म्याग्दी समाचार

मराङमा निल भयो भनेर भ्रमको राजनीति नगर्न माओेवादीको चेतावनी

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । माओवादी केन्द्र म्याग्दीले धौलागिरि गाउँपालिका वडा नम्बर ६ मराङमा माओवादी निल भयो भनेर नेपाली काँग्रसले गरेको प्रचारलाई भ्रमको राजनीति भनेर भनेको छ । यस्ता हल्लाका पछि नलाग्न उसले कार्यकर्ता पक्तीलाई अपिल समेत गरेको छ । माओवादी केन्द्रले यस्तो भ्रमको राजनीति नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी समेत दिएको छ । […]

लोकतान्त्रीक गठबन्धनको चुनावी अभियान तिव्र

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । आसन्न मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेसशभा निर्वाचनमा मत माग्न उम्मेदवार सहित लोकतान्त्रीक गठबन्धन गाउँपसेको छ । नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धनले रघुगंगा गाउँपालिकामा चुनावी कार्यक्रम सकेर धौलागिरि र मालिका गाउँपालिकामा पुगेको छ । चरणको चुनावी अभियान अन्र्तगत नेपाली कांग्रेस राप्रपाको लोकतान्त्रीक गठबन्धनको चुनावी आम सभा […]

पुरुण्डीमा वाम गठबन्धनको कार्यकर्ता तथा जनभेटघाट

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । बेनी नगरपालीका ५ पुरुण्डीमा आईतबार एमाले माओवादीको बाम गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत कार्यकर्ता तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनका युवा विद्यार्थी नेता अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितीमा एमाले माओवादीका स्थानीय कार्यकर्ता र स्थानीय बासिन्दाहरुबीच आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको […]

पाखापानीका जनता भन्छन–‘राज्यमन्त्री हुँदा पनि गाउँको मुहार उस्तै रहयो,,फेरी मत माग्न लाज मान्नुपर्ने हो (भिडियो सहित)

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । निर्वाचनलाई लक्षित गरि राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पुग्न थालेका छन् । दलका नेताहरु भोट माग्न गाउँ पुुग्ने क्रम बढेसंगै जनताहरुले समेत नेताहरुलाई संधै आश्वासन मात्रै दिएको भन्दै गुनासो गरेका छन् । रघुगंगा गाउँपालिका–६ ठाडखानीका ९१ बर्षिय रनप्रसाद छन्त्यालले धेरै नेताहरुलाई मतदान गरि बिजयी गराएपनि गाउँको […]

“मतलाई पैसामा बेच्दा जनताले दःुख पाउँछन्”– थापा

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत एमाले र माओवादी केन्द्रले आईतबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले व्यक्ति, जात, धर्म, सम्प्रदाय भन्दा पनी पार्टीले विगतमा गरेका काम, निती […]

पात्लेखेत र घतानमा वाम गठबन्धनको कार्यकर्ता भेटघाट

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । बेनी नगरपालीका ९ घतान र १० पात्लेखेतमा नेकपा एमाले र माओवादी केन्द्रको चुनाव प्रचार अभियान अन्तरगत आईतबार कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट क्षेत्र (क)मा माओवादीका उमेद्वार बिनोद केसी सहितको एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरुको टोलीले स्थानीय कार्यकर्ता र मतदातासंघ भेटघाट गरेको […]

राजनैतिक ध्रुवीकरण ः औचित्य र आवश्यकता

राजकुमार थापा /विकल्प न्यूज कार्तिक १९ गते । संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको संघारमा देशमा राजनैतिक ध्रुवीकरण भएको छ । यो ध्रुवीकरणलाई लिएर सकारात्मक र नकारात्मक दुवैथरिका टिप्पणीहरु बजारमा आएका छन् । कसैले यस घटनालाई सामान्य प्रक्रियाका रुपमा लिएका छन् त कसैले यसलाई राजनीतिको नयाँ कोर्षको रुपमा लिएका छन् । अहिले […]

