म्याग्दी समाचार

बेनीका सडकमा गरिएको कालोपत्रे तिनदिन मै उक्किन थाल्यो

विकल्प न्यूज/बेनी जेठ २३ गते । म्याग्दीको सदरमुकाम बेनी बजार भित्रका सडकमा गरिएको कालोपत्रे उक्कीन थालेको छ । बेनीको बालमन्दीर चोकमा कालोपत्रे गरेको तिनदिनमै उक्कीन थालेको हो । उपभोक्ता समिति मार्फत बेनी नगरपालिकाले बजारका ७ र ८ नम्बर वडा भित्रका सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा कालोपत्रे गरेको थियो । कालोपत्रे गर्न नगरपालिकाबाट […]

समृद्ध गाउँपालिका निर्माणमा हिस्तानबासीको प्रतिबद्धता

राकेश शर्मा/हिस्तान जेठ २३ गते । अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानबासीले समृद्ध गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले मंगलबार हिस्तानमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले गाउँपालिकाको गौरबको आयोजना अन्र्तगत पोखरेबगर–हिस्तान–राम्चे सडक आयोजना सञ्चालन गरेको भन्दै गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । त्यसक्रममा उनीहरुले गलत नियत र सर्वसाधारणलाई दुख […]

फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज फुलबारी २२ जेठ । मालीका गाउँपालिका ४ को फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत करिब साढे पैतिस लाख रुपैयाको लागतमा आयोजना निर्माण भएको हो । नेपाल सरकारको नौ लाख ९५ हजार १२१, फिनल्याण्ड सरकारको […]

वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ २२ जेठ ।       मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार ४५ औ विश्व वातावरण दिवस तथा १९ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा बृहत सरसफाई तथा सन्देशमलुक ¥याली सम्पन्न भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना,मालिका गाउँपालिका, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय म्याग्दीको सहयोगमा वास पत्रकार मञ्च म्याग्दीको […]

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई राम्चेबाट सुरु

राकेश शर्मा/राम्चे जेठ २२ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक बर्ष २०७४÷०७५ मा सञ्चालन गरेका विकास निर्माण योजना, कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरणका विषय माथि सार्वजनिक सुुनुवाई कार्यक्रम सुरु गरेको छ । ८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रमको पहिलो दिन सोमबार […]

डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण

सन्तोष गौतम/ विकल्प दरवाङ २२ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित कार्यक्रममा सो […]

मौवाफाँटमा योग शिवीर सुरु

विकल्प न्यूज/बेनी जेठ २१ ग्ते । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आईतबारदेखि योग शिवीर सुरु भएको छ । गाउँपालिकाको सहयोगमा नविन आनन्द योग केन्द्रले आयोजना गरेको शिवीर ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीको अध्यक्षतामा भएको शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले स्वास्थ्यका लागि योगको महत्व रहेको बताउनुभयो । […]

म्याग्दी भ्रमण बर्ष २०७५ को प्रचारप्रसार तिव्र

विकल्प न्यूज/बेनी म्याग्दी, २१ जेठ । म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन स्वदेश तथा विदेशमा प्रचारप्रसारलाई तिव्रता दिएको छ । संघले रोजगार शिलशिलामा विदेशमा रहेका म्याग्देलीलाई भ्रमण बर्ष २०७५ को विभिन्न प्रचारप्रसार सामाग्री म्याग्दी उद्वार समिति बहराईनलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्य र उपाध्यक्ष राजेश शाक्यले […]

स्वास्थ्यकर्मीलाई शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तालिम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ २० ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरिएको हो । बालबालिकामा हुने शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको सुआहारा कार्यक्रमले जनाएको छ । […]

नगरपालिका स्तरीय योजना तर्जुमा तथा बजेटिङ्ग सम्बन्धी प्रशिक्षण

विकल्प न्यूज/बेनी जेठ २० गते । आगामी आर्थिक बर्षको योजना तर्जुमा तथा बजेटिङको सम्बन्धमा बेनी नगरपालिकाका पदाधिकारीहरु तथा कर्मचारीहरुको लागि प्रशिक्षण दिन सुरु गरिएको छ । आईतवारदेखि सूरु भएको प्रशिक्षण २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र बहादुर केसीले तालिमले आगामी […]

भुरुङ तातोपानीका अधिकांश योजना सम्पन्न

विकल्प न्यूज/बेनी जेठ २० गते ।    अन्नपूर्ण गाउँपालिका मार्फत २ नम्बर वडा भुरुङ तातोपानीमा चालु आर्थिक वर्ष २०७४÷७५ मा बजेट बिनियोजन भएका अधिकांश योजना तथा कार्यक्रम सम्पन्न भएका छन् । गाउँपालिकाको पचास लाख रुपैयाँ अनुदानमा वडा कार्यालयले छनौट गरेर सञ्चालन भएका १४ वटा मध्य १३ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेका हुन् । जनप्रतिनिधिको समन्वय, […]

औल–गिद्धेश्वर पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी जेठ २० गते । अन्नपूर्ण गाउँपालिका ७ औल गाउँदेखि धार्मीक स्थल गिद्धेश्वर जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा औलाका बासिन्दाले श्रमदान गरेर करिब एक किलोमिटर पदमार्ग निर्माण गरेका हुन् । दुई सय मिटर कच्चि र उकालो बाटोमा २५० वटा ढुङ्गे सिढी सहितको पदमार्ग निर्माण गरिएको छहरा टाउको गिद्धेश्वर कुण्ड पदमार्ग […]

ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्पर्क बिहीन

विकल्प न्यूज/बेनी म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर छोराहरुलाई पढाउन बसेकी […]

अन्नपुर्ण संरक्षण क्षेत्र भित्र वन्यजन्तु र जडिबुटिको अवस्थाबारे अनुगमन

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २० जेठ । म्याग्दीको अन्नुर्ण गाउँपालिका घार र शिख वडामा बन्नयजन्तु र जडिवुटीको अवस्थाबारे अनुगमन गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराको आयोजनामा गाउँपालिका वडा ५ शिख र ६ घारमा सामुदायिक वनजंगलको स्थलगत अध्ययन गर्दै वन्यजन्तु र जडिबुटीको अवस्थाबारे जानकारी लिएको हो । जिल्लाको प्रमुख पर्यटकिय स्थल घोडेपानी र […]

बेनी–जोमसोम सडकमा छब्बीस सिटको सिण्डीकेट तोडीयो

सन्तोष गौतम/विकल्प न्यूज जेठ २० गते । बेनी–जोमसोम सडकको टुकुचे खण्डमा ट्रकमा राखेर हेभी ईक्युभमेन्ट ढुवानी गरीदै । तस्विर नवविकल्प बेनी/ बेनी–जोमसोम सडकमा कायम रहदै आएको छब्बीस भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनी स्थित प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त […]