म्याग्दी समाचार

सुझाव र गुनासो संकलन गर्न मालिकामा सार्वजनिक सुनुवाई(भिडियोसहित)

विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा मङ्गलवार दरबाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७८\०७९ मा भए गरेका कार्यक्रम तथा योजना र चालु आव ०७९\८० को पहिलो छ महिनाको अवधिमा सम्पादित कार्यक्रम एवं योजनाहरुको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको मालिका गाउँपालिकाले जनाएको छ । सार्वजनिक सेवा […]

कुस्मामा सातौं पर्वत महोत्सव शुरु

विकल्प न्यूज/पर्वत माघ ११ गते । पर्वतको कुस्मामा सातौं पर्वत महोत्सव शुरु भएको छ । माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सवको बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गर्नुभयो । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले पर्वतको महोत्सवले […]

ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

विकल्प न्यूज/बेनी माघ ११ गते । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ । बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तिय संस्थाको पहुँचले […]

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

विकल्प न्यूज/बेनी माघ ११ गते । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको हो । त्यसैगरि […]

सातौं पर्वत महोत्सवको तयारी पुरा, स्वास्थ्यमन्त्री गिरीले उद्घाटन गर्ने

विकल्प न्यूज/पर्वत माघ १० गते ।  समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ । गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सबको सबैजसो तयारी पुरा भएको जानकारी दिइएको हो । […]

माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने

विकल्प न्यूज/बेनी माघ ९ गते । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । माओवादीका तर्फबाट […]

बेनी–गलेश्वर सडक कालोपत्रे योजना सुरु

विकल्प न्यूज/बेनी माघ ९ गते । बेनी – गलेश्वर सडक कालोपत्रे योजना अघि बढेको छ । सडकको ट्रयाक खुलेको झन्डै दुईदशक पछि सडक स्तरोन्नति थालिएको हो । बेनी देखि छोटो दुरीको यो सडक स्तरोन्नतिका लागि प्राथमिकतामा परेको थिएन । बेनी–जोमसोम कोरला सडक आयोजनामा समावेश गरेसँगै सडक स्तरोन्नति योजना अगाडी बढाइएको हो । बेनी देखि गलेश्वर […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा म्याग्दीका मीनबहादुर श्रेष्ठ नियुक्त

९ माघ, काठमाडौं । म्याग्दीका बेनी नगरपालिका ४ निवासी मिनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको छ । श्रेष्ठले सोमबार प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिनुभयो । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकका रुपमा काम गरिसक्नुभएको छ ।

वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ च्याम्पियन

 बेनी, ६ माघ । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ ।   कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।   सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का विरुद्ध ४९ स्कोरले पराजित गर्दै […]

दोहोरिगीत प्रतियोगितामा लोक दोहोरिगीत प्रतिष्ठान म्याग्दी प्रथम

विकल्प न्यूज/बेनी माघ ७ गते । सातौं म्याग्दी महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला लोकदोहोरीगीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी प्रथम भएको छ । शनिबार बेनीको खुल्ला मञ्चमा म्याग्दी सामुदायिक पुस्तकालयको समुह र प्रतिष्ठानकाबीच फाइनल प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रतिष्ठानले १६ सय ४० र पुस्तकालयले १६ सय ३९ अंक प्राप्त गरेको […]

सडक दौडमा पुरुषमा नविन र महिला तर्फ सविना पहिलो

विकल्प न्यूज/बेनी माघ ६ गते । जिल्ला खेलकुदा विकास समिति म्याग्दीको आयोजना र खेलकुद परिषद गण्डकीको समन्वयमा शुक्रबार पुरुष तर्फ ८ र महिला तर्फ ६ किलोमिटर सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । पुरुष तर्फ बेनी नगरपालिका ५ पुलाका नविन कार्की प्रथम हुनुभयो । कार्कीले ८ किलोमिटर दुरी २३ मिनेट ५३ सकेण्डमा पार गरि प्रथम […]

पहिरोको अध्ययन गर्न अन्नपूर्ण पालिकामा उपकरण जडान

विकल्प न्यूज/बेनी माघ ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो । उपकरणबाट प्राप्त हुने जमिनभित्रको तथ्याङ्कले पहिरो जान […]

कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा

बेनी, ६ माघ ।  बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले पराजित गर्दै रघुगंगा–४ दर्मीजा सेफिफाइनलमा […]

रघुगंगा बन्यो पुरुष भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना गरिएको खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार ३ सेटले पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ […]

महिला भलिबलको उपाधि अन्नपूर्णले जित्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण […]