म्याग्दी समाचार

के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर ः डेढ सय बढी लाभान्वित

विकल्प न्यूज/बेनी जेठ १२ गते । पश्चिम म्याग्दीको प्रमुख व्यापारीक स्थल एवम् मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय ५० जना भन्दा बढी विद्यार्थी र अभिभावकहरुले दाँतको उपचार गराएका […]

पत्रकार महासंघ म्याग्दीमा १३ जना सदस्य मात्र कायम रहने

विकल्प न्यूज/बेनी जेठ ११ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले १३ जना पत्रकारको मात्र सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत म्याग्दी शाखाले ५७ जना मध्ये १३ जना साधारण सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । विहिवार बसेको […]

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन

पोखरा, ११ जेठ ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई जति सक्दो छिटो पुरा गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । “रुग्न आयोजनाहरुमा हामी निर्मम भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो […]

अपाङ्गता भएका व्यक्तिहरुलाई सहज स्वास्थ्य सेवामा जोड

प्रताप बानियाँ /बेनी जेठ १० गते । म्याग्दीको सदरमुकाम बेनीमा आज (बुधवार) अपाङ्गहरुको पुनसर््थापनामा सरोकारवालाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी पुनसर््थापना सेवाको लागि सरोकारवालाहरुको भूमिका विषयमा अन्तत्र्रिmया गरिएको हो । बेनी नगरपालिकाको आयोजना र अपाङ्ग संघ म्याग्दीको समन्वयमा सरोकारवालासँग अन्तत्र्रिmया तथा छलफल कार्यक्रम गरिएको आयोजकले जनाएको छ । […]

सांसद गर्बुजाद्धारा हिमाली जिल्ला कार्यान्वनय सँगै विशेष बजेटको माग

विकल्प न्यूज/बेनी जेठ १० गते । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । बि.स २०७७ सालमा हिमाली जिल्ला घोषणाले जिल्लामा कुनै परिवर्तन नआएको बताउँदै आगामी बजेटमा हिमाली जिल्लाको रुपमा म्याग्दीमा बिषेश बजेटको ब्यवस्था मिलाउन उहाँले संसदमा माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले ल्याएको […]

नारच्याङको फुतफुते झरनामा पुग्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १० गते । निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरीपरी सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउने गर्दछ । यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्दछ । झरनाको सुन्दरतामा पर्यटकहरु रमाउने […]

दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

विकल्प न्यूज/बेनी जेठ ९ गते । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आज (मङ्गलवार)देखि सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु भएको छ । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजनाको आर्थिक सहयोगमा तालिम चलाइएको हो । धवलागिरि प्राविधिक शिक्षालय थासाङ–३, कालोपानी मुस्ताङको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्यवस्थापनमा सिपमूलक बेकरीसम्बन्धी तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटन […]

नारच्याङले दावी ग¥योे रोयल्टीको पचास प्रतिशत

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयहरुले प्राकृतिक स्रोतको रोयल्टी वापत पालिकालाई प्राप्त हुने रकमको पचास प्रतिशत पाउनुपर्ने माग गरेका छन् । जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी आठ करोड ७८ हजार रुपियाँ पाउने भएको छ । त्यसमध्य ७३ लाख रुपियाँ गाउँपालिकालाइ […]

किन लगायो बेनी नगरले आय ठेक्कामा बगर

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दी खोलाबाट नदीजन्य पदार्थ निकाल्न चारपटक सम्म पनि टेण्डरको सूचना प्रकाशित गर्दा कसैको पनि बोलपत्र नपरेपछि नगरपालिकाले आय ठेक्का मार्फत नदी जन्य सामाग्री उत्खनन्का लागि निर्माण कम्पनीलाई अनुमति दिएको छ । नगरको मुख्य आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि […]

अन्नपूर्ण आधार शिविरमा सुन्दर ताल (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ८ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तब्यका रुपमा विकास हुनथालेको छ । यो ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ । समुन्द्री सतह देखि ४ हजार ५० मिटरको उचाईमा रहेको तालको एककिलोमिटर लम्बाई र दुईसय मिटर […]

अन्नपूर्ण आधारशिविरमा दौड प्रतियोगिता (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी जेठ ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शनिबार चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधारशिविरमा दौड प्रतियोगिताको आयोजना गरेको हो । आधारशिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार […]

अवरुद्ध बेनी–जोमसोम सडक खुलाउने प्रयास

 विकल्प न्यूज/बेनी जेठ ७ गते ।   हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् […]

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

जेठ ४ गते । अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको […]

पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ३ गते । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदी स्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालीको सपना पनि अधुरो भयो । सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एकमहिना अघि […]

बेनीमा सहकारी बैंकको शाखा माग

विकल्प न्युज/बेनी जेठ २ गते । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो । म्याग्दी र […]