ताजा समाचार:
Search

म्याग्दी समाचार

जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुनर्निर्माण सम्बन्धि अभिमुखीकरण

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ७ माघ । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि आईतबार मिलनचोकमा भुकम्पबाट क्षति पुगेका निजी आवास पुननिर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको भुकम्प पछिको पुननिर्माण आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आयोजनाका डाक्टर योगेन्द्र रिजालले भुकम्प पछिको पुननिर्माणको अवस्था, स्थानीय […]

म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन गरेका छन् । जिल्ला पशु सेवा कार्यालयले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुले स्थानीय तहले पर्याप्त बजेट बिनियोजन नगर्दा काम गर्न नसकिएको गुनासो गरेका […]

पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा आईतबार स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष महिला भलिबलमा मंगला गाउँपालिका र बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । मंगलाले […]

महिला भलिबलमा मंगला र रघुगंगा भिड्ने

सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ । कालीपुल खेलमैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । बेनपाले १०१ र अन्नपूर्णले ९८ स्कोर गरेका प्रतियोगिता सञ्चालन गरेको कालीपुल युनाईटेड कल्वका […]

हेलीकप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको अवलोकन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ । बेनीमा सञ्चालित छैठौ म्याग्दी महोत्सव माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि औद्योगिक ब्यापारीक मेलाको सातौ दिन बिहीबार हेलीकप्टरबाट जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन गराइएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुष २८ गतेदेखि सुरु भएको महोत्सवको अवसरमा म्याग्दी लबर्स ग्रुपले बेनी देखि जिल्लाका विभिन्न ठाउँमा […]

बजेट लुकाएर खान पल्केको सिफ्फो टु परियोजना

विकल्प न्यूज/बेनी म्याग्दी ४ माघ ।  म्याग्दीमा तिन वर्षदेखि लागू भएको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सि.आई.एफ.ओ.टु) नामक परियोजनाले बजेट र खर्च लुकाएको छ । परिवार नियोजन सेवामा सर्वसाधारणको पहुँच वृद्धी गर्ने उद्देश्यले अमेरीकी दातृ निकाय युएसआईडीको सहयोगमा सञ्चालन भएको परियोजनाले जिल्लामा प्राप्त र खर्च भएको बजेटको बारेमा जानकारी माग्दा सार्वजनीक गर्न अस्वीकार गरेको हो […]

आगोलागीबाट साढे दुई लाखको क्षति

विकल्प न्यूज/बेनी माघ ४ गते ।म्याग्दीको धौलागिरी गाउँपालीका ४ बगरमा आगोलागीबाट एक गोठ चलेर नष्ट हुँदा साढे दुई लाख रुपैया बराबरको धनमालको क्षति भएको छ । बगरका अमरलाल पुनको एक तले गोठमा आगोलागी हुँदा त्यहाँ रहेको लत्ताकपडा, अन्न, नगद, भाडाँकुडा जलेर नष्ट भएको हो । आगोले जलेर एक वटा पाडो र १ वटा बाच्छो समेत […]

म्याग्दी महोत्सवमा आइपुगिन एउटै खुट्टाले सबैलाई चकित पार्ने ‘रोमा’

विकल्प न्यूज/बेनी माघ ४ गते । एउटै खुटले नृत्य गरेर सवैलाई चकित पार्ने रोमा न्यौपाने म्याग्दी महोत्सवमा आइपुगेकी छिन् । महोत्सवको छैटौं दिन उनको प्रस्तुती हुने छ । साथमा नेपाल आइडलका टप १० एवम् राष्ट्रिय कलाकार उल्सन श्रेष्ठ पनि बेनी आइपुगेका छन् । को हुन रोमा ? एउटा खुट्टाले नृत्य गरेर आफ्नो परिचय स्थापित गरेको […]

प्रमोद खरेलको बेनीमा हङ्गमा भयो…. (भिडियो)

विकल्प न्यूज/बेनी माघ ४ गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सव संगितमय भएको छ । चर्चित राष्ट्रिय कलाकार प्रमोद खरेलका साथ म्याग्देली युवायुवतीहरु खुवै सँग नाचे । प्रमोद खरलेलको प्रस्तुतीले खुल्ला मञ्चमा खचाखच भरिएका पुरै दर्शकहरुले डान्समा रमाएका थिए ।

महोत्सवमा लोपोन्मुख यानीमायाको रौनक

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ ।  बेनीमा सञ्चालीत म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगीक, ब्यापारीक मेलाको छैठौ दिन बुधबार विभिन्न कलाकार, लोक संस्कृतीको प्रस्तुती र खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । लोपोन्मुख यानीमाया लोकगित, कलाकार प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतको प्रस्तुती बुधबारको बिशेष आकर्षण बनेको छ […]

धौलागिरिवासीको कोरला सपना ः कहिले खुल्छ कोरला नाका ?

सन्तोष गौतम/विकल्प न्यूज मघ ३ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित नेपाल चीन सिमा क्षेत्रको कोरला नाका । तस्विर निरज थकाली, मुस्ताङ मुस्ताङ स्थित कोरला नाका सञ्चालनका लागि सरकारले पूर्वाधार निर्माणलाई तिब्रता दिनुका साथै कुटनीतिक पहल थालेको छ । नेपाल र चीनबीच ब्यापारीक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि पहुँच […]

मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ माघ ।  बेनीमा बुधबार चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा २०७१ साउन १ गतेदेखि लागु भएको चौथो मानवअधिकार कार्यायोजनाको राष्ट्रिय र जिल्ला तहमा कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको थियो । छलफलमा प्रशासक, सुरक्षा […]

ताकममा कोटखोला खानेपानी आयोजना निर्माण तिब्र

विकल्प न्यूज/बेनी माघ ३ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा कोटखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । पँधेरा र सार्वजनिक धाराबाट पानी ओसारेर उपभोग गर्दै आएका ताकमका बासिन्दा घरघरमा निजी धारा जडान गर्ने अभियानमा जुटेका छन् । पानीको स्रोत र व्यवस्थापनको कमीका कारण ताकममा बर्षौदेखि खानेपानीको असुबिधा छ […]

को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !

विकल्प न्यूज/बेनी माघ २ गते ।  कालि र म्याग्दीको संगमस्थलमा आयोजना भएको म्याग्दी महोत्सवको सञ्चालिका शोभा त्रिपाठीले हजारौं दर्शकहरुको मन जितेकी छिन । कला र गलामा धनी शोभा त्रिपाठी बेनीमा आयोजना गरिएको छौठौं म्याग्दी महोत्सवकी सञ्चालीका हुन । कार्यक्रम सञ्चालन गर्न निकै सिपालु त्रिपाठी म्याग्देली दर्शकमाझ प्यारी बनेकी छिन् । उनको प्रस्तुतीले दर्शकहरुलाई लोभ्याइरहेको छ […]

लोक नृत्य प्रतियोगितामा मगर संघ पोखरा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । बेनीमा मंगलबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव अन्तरगत लोक नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल मगर संघ पोखरा दिपको समूह प्रथम र बेनीको माउन्ट एभरेष्ट आवासीय मावि दितृय भएका प्रतियोगिताका संयोजक तथा […]