मंगला गाउँपालिका

मंगलाले थाल्यो हरित सडक निर्माण अभियान

विकल्प न्यूज/बेनी साउन २८ गते । यहाँको एक स्थानीय तहले ग्रामिण सडकलाई हरित सडक बनाउने अभियान थालनी गरेको छ । मंगला गाउँपालिकाले ग्रामिण सडकहरुलाई हरित सडक बनाउन वृक्षारोपण गर्न थालेको हो । सडकलाई वातावरण मैत्री, दिगो,व्यवस्थित र हराभरा बनाउन हरित सडक निर्माणको अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र बावियाचौर देखि प्रत्येक वडातह सम्म […]

वैदेशिक रोजगारीबाट फर्किएका युवाको उदाहरणीय प्रयास ः हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी साउन २४ गते । मंगला गाउँपालिका २ कोत्रबाङका ४ जना युवाहरु मिलेर सामुहिक तरकारी खेती गरेका छन् । वैदेशिक रोजगारीबाट गाउँफर्किएका युवाहरुले ७ रोपनी जग्गा भाडामा लिएर अर्गानिक तरकारी खेती सुरु गरेका हुन । भिडियो ठाकुरप्रसाद आचार्य https://youtu.be/fxFcrs7poGM    

प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्दा राम्रो आम्दानी (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २१ गते । प्लाष्टिक घर भित्र लगाएको गोलभेडा खेतीमा काम गर्दै मंगला गाउँपालिका ५ पिपलबोटकी उजेली सापकोटा । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पिपलबोटकी उजेली सापकोटालाई छिमेकीले प्लाष्टिक घरभित्र गोलभेडा खेती गरेको देखेर रहर जाग्यो । त्यस्तै २० वर्षीय अर्मन पोकका बुद्धी विकलाई पनि प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्न इच्छा […]

म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]

पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण

जगत बानियाँ /मंगला साउन १० गते ।     मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको वडा नम्बर ३ स्थित बरंजाको झाक्रीपानीमा गाउँपालिकाले भ्यूटावर सहित अन्य पूर्वाधार निर्माण गरेको हो । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत […]

बरंजामा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज/बेनी असार २९ गते ।   मंगला गाउँपालिकाको बरंजामा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा स्थानीयबासीको सुझाव, गुनासा, अपेक्षा संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजिकरणमा सम्पन्न कार्यक्रममा वडा न. […]

मंगला गाउँपालिकाको पहलमा हिलाम्मे सडक मर्मत

विकल्प न्यूज/बेनी असार २२ गते ।बेनी दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौरमा हिलाम्मे भएको सडक मर्मत गरिएको छ । सडकमा पानी र हिलो भरिएर यातायाता र पैदल यात्रा गर्न समेत कठिन भएको समाचार सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो । सम्बन्धित निकायको लापरबाहीका कारण सर्वसधारणहरुले सास्ती खेप्दै आएका थिए । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, […]

मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी असार १८ गते ।  मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ । बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि बरंजा जोड्ने पदमार्ग […]

विपन्न विद्यार्थीलाई पोशाक वितरण

बेल विश्वकर्मा /विकल्प न्यूज बाबियाचौर १७ असार । मंगला गाउँपालिकामा दलित समुदायका विपन्न विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र मंगला दलित दलित संजालको आयोजनामा भएको कार्यक्रममा पालिकाका ५ वटै वडाका ६० जना बालबालिकालाई प्रतिव्यक्ति आठ सय रुपैयाँ मूल्य बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । पोशाक नभएर विद्यालय जान छाड्नुपर्ने […]

मंगलाको बजेट पारित

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ असार । मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड तीन लाख छ सय रुपैयाँको बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ६९२ र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार […]

तरकारी खेतीमा रमाउँदै युवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १२ गते ।  तरकारी खेतीमा काम गर्दै पोकका बुद्धी विक । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पोकका एक युवाले गाउँमा व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । २० वर्षीय युवा बुद्धी विकले गाउँमा बेमौसमी तरकारीको व्यवसायिक उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको हो । गाउँका अधिकांश युवाहरु विदेश जान राहदानी […]

बाबियाचौरमा प्रहरीको बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

विकल्प न्युज बेनी, असार १२ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विद्यालय सम्पर्क कार्यक्रमलाई तिब्रता दिएको छ । यसैगरी मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बालबालिका माथि हुने हिंसा न्युनिकरण तथा कानुनी प्रावधानका बारेमा प्रशिक्षण गराइएको छ । मंगला गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय म्याग्दीको सहकार्यमा सो कार्यक्रम संचालन गरिएको हो […]

भिडियोमा हेर्नुहोस मंगलाको बजेट बक्तव्य

विकल्प न्यूज/बेनी असार ११ गते ।

मंगलाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असार १० गते ।      म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । कृषिको संभावना भएको मंगलाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख […]

आफुँ बाँचे र मृगौला पीडितलाई बचाउने अभियानमा

हरिकृष्ण गौतम/विकल्प न्युज  म्याग्दी, असार ८ गते । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । जसलाई समस्या परेको हुन्छ पीडा पनि उसैले मात्र भोगेको हुन्छ। पीडा अरूले अनुभूति गर्न सक्ने विषय होइनन् । तर, म्याग्दीका एक यूवाले आफ्नो दुवै मृगौला खरावीपछि भोगेको दुखलाई बुझ्दै आफूलाई अचानो सम्झिएर दुवै मृगौला खराबीभएपछि जीवन मरणको […]