मंगला गाउँपालिका
बाढीपहिरोका पीडितहरुको घाउमा मलम लगाउँदै मगर संघ म्याग्दी
विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र […]
एक करोड लगानीमा हिदीमा अर्गानिक तरकारी खेती
साधन राम्जाली /विकल्प न्यूज भ्दौं २९ गते । छोटो समयमा धेरै उत्पादन गर्ने र मनग्य मुनाफा कमाउने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधिको प्रयोग बढ्ढो छ । तर ग्राहकको रुची भने अर्गानिक तरकारी तिर छ । स्वास्थ्यका हिसाबले पनि अर्गानिक तरकारी उपयुक्त मानिन्छ । पछिल्लो समय अर्गानिक तरकारीको माग बढेको छ […]
म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड
विकल्प न्यूज/बेनी भदौं १५ गते । जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]
मंगलामा काँग्रेस र राप्रपाका २८ जना नेकपामा प्रवेश
बाबियाचौर, १३ भदौ । म्याग्दीको मंगला गाउपालिकाका काँग्रेस र राप्रपाका २८ जना नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मंगला गाउपालिका संगठन कमिटिको बाबियाचौरमा भएको सचिवालय बैठकका अवसरमा नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेश कमिटिको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्य देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले […]
मंगलाको बजेट पारित, धौलागिरि र मालिकाका पहिरो पीडितलाई सहयोग गर्ने
विकल्प न्यूज/बेनी असार २९ गते । मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाचसय साठी रुपियाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । संघिय […]
म्याग्दीमा थप एक जनामा कोरोना पुष्टी
विकल्प न्यूज बेनी म्याग्दीमा बिहिबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटवाईमा रहेका बेनी नगरपालिकाका २३ बर्षिय १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा थप २ युवामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी असार २४ गते । म्याग्दीमा थप २ जना युवामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगलबार काेराेना पाेजेटिभ अाएकाे हाे । दूवैजना विदेशबाट फर्किएर क्वारेन्टाइन मा बसेका थिए । काेराेना पुष्टि हुनेमा कुवेतबाट फर्किएर म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका २ का ३५ वर्षिय पुरूष र भारतबाट अाई […]
हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस
असार २३ गते । हिदीमा रहेको फर्म कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ । उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा रु एक करोड २० लाखको लगानीमा शुरु गरिएको […]
मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस
विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाकाउपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं उपस्थित […]
म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी असार ७ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान विज्ञप्ति मार्फत पुष्टि गरेकाे हाे । रघुगंगा गाउँपालिकाका वर्ष ३० वर्षकाे महिला र ९ बर्षिय बालिकामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयाे । यसै गरि रघुगंगाकै ३३ […]
म्याग्दीका दुई युवाले जीते काेराेना, खुसि हुँदै घर फर्किए
विकल्प न्युज/ बेनी असार ६ गते । म्याग्दीका दुई काेराेना संक्रमित युवाले काेराेना जीतेर घर फर्किएका छन् । मालिका गाउँपालिका ४ का ३० वर्षिय टीक वहादुर पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय बविन परियारले काेराेना जीतेर घर फर्किएका हुन । शनिबार उनिहरूलाई बेनिबाट विदाई गरिएकाे हाे । उनिहरूकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि […]
म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनि जेठ २२ गते । म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि भएकाे छ । याे संगै काेराेना संक्रमित काे संख्या २ पुगेकाे छ । मंगला-४ निवासी १९ वर्षिय पुरूषमा काेराेना संकमण भएकाे पुष्टि भएकाे जनस्वास्थ्य अधिकृत एकनारायण लम्साल ले जानकारी दिनुभयाे । उनी हालै मात्र भारतबाट अाएका हुन । उनलाई न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइन […]
कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)
विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]
मोना साउदीद्धारा म्याग्दीका पाँच स्थानीय तहलाई पीपीई सहयोग
विकल्प न्यूज/बेनी चैत २७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) साउदी अरबले कोरोना भाइरसको रोकथाममा स्वास्थ्यकर्मीलाई आवश्यक १० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गरेको छ । कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न म्याग्दीका पाँचवटा गाउँपालिकालाई २–२ थान पीपीई बिहिबार एक कार्यक्रम गरी मोना साउदीको तर्फबाट चन्द्रकुमार केसीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभएको […]
तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान
विकल्प न्यूज/बेनी चैत ३ गते । (तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने […]