म्याग्दी समाचार

दीपक शर्माको ‘डाँडै पिपल’मा सुधीर र आरुषीको अभिनय

चैत ४ गते।   सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीतमा तयार भएको गीत ‘डाँडै पिपल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय रहेको छ। गीतमा समीक्षा अधिकारी र झलक पुनको स्वर रहेको छ। डाँडै पिपलको एरेन्ज नरेन्द्र वियोगीले गर्नुभएको हो।  लोक शैलीको रोमान्टिक गीतमा एक […]

एनआईसी एसियाका बेनी शाखाका कर्मचारीमाथि आक्रमण

ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत २ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । विहिवार लगानी उठाउन पर्वतको जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी पुगेका वैंकका कर्मचारी माथि आक्रणम भएको हो । बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकले जनाएको छ । एउटा समूहले […]

बेनी–गलेश्वर सडक स्तरोन्नति योजनामा धमाधम काम

ठाकुरप्रसाद आचार्य \बेनी चैत २ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको स्तरोन्नति योजनाले तिव्रता पाएको छ । गत माघ महिना देखि योजना स्थलमा परिचालन भएको निर्माण व्यवसायीले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर सडक स्तरोन्नतिलाई तिव्रता दिएको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत स्तरोन्नतिका लागि […]

बेनी संरक्षणका लागि आठवटा ठूला योजना संचालनमा

ठाकुरप्रसाद आचार्य\बेनी चैत २ गते । कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजार र वरपरका वस्तीलाई जोगाउन आठवटा ठूला योजना कार्यान्वयनमा ल्याइएको छ । नदी कटानको उच्च जोखिममा परेको बेनी बजार,गलेश्वर क्षेत्र,राममन्दिर र पर्वत बेनी आसपासका वस्तीलाई संरक्षण गर्न जलस्रोत तथा सिँचाई विभाग अन्तर्गतको रुपताल संरक्षण एकिकृत विकास परियोजना पोखराले उक्त योजनाहरु […]

कतारकी राजकुमारी र निर्मल अन्नपूर्ण हिमालको काखमा

ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत १  गते ।  राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो । एक हप्ताअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानादेखि अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानी […]

एसईई तयारीमा आमाहरू

विकल्प न्यूज\बेनी चैत २ गते । सबेरै ४ बजे उठेर दैलोकुचो, गृहकार्य सकेर भान्सामा । भाँडाकुँडा सफा गरी ट्युसन अनि स्कुल । रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सदरमुकाम बेनी झरेकी ५७ वर्षीया राधा पुनको बिहानी यस्तै छ । स्कुलबाट फर्केपछि खाजा–खाना पकाइ–खुवाइ धन्दा सकेर राति १० बजेपछि फेरि गृहकार्य । यतिका सकसका बीच पनि पढ्ने रहर भने झन् बढेको छ । सदरमुकाम […]

बेनीमा म्याग्दी कप लिग फुटबल प्रतियोगिता सुरू

विकल्प न्यूज\बेनी चैत १ गते । बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि म्याग्दी कप सुपर लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो । मन्त्री जुग्जालीले […]

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत १ गते ।  म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार (आज) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि क्याम्पस प्रशासनले […]

म्याग्दी कपको तयारी पूरा

म्याग्दी, फागुन ३० गते । म्याग्दीको बेनीमा चैत १ गते देखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमिन्त्रत फुटबल लिगको तयारी पूरा भएको छ ।  म्याग्दी कप व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बेनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले जानकारी दिनुभयो । ADV प्रतियोगितामा म्याग्दीका ८ सहित […]

मोना बेनी–लभ्लीहिल पदमार्गको सुन्दरताका लागि बृक्षारोपण अभियान

विकल्प न्यूज/बेनी फागुन ३० गते । बेनी नगरपालिका २ खबरा लभ्लीडाँडाका ६५ वर्षीय चन्द्रबहादुर कार्की वृक्षारोपण अभियानमा सक्रिय हुनुहुन्छ । कार्कीले दश वर्षयता निजी लगानीमा बृक्षारोपण अभियान सञ्चालन गर्दै आउनुभएको छ । सुरुसुरुमा बरपिपलका विरुवा रोप्ने र चौतारा बनाउने गर्नुभएका कार्कीले पछिल्ला ७÷८ वर्ष यता अन्य प्रजातिका विरुवा पनि रोप्न थाल्नुभएको छ । गाउँघरमा अव्यवस्थित […]

तालाबन्दीको विरोधमा नेविसंघः तोकिएकै दिन निर्वाचन गर्न माग

विकल्प न्यूज\बेनी फागुन ३० गते । नेकपा निकट अखिल क्रान्तिकारीले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ विरोधमा उत्रिएको छ । निर्वाचनमा भाग लिने र आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीहरुको अधिकारलाई कुण्ठित गर्न खोजिएको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो । सोमबार अखिल क्रान्तिकारीले संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति […]

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी

विकल्प न्यूज\बेनी फागुन ३० गते । स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ । नेत्रबिक्रम चन्द् (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति असहमति जनाउँदै तालाबन्दी गरेको हो । तालाबन्दीका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको […]

विकास बैंकहरूले घटाए ब्याजदर

काठमाडौँ बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरूले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत […]

१०९ वर्षीय निउरे राष्ट्रिय परिचयपत्र बनाउँदै

फागुन ३० गते ।  जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ दिच्याम स्थित भगवती आधारभूत विद्यालयमा शुक्रवार सञ्चालित शिविरमा १०९ वर्षीय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नु भएको छ । शिविरमा युवादेखि पूर्ण रुपमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् । म्याग्दीमा अहिले […]

निर्माण व्यवसायी संघको अध्यक्षमा भट्टचन

विकल्प न्यूज/म्याग्दी फागुन २८ गते । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । आज (शनिवार) सदरमुकाम बेनीमा सम्पन्न निर्माण व्यवसायी संघ म्याग्दीको २२औं साधारणसभा तथा ११औं अधिवेशनले भट्टचनको अध्यक्षतामा संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा नारायण जिसी, प्रथम वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, […]