अन्नपुर्ण गाउँपालिका
अन्नपूर्ण १ दोबामा नेकपा एमालेको प्यानल विजयी
विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, १ दोवाको मत गणना सकिएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेका दिलिपकुमार गर्वुजा ३ सय ३२ मत लिएर प्यानलै विजयी भएका छन । निर्वाचन अधिकृत जानुकार सुवेदीका अनुसार अन्नपूर्ण गाउँपालिका, १ दोवाको अन्तिम मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका भरतकुमार पुनले ३ सय ४१, र उपाध्यक्षमा […]
मनोनयनको पहिलो दिन म्याग्दीका तिन स्थानीय तहमा काँग्रेसको उम्मेदवारी दर्ता
विकल्प न्यूज/बेनी बैशाख ११ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार नेपाली काँग्रेसले अन्नपूर्ण,रघुगंगा र मालिका गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । रघुगंगा गाउँपालिकामा अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै काँग्रेसले रघुगंगाका ६ वटा वडामा अध्यक्ष सहित सदस्यहरुको […]
भुरुङमा मओवादीका वडाअध्यक्षका उम्मेदवारसहित पुरै कमिटी एमालेमा प्रवेश
विकल्प न्यूज\बेनी वैशाख ११ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार चयन हुनुभएका ओमप्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्वारा पोखरेवगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका जिल्ला कमिटी सदस्य एवम् पालिका कमिटी अध्यक्ष समेत रहनुभएका फगामी एमालेमा […]
गठबन्धनसँग चुनाव लड्न मैदानमा उत्रिए एमालेबाट भरत र दिवा
विकल्प न्यूज\बेनी चैत २८ गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मद्वार टुंगो लगाएको छ । आइतबार र सोमबार गाउँपालिका केन्द्र पोखरेबगरमा बसेको गाउँपालिका कमिटीको वैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । […]
डाँडापाखामा गुँरास फुलेपछि …….(फोटो)
विकल्प न्यूज\बेनी चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै शिक्षिका र विद्यार्थीहरु । तस्वीर हेमा पुर्जा, शिक्षक शिख मावि
घलेम्दी हाइड्रोले २० लाख रुपैयाँ खुद नाफा कमायो
काठमाडौं । माघ १८ गते । घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अवधिमा सो मुनाफा कमाएको हो । गत वर्ष यहीसयम अवधिमा घाटामा रहेको कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ९६ […]
अन्नपुर्ण गापाको गाउँसभा सम्पन्न ः दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन
विकल्प न्यूज/बेनी म्याग्दी ,१७ माघ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको १४ औं गाउँसभासम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आथिक बर्ष २०७७/७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा […]
बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने
विकल्प न्यूज\बेनी माघ ६ गते । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर(दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय गरेको […]
४९ वर्षीय सुकलालले घरमै नागरिकता पाए
विकल्प न्यूज\बेनी माघ ३ गते । जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई प्रमाणपत्र दिएका हुन् । विसं २०२९ सालमा जन्मिनुभएका गर्बुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन […]
भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)
विकल्प न्यूज\बेनी मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो । यतिखेर होटलका लागि ७ तले भवन निर्माण […]
दानामा माओवादीको वडा कमिटी गठन
विकल्प न्यूज/बेनी मंसिर ७ गते । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक, कोषाध्यक्षमा सुकबहादुर बिक र सहसचिबमा बिनोद सेञ्चुरी रहनुभएको छ । यसैगरी बुद्धीसुवा बिकको अध्यक्षतामा गबिता बिक […]
घारखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माण सकिएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ मार्ग बुधवार दुवैतर्फबाट जोडिएको छ । आयोजनाको मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने सुरुङको ‘ब्रेक थ्रु’ गरिएको आयोजनाका […]
नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कार्यसमितिको सभापतिमा क्या.बलबहादुर तिलिजा निर्वाचित हुनुभएको छ । शनिबार नयाँ कार्यसमिति चयनका लागि भएको अधिवेशनमा भएको मतदानमा तिलिजाले ५८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिद्धन्दी वडा नम्बर ६ घारका वडा अध्यक्ष समेत रहनुभएका किष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरी पराजित […]
नेपाली काँग्रेसको अन्नपूर्ण अधिवेशन ः मतगणना सुरु
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भई मतगणना सुरु गरिएको छ । सभापतिका दुई उम्मेदवार कृष्णप्रसाद बरुवाल र क्या. बलबहादुर तिलिजा विच सहमति हुननसकेपछि मतदान गरिएको थियो । अन्य पदाधिकारी र सदस्यहरुमा भने सहमति भएको पालिका कार्यसमितिका सचिव सुजन बरुवालले जानकारी दिनुभयो । […]
जलविद्युतले बदलिएको गाउँ
म्याग्दी, साउन १९ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र […]