अन्नपुर्ण गाउँपालिका

समग्र विकास नै मानवअधिकार हो ः डा.अर्याल

विकल्प न्यूज/बेनी चैत १९ गते । मानवअधिकारका वारेमा फरकफरक धारणा आउने भएतापनि विकास र मानवअधिकार एकै सिक्काका पाटाहरु रहेको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा.कुन्दन अर्यालले बताउनुभएको छ । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको आयोजना तथा इन्सेकको समन्वयमा भएको मानवअधिकार र मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रियामा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक अर्यालले मानवअधिकारको परिभाषा […]

प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

बिम, १६ चैत ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न लागिएको हो । प्रभुचेला धुरी प्रर्वद्धन समाजका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन) […]

पर्यटकीय गन्तब्य बन्दै रातोपानी तातोपानी कुण्ड

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १६ गते । कालिगण्डकी कोरिडोरमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ को रातोपानी स्थित तातोपानीको कुण्डलाई नदी कटानबाट संरक्षण र पूर्वाधार निर्माण गरेर स्नान गर्न सहज बनाएपछि पर्यटकहरु आउन थालेका छन् । नदी किनारमा पक्की पर्खाल निर्माण गरेपछि वर्षातका समयमा कालिगण्डकी नदीमा पानीको सतह बढेर कुण्डनै पुरिने र निर्माण गरिएका संरचना बगाएर लैजाने समस्या […]

९० दिनमा सम्पन्न भयो खिबाङ खानेपानी योजना

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । खिबाङ खानेपानी योजना सम्पन्न भएसँगै आँगनमा निर्माण भएको धाराबाट पानी झर्न थालेपछि खिबाङवासी खुसी भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा खिबाङमा हालै मात्र खानेपानी योजना निर्माण भएको हो । खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी […]

घोडेपानी क्षेत्रको लालीगुराँसमा रमाउँदै पर्यटक(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाडाँपाखाहरु यतिखेर ढकमक्क फुलेको लालीगुराँसले छोपिन थालेका छन् । लालीगुराँसले डाडाँपाखाहरु रमणीय देखिन थालेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको घोडेपानीमा चहलपहल बढेको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र […]

गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला

विकल्प न्यूज \बेनी म्याग्दी,चैत ७ गते । गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गरिएको हो । कार्यशालामा कोशी प्रदेशको […]

अन्नपूर्ण गाउँपालिकामा जिप दुर्घटना : २ जनाको मृत्यु

विकल्प न्यूज/बेनी चैत ५ गते । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको छ । खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब […]

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा चयन

विकल्प न्यूज/बेनी फागुन ३० गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि पुर्जा चयन हुनुभएको हो । कमिटिको उपाध्यक्षमा सुरेश पुर्जा पुन, सचिवमा आनन्द पुन, उपसचिवमा उज्वल बहादुर पुन र दममाया तिलिजाका साथै २९ सदस्य गाउँपालिका कमिटी चयन […]

अन्नपूर्णमा एमालेको दोस्रो अधिबेशन

विकल्प न्यूज/बेनी फागुन २९ गते । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको दोस्रो अधिबेशन गाउँपालिका केन्द्र पोखरेबगरमा सुरु भएको छ । अधिबेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गर्नुभयो । अधिबेशन उद्घाटन गर्नुहुँदै नेता नेपालीले कांग्रेस–माओवादीको गठबन्धनले मुलुकको हित नगरेका कारण टुटेको बताउनुभएको छ । मुलुकको विकास र समृद्धिका लागि अहिलेको नयाँ […]

पर्यटकको प्रतिक्षामा करबाकेली

विकल्प न्यूज/बेनी फागुन १८ गते ।  अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् । पुन समुदायको कूलदेवता ‘करबाकेली […]

बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी),  फागुन १६ गते ।  उमेरले ७४ वर्ष पार गर्नुभएका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लाग्नुभएका उहाँ […]

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे निर्माण सुरु

म्याग्दी, फागुन ४ गते । बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका […]

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी, माघ २६  गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ ।  नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा […]

निलगिरी खोला जलविद्युत आयोजनाको टनेलमा पानी हालेर परिक्षण सुरु

विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । […]

हिमपातपछि खोप्रालेकको सुन्दर दृश्य

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा डाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपूर्ण,गुर्जा लगायतका हिमालहरु सुन्दर देखिएका छन् । बुधबार यो वर्षको पहिलोपटक हिमपात भएको खोप्रा सामुदायिक लजका […]