहिरोबाट प्रभावित गाउँमा हेलिकप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी गरिएको छ । गत असार २६ गते आएको बाढी र पहिरोका कारण प्रभावित गाउँमा विहिवार हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाता ढुवानी गरिएको हो । बाढी र पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएकाले सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर दरवाङबाट ढुवानी […]

मराङ बुलका पहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

विकल्प न्यूज/बेनी साउन २६ गते ।   अविरल वर्षासँगै आएको पहिरोमा परेर विस्थापित भएका धवलागिरी गाउँपालिका–६, मराङको बुलका स्थानीयलाई गंगा जिसी फाउण्डेशन र मोना मकाउको सहकार्यमा करिब २ लाख बराबरको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ ।  गत असार महिनाको २५ गते पहिरोले विस्थापित भएका स्थानीयलाई प्रभु हेलिकप्टरबाट ढुवानी गरी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]

गण्डकी प्रदेश सरकारले पठायो म्याग्दीका पहिरो प्रभावितलाई राहत (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १७ गते ।      गण्डकी प्रदेश सरकारले म्याग्दीका पहिरो पीडितहरुलाई राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत शनिबार बेनीबाट पीडितहरुलाई ३०५ बोरा चामल लगायतका सामग्री पठाइएको हो । प्रदेश सरकारबाट अपेक्षा गरेअनुसार सहयोग नपाएको पीडितहरुले गुनासो गरेका समयमा तिन हप्ता पछि प्रदेश सरकारले पहिरो प्रभावितहरुलाई राहत पठाएको हो । गत असार […]

म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टी

विकल्प न्यूज बेनी साउन १४ गते म्याग्दीमा बुधबार थप २ जना कोरोना संक्रमित थपिएका छन । साउदी अरबबाट आई म्याग्दी क्याम्पसको क्वारेटाईनमा रहेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ ठेगाना भएका ३५ बर्षका १ पूरुष र कुबेतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेन्टाईनमा रहेका मालिका गाउँपालिका वडा नं ४ ठेगाना भएका ३४ बर्षका १ जना […]

भिडियोमा हेर्नुहोस बिमका पहिरो पीडितको पीडा

विकल्प न्यूज/बेनी साउन १२ गते ।  गत असार २५ गते राती परेको भिषण वर्षापछि बिम गाउँ क्षणभरमै पहिरोमा परिणत भयो । गाउँनै शोकमा ढुब्यो । पहिरोमा परेर ९ जनाको ज्यान गयो । एउटा परिवार त सखाप नै भयो । पहिरोले २६ घरलाई पूर्ण क्षति पु¥यौं । ५५ देखि ६० घर उच्च जोखिममा छन् । गाउँमा […]

पहिरो पीडितको सहयोगका लागि काँग्रेसले संकलन ग¥यो १० लाख

विकल्प न्यूज/बेनी साउन ९ गते ।  म्याग्दीका पहिरो पीडितहरुको राहतका लागि नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रुपियाँ सहयोग संकलन गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका लागि उक्त रकम संकलन […]

लायन्सले जुटायो पहिरो पीडितको लागि ६ लाख भन्दा बढिको सामग्री

ममता बराइली / बेनी साउन ९ गते । म्याग्दीमा क्रियाशिल लायन्स क्लबहरुले म्याग्दीको बाढि पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छ । गत असार २५ गते धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाँउपालिका ७ बिममा गएको पहिरो पिडितहरुको लागि करिब ६ लाख ५० हजार बराबरको राहत सामग्री सहयोग गरेको हो ।   […]

घाइतेहरुको उपचारमा सघाउन जिसीले गरे अस्पतालमा पुगेर सहयोग

विकल्प न्यूज/बेनी साउन ४ गते ।    पोखराका अस्पतालमा उपचारत पहिरोमा परेर घाइते भएकाहरुलाई अस्पतालमा पुगेर बेनीका युवा व्यवसायी नारायण जिसीले आर्थिक सहयोग गर्नुभएको छ । गत असार २५ गते राती अविरल वर्षा पछि आएको पहिरोमा परेर घाइते भएका धौलागिरि गाउँपालिका ६ मराङका ३ जना र आगोले जलेर घाइते हुनुभएका ताकम धारापानीका एकजना गरी ४ जना […]

म्याग्दी पहिरोमा पुरिएका २८ जनाको शव भेटियाे, चार अझै बेपत्ता

असार ३०, २०७७ म्याग्दी : गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका–७ बिममा आएको भीषण पहिरोमा परी बेपत्ता भएका ३२ जनामध्ये मंगलवार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता छन् भने १२ जना घाइते भएका छन्। गाउँको सिरानबाट आएको पहिरोका कारण दुवै गाउँपालिकाका […]

म्याग्दी पहिरो अपडेट ः वेपत्ता २७ जनाको शब भेटियो ( विवरण सहित)

विकल्प न्यूज/बेनी असार २७ गते । विहिवार देखि अविरल वर्षा पछि म्याग्दीका विभिन्न स्थानहरुमा गएको पहिरोका कारण वेपत्ता भएका २७ जनाको शब भेटिएको छ । शनिबार नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीयवासीहरुको सक्रियतामा पहिरो स्थलमा वेपत्ताहरुको खोजी गर्दा २७ जनाको शब संकलन भएको प्रहरी नायब उपरिक्षक किरणजंग कुबरले जानकारी दिनुभयो । धौलागिरि गाउँपालिका ६ मराङमा गएको […]

म्याग्दीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, वेपत्ताको खोजी कार्य जारी

विकल्प न्यूज/बेनी असार २७ गते । म्याग्दीमा पहिरोमा परेर ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । विहिवार राती आएको अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्दा १५ जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।   पहिरोमा परेर धौलागिरि गाउँपालिका ६ मराङमा ९ जना र मालिका गाउँपालिका ७ बिममा ४ जना […]

म्याग्दीमा बाढी पहिरोमा परि ३० जना बेपत्ता र ३ को मृत्यु

विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न स्थानहरुमा गरी ३० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गराएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला […]