आगोलागीबाट साढे दुई लाखको क्षति

विकल्प न्यूज/बेनी
माघ ४ गते ।Aagologiम्याग्दीको धौलागिरी गाउँपालीका ४ बगरमा आगोलागीबाट एक गोठ चलेर नष्ट हुँदा साढे दुई लाख रुपैया बराबरको धनमालको क्षति भएको छ ।

बगरका अमरलाल पुनको एक तले गोठमा आगोलागी हुँदा त्यहाँ रहेको लत्ताकपडा, अन्न, नगद, भाडाँकुडा जलेर नष्ट भएको हो । आगोले जलेर एक वटा पाडो र १ वटा बाच्छो समेत मरेका ताकम प्रहरी चौकीले जनाएको छ ।

पुष २७ गते खाना पकाउने क्रममा गोठमा आगोलागी भएको थियो । भौगोलिक बिकटता र सञ्चार सुबिधा नभएका कारणले एक हप्तापछि घटनाको बारेमा जानकारी भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले दुई लाख पचास हजार बराबरको क्षत्ती भएको जनाएको छ ।
गोठमा बस्दै आएका अमरलालका परिवार आगोलागी भएपछि समस्यामा परेकाले उनिहरुको बसोबासका लागि राहत जुटाउन पहल गरिएको हेम मावि शिवाङका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बताउनुभयो ।