म्याग्दी समाचार
आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो
म्याग्दी, साउन २५ गते । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ […]
आज नागपञ्चमी, नाग पूजा गरिँदै
काठमाडौँ, साउन २५ गते । बेनीको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नागको थानमा नाग पूजा गर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, […]
बिउ आलु उत्पादन गरेर जलजलाले कमायो २९ लाख ७१ हजार
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २५ गते । बिउ आलु उत्पादन गरेका कृषकलाई रकम हस्तान्तरण गरिँदै । जलजला गाउँपालिकाले बिउ आलु उत्पादन गरेर गत आर्थिक वर्षमा २९ लाख ७१ हजार ६ सय ४९ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।गाउँपालिकाले सञ्चालन गरेको आलु विकास कार्यक्रम मार्फत बिउ आलु उत्पादन गरेर पालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त आम्दानी गरेको […]
जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
विकल्प न्यूज/बेनीसाउन २४ गते । नुवाकोटमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो । पछिल्लो पटक गत चैतमा भगवती आउनु भएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाउनु भएको थियो । “रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न […]
म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा
म्याग्दी, साउन २३ गते । यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक […]
गलेश्वर शिवालयमा साढे चार करोड भेटी संकलन
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा भत्तजनहरुले चढाएको भेटीको रकम करिब साढे चारकरोड नाघेको छ । गत असार मसान्त सम्म चार करोड ४१ लाख २५ हजार दुईसय २२ रुपियाँ बचत भएको छ । पछिल्ला एक दशक यता गलेश्वरधाममा भक्तजनहरुको आगमन बढेकाले भेटीको रकम वृद्धि हुँदै गएको […]
काँक्राको बिउ बिक्री गरेर दशलाख कमाउने धाइरिङका नवराज
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका कृषकले काँक्राको बिउ उत्पादन गरेर गाउँमा दुईकरोड रुपियाँ भन्दा बढी भिœयाएका छन् । यहाँका करिब ७० घरधुरीले बिउ उत्पादनका लागि भक्तपुर लोक्कल जातको काँक्रो खेती गरेका थिए । यसवर्ष गाउँमा सबै भन्दा धेरै उत्पादन गर्ने कृषकमा नवराज आचार्य हुनुहुन्छ । उहाँले काँक्राको बिउ उत्पादन गरेर […]
जलजलाको निशुल्क एम्बुलेन्स सेवाबाट लक्षितबर्ग खुसी
ठाकुरप्रसाद आचार्यसाउन २२ गते । जलजला गाउँपालिका ७ धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको अप्रेशन गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्सले घरबाट पोखरा स्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा […]
बागलुङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो
विकल्प न्यूज/बागलुङसाउन २२ गते । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा […]
हिदीमा ‘एक घर, एक धारा’
म्याग्दी, साउन २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०, मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुईवटा धारा जडान […]
ट्याङ्की हेरेर चित्त बुझाउँछन् ज्यामरुककोटवासी
ठाकुरप्रसाद आचार्य \बेनीसाउन २१ गते । खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका २ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा खुसी थिए । तर प्रयाप्त मात्रामा बजेट नआउँदा अहिले योजना अलपत्र जस्तै परेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा […]
विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता
साउन २१ गते । विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ १ गते लोमान्थाङको मुस्ताङ गल्फ क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो । तेस्रो संस्करणको प्रतियोगितामा झन्डै ६० जना खेलाडीले प्रतिस्पर्धा गर्ने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधरा बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ १५ […]
काभा भलिबलमा भारतमाथि नेपालको जीत
विकल्प न्यूज/बेनीसाउन १९ गते । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै […]
बेगखोलाकी ललिता मिस नेपालको प्रतिस्पर्धामा(भिडियो सहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १, बेगखोलामा सामान्य परिवारमा जन्मिनुभएकी ललिता शेर्बुजा अहिले ‘मिस नेपाल–२०२४’ को प्रतिस्पर्धामा हुनुहुन्छ । मिस नेपालको ३० औं संस्करणको २६ फाइनलिस्ट प्रतियोगी मध्यमा ललिता पनि एक हुनुहुन्छ । ललिता एकाउन्टिङमा स्नातक गर्नुभएको छ । उहाँ अध्ययनका क्रममा हाल अष्ट्रेलियामा बस्नुहुन्छ । मिस नेपालको प्रतियोगितामा भाग लिन ललिता […]
ललिता शेरबुजालाई ‘मिस नेपाल’मा जिताउन बेनीमा अभियान
विकल्प न्यूज\बेनीसाउन १७ गते । म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान गरेको छ […]