म्याग्दी समाचार
कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज मुस्ताङ १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । घाईते हरुको […]
म्याग्दीका दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्दै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ असोज म्याग्दीमा क्रियाशिल राजनीतिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् । २०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका लागि […]
बेगखोलाले ट्याक्सी बगायो, बेनी–जोमसोम सडक अवरुद्ध
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका १ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ । खोला […]
कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते
सन्तोष गौतम/ विकल्प न्युज बेनी १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा रिफर […]
दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या
सन्तोष गौतम/विकल्प न्यूज असोज १५ गते । म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । […]
दशैंको शुभकामना
विकल्प न्यूज/बेनी असोज १२ गते । नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भइसकेको छ । दसै नेपाली समाजमा एक संस्कृतिका रुपमा स्थापीत भएको छ । दसैंले गर्दा गाउँघर,सहरबजारमा चहलपहल वढेको छ । रोजगारीको लागि विदेशिएका नेपालीहरु पनि दसैं मनाउन स्वदेश फर्किएका छन् । दसैंमा आफ्ना आफन्तजनहरुसँग भेटघाट गर्ने, दुःख भुलेर रमझम गर्ने तथा मीठोमसिनो […]
संघ र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रद्धारा उमेद्वार सिफारिस
सन्तोष गौतम/विकल्प न्यूज असोज १२ गते । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले उमेद्वारको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारिस गरेको हो । मंसिर १० […]
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ११ असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी बुधबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल […]
यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन

सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]
म्याग्दीको नयाँ शक्ति माओबादी केन्द्रमा विलय, माओवादीलाई पहिलो बनाउने उद्घोष
विकल्प न्यूज/बेनी असोज १० गते । नयाँ शक्ति पार्टी नेपाल, म्याग्दी नेकपा माओवादी केन्द्र म्याग्दीमा विलय भएको छ । नेकपा माओावदी केन्द्रसंगको ध्रुवीकरण अभियान अन्र्तगत नयाँ शक्ति पार्टी म्याग्दीका अध्यक्ष भुपेन्द्र बुढाथोकी, केन्द्रिय परिषद सदस्य कृष्ण गिरीको नेतृत्वमा नयाँ शक्ति पार्टीको सिंगो जिल्ला समिति नै नेकपा माओवादी केन्द्रमा समाहित भएको हो । नेकपा माओवादी केन्द्रका […]
जनताको मन जितेर अघि बढ्न कार्यकर्तालाई नेता शेरचनको निर्देशन
सन्तोष गौतम/विकल्प न्यूज बेनी १० असोज । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचनले जनताको मन जित्ने गरि काम गर्न नेताकार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल म्याग्दीबिचको एकता कार्यक्रमलाई मंगलवार बेनीमा उद्घाटन गर्दै नेता शेरचनले माओवादीले शसस्त्र संघर्षको समयमा गरेको जनशक्ताकै अभ्यासमा स्थानीय तहलाई अधिकार सम्पन्न गराईएको बताउँदै […]
म्याग्दीका ग्रामिण सडकमा छड्के चेकजाँच
सन्तोष गौतम /विकल्प न्यूज बेनी १० असोज । म्याग्दीको ग्रामिण सडकमा छड्के चेकजाँच सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरगत ट्राफिक कार्यालय र यातायात व्यवसायीले संयुक्त रुपमा छड्के अनुगमन सुरु गरेका हुन् । बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्ने, तोकिएको भन्दा […]
म्याग्दीमा एघार सय जनाले गर्भपतन गराए
सन्तोष गौतम \ विकल्प न्युज बेनी १० असोज । म्याग्दीमा एक वर्षको अवधिमा एक हजार १०० जना भन्दा बढीले गर्भपतन गराएका छन् । तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार बेनीमा आईपास नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७३७४ मा एक हजार १९५ जनाले सुचिकृत स्वास्थ्य संस्था र तालीमप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन […]
बेनि नगरपालिका भित्रका सडक मर्मत सुरू
सन्तोष गौतम\ न्युज बेनी ९ असोज ।बेनी नगरपालीकाको विभिन्न वडालाई जोड्ने सडक मर्मत गरिएको छ । बर्षातका कारण पहिरो खस्ने, भत्कीने, हिलो जम्ने र खोल्सामा आएको बाढीले बगाएर अवरुद्ध बनेका सडक मर्मत गरिएको हो । बेनी नगरपालीका, वडा कार्यालयको समन्वय तथा जनप्रतिनिधिहरुको पहलमा सदरमुकाम बेनी बजारदेखि वडाका बस्तीहरु जोड्ने सडक मर्मत गरिएको जनाइएको छ । […]
बेनीका मासु पसल फोहोरी, सुधार गर्न अनुगमन टोलीको चेतावनी
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ असोज । सदरमुकाम बेनीमा सञ्चालीत मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । बेनी नगरपालीकाको समन्वयमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, प्रहरी, पशु सेवा, नगरपालीका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले बेनीमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरेको थियो । ब्यवसाय दर्ता, पशु बध स्थल र […]