मंगला गाउँपालिका
फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

विकल्प न्यूज/बेनी असार २८ गते । म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताउँछन् । […]
बरंजामा महिलाको नेतृत्वमा सिँचाई योजना निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २५ गते । म्याग्दीको मंगला गाउँपालिकाको ३ नम्बर वडा वरंजामा महिलाले नेतृत्व गरेको सिँचाई योजना दुई महिनामै सम्पन्न भएको छ । झ्याप्प्रे खोला तत्लो भेटीने सिँचाई योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो । चालु आर्थिक वर्षमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत विनियोजन भएको […]
घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा

विकल्प न्यूज/बेनी असार २५ गते । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा रु २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो । गत पाँच वर्षदेखि […]
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

बेनी, असार २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि […]
मंगलामा नेतृत्व विकास तालिम

विकल्प न्यूज/बेनी असार १६ गते । मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ । बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन भएको तालिममा बंरजा, कुहुँ र बावियाचौरका १५ जनाको सहभागिता रहेको थियो । तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास अन्तरगत […]
मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट

विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको […]
मंगलाका चालिस बालविकास केन्द्रमा स्मार्ट कक्षाकोठा

विकल्प न्यूज/बेनी बैशाख २५ गते । जिल्लाको मंगला गाउँपालिकाले ४० वटा बालविकास केन्द्रमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको छ । स्मार्ट कक्षा कोठा लागू भएपछि बालबालिकाको सिकाईमा अभिवृद्धि भएको छ । बालबालिकाको सिकाईमा शुद्धता र बालमैत्री तवरले सिकाई वातावरण तयार पार्न गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि बालविकास केन्द्रहरुमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको थियो […]
मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार ४४३, मंगला गाउँपालिका […]
मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

म्याग्दी, चैत ५ गते । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल बिजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा २१२ जना बिद्यार्थी मतदातामध्ये १४३ जनाले मतदान गरेका थिए । प्रत्यक्षतर्फ सभापतिमा अनेरास्ववियुकी भिममायाँ रोकाले १२७ मत प्राप्त गर्नुभएको छ । सचिवमा अनेरास्ववियुका रबिन […]
म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा सार्वजनिक सुनुवाइ

विकल्प न्युज/ बेनी फागुन १९ गते । सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले वडा स्तरबाट प्रवाह हुने कृषि र पशु सेवालाई […]
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन्

विकल्प न्यूज/बेनी फागुन १९ गते । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी […]
एमालेले सुरु ग¥यो म्याग्दीमा ‘मिसन ग्रासरुट’अभियान

विकल्प न्यूज/बेनी फागुन १४ गते । नेकपा एमाले म्याग्दीले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । अभियान अन्तर्गत शनिबार मंगला गाउँपालिका कमिटीको आयोजनामा बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने […]
मंगला–इन्द्रेणी पार्कको उद्घाटन

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डौ बस्दै आएका क्या.ईन्द्रबहादुर अधिकारीले […]
प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

विकल्प न्युज/ बेनी फागुन ५ गते । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद […]
मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन

बाबियाचौर, ४ फागुन । शिविरमार्फत मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मंगलबारदेखि मंगला गाउँपालिकामा दर्ता अभियान शिविर संचालन भएको हो । मंगला गाउँपालिकाको वडानम्र १, २, ३ र ४ मा फागुन २ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ […]