मंगला गाउँपालिका
मंगलामा नेकपाको सपथ

राजकुमार पाण्डे/विकल्प न्यूज बाबियाचौर २८ बैशाख । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहणपछि अध्यक्ष पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्माले एकताको भावना र मर्म […]
अध्यक्ष रोकाद्धारा क्याम्पसलाई २ लाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधाको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोकाले बुधवार गाउँपालिका केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसलाई दुइलाख रुपियाँ हस्तान्तरण गर्नुभएको हो । जनप्रतिनिधि भएवापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समुदायद्धारा […]
बावियाचौरका ३२ प्रतिशत मात्र योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज बैशाख १२ गते । आर्थिक बर्ष सकिँदै गर्दा स्थानिय तहका योजना तथा कार्यक्रम भने सुस्त गतिमा अगाडी बढेको छ । असार मसान्त भित्रमा सक्नुपर्ने वडाका योजना तथा कार्यक्रमहरु सुस्त गतिमा अगाडी बढेको हो । जिल्लाको मंगला गाउँपालिका २ बाबियाचौरको पनि आर्थिक बर्ष २०७५ /७६का लागि विनियोजित योजनाहरु सुस्त गतिमा अगाडी बढेका […]
अर्गानिक खेती प्रविधिसम्बन्धी बेनीमा स्थानिय सरकारवालाविच छलफल

विकल्प न्युज/बेनी बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लालाई अर्गानिक उत्पादनको […]
बावियाचौरमा आधारभूत पत्रकारिता तालिम सुरु

विकल्प न्यूज/बावियाचौर चैत २९ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । तालिमको […]
पर्यटक तान्दै बरंजाको ‘दह ताल’

साधन राम्जाली /विकल्प न्यूज चैत २७ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउन सकिने अपेक्षा गरिएको छ । […]
नेकपा मंगलाको अध्यक्षमा प्रेमप्रसाद र सचिवमा यामबहादुर रोका चयन

विकल्प न्यूज/बेनी चैत २३ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को मंगला गाउँपालिकाको कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन हुनुभएको छ । शनिवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा भएको भेलबाट मंगला गाउँपालिका स्तरीय पार्टी कमिटी गठन गरेको हो । १ नम्बर वडा कुहुँको अध्यक्षमा एकजित रोका र सचिवमा शिव विक चयन हुनुभएको छ । यसै गरी […]
आन्तरिक आय बढाउँदै म्याग्दीका स्थानीय तह

विकल्प न्यूज/बेनी चैत २० गते । जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो चौमासीकसम्म करिब सवा तिन करोड भन्दा वढी राजश्व संकलन गरेका छन् । संविधानले दिएको अधिकार अनुसार स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर लगाउने अधिकार छ । यसका साथै स्थानीय तहले सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, […]
म्याग्दीका स्थानीय तहमा कति भयो विकास बजेट खर्च ?

विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशतको हारहारीमा मात्रै विकास बजेट खर्च भएको छ । स्थानीय तहहरुले दिएको जानकारी अनुसार बेनी नगरपालिका सहित पाँचवटा गाउँपालिकामा विकास बजेट खर्चको अवस्था हेर्दा कतै उत्साह जनक त कतै निराशाजनक स्थिती देखिन्छ । कर्मचारी,दक्ष जनशक्तिको अभाव र भौगोलीक विकटता योजना कार्यान्वयका […]
बाबियाचौरमा प्रहरीको अन्तरक्रिया

सिजन रोका बाबियाचौर मंगलबार चैत ५ गते । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ । समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा […]
विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग

साधन राम्जाली /विकल्प न्युज बेनी चैत्र २ गते । सदरमुकाम बेनी बजारमा रहेको एक लायन्स क्लबले दुर्गम विद्यालयको विद्याथीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको सदरमकाममा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मंगला गाउँपालिका– ३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति तथा शैक्षिक सामाग्रि सहयोग गरेको हो । शनिबार एक कार्यक्रमका […]
बरंजामा हेलिप्याड निर्माण

विकल्प न्युज म्याग्दी फागुन २८ गते । जिल्लाको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेलीकप्टर अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक हेलिप्याडको’ अवधारणा अनुसार गाउँपालिका र वडाको समन्वयमा […]
म्याग्दीका पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत हुनुभएको छ । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण […]
मंगलाको प्रथम राष्ट्रपति कपको उपाधि महेन्द्ररत्नलाई

सिजन रोका/विकल्प न्यूज बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार […]
मंगलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न माविको अग्रता

सिजन रोका/विकल्प न्यूज बाबियाचौर ८ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न माविले अग्रता कायम गरेको छ । तीन वटा खेलको फाइनल बाँकी रहदाँसम्म बुधबारसम्म भएका खेलहरुमा ९ वटा स्वर्ण पदक सहित महेन्द्र रत्न माविले अग्रता कायम गरेको हो । ७ वटा स्वर्ण पदक […]