दरवाङमा युवा संघ र वाईसीएलको संयुक्त भेला

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । म्याग्दीको मालीका गाउँपालिकाका युवा संघ र वाईसीएलको संयुक्त कार्यकर्ता भेला शनिबार दरवाङमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी, प्रचारप्रसारका लागि ७ वटा वडाबाट ५५ जनाका दरले दुवै संगठनका कार्यकर्तालाई समेटेर गाउँपालीका स्तरीय सचिवालय गठन गरेको छ । भेलामा नेकपा […]

श्रमजिवी र पीछडीएका जनताको उत्थानका लागि वामपन्थीको सरकार आवश्यक

सन्तोष गौतम /विकल्प न्यूज बेनी १८ कात्तिक । नेकपा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालका श्रमजिवी, गरिब, उत्पीडित, महिला, दलितको उत्थानका लागि कम्युनिष्ट पार्टीको सरकार आवश्यक रहेको बताउनुभएको छ । धौलागिरी गाउँपालीका ४ मुदीमा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले नेता थापाले नेपाली काँग्रेसका कारण नेपालमा अस्थिरता र बिदेशी हस्तक्षेप निम्तीएको बताउँदै राजनितिक […]

न्यू धौलागिरी सहकारीद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनीमा रहेको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले एक दृष्टिविहीन विद्यार्थीको पढाईका लागि आर्थिक सहयोग गरेको छ । १८ औ वार्षिक साधारणसभा तथा छैठो अधिवेशनको अवसरमा शनिबार बेनपा ९ का गोपाल खत्रीलाई ३३ हजार रुपैयाँ नगद सहयोग गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तह […]

जलजलामा वाम गठबन्धनको कार्यकर्ता भेला तथा भेटघाट

विकल्प न्यूज/पर्वत बेनी कार्तिक १८ गते । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी र प्रदेश सभा क्षेत्र […]

सिंगामा वाम गठबन्धनको अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । सो भेलालाई सम्बोधन गर्दै प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार केसीले मुलुकको आर्थिक समृद्धिको लागि बामपन्थीहरुको स्थायी सरकार निर्माण गर्ने अभियान अन्र्तगत एमाले र माओवादीबिच तालमेल भएको बताउँदै बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो । मुलुक गणतन्त्रमा रुपान्तरण हुँदा समेत लोकतान्त्रिक गठबन्धनले राजतन्त्र र हिन्दु राष्ट्रको नारा लिएर चुनाबमा आउनुले […]

लोकतान्त्रीक गठबन्धनको भकिम्लीमा आमसभा

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । लोकतान्त्रिक गठबन्धनले चुनाबी प्रचार प्रसारलाई तिव्र बनाएको छ । चुनावी अभियान अन्तर्गत आज बेनी नगरपालिका वडा ३ भकिम्लीमा आमसभा र अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा १का सदस्यका उमेद्वार भिमप्रसाद गौचनले नेपालको राष्ट्रियता जोगाउन र नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान […]

धौलागिरी गाउँपालिकामा विकासको ढोका खोल्ने वाम उम्मेदवारहरुको प्रतिवद्धता

विकल्प न्यूज /बेनी कार्तिक १८ गते । आसन्न मंसिर १० गते हुने प्रतिनिधिसभा – प्रदेशसभा निर्वाचनको प्रचारमा उम्मेदवार सहित निस्केको वाम गठबन्धनको मूख्य प्रचार अभियान धौलागिरि गाउँपालिकामा पुगेको छ । शुक्रवार धौलागिरि गाउँपालिका ताकममा भएको कार्यक्रममा वाम उम्मेदवारहरुले विकासको ढोका खोल्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले धौलागिरिको साधनस्रोतको परिचालन गरेर आगमी पाँचवर्ष भित्रमा समृद्ध र […]

वाम गठबन्धनको बेगमा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला गरेका छन् । वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका अगुवा कार्यकर्ताहरुको भेला गरिएको हो । […]