म्याग्दी समाचार
सुशिल गर्बुजा हत्या मुद्दाका आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
विकल्प न्यूज\बेनी फागुन १० गते । गत माग ११ गते साँझ बेनी माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरि रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको हत्याका आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ । जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका अनुसार […]
राष्ट्रपति पौडेलद्धारा पञ्चकोटमा मुक्तिनाथ महाघण्टको उद्घाटन (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य बागलुङ,फागुन १० गते । राष्ट्रपति रामचन्द्र पौडेल बिहिबार विहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट राखिएको मुक्तिनाथ महाघण्टको उद्घाटन गर्नुभएको छ । बुधबार देखि पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेलले पाँचहजार पाँचसय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना गर्नुभयो । राष्ट्रपति पौडेललाई […]
राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ जोडियो
म्याग्दी, ९ फागुन ः नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी लगायत जनप्रतिनिधी, आयोजना, […]
नवनिर्मित भीम माविको भवन उद्घाटन
विकल्प न्यूज\बेनी फागुन ९ गते । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दशकोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन(एम.बि.ई) […]
जलजलाका ज्येष्ठ नागरिकलाई फागुन १६ गते धार्मिक भ्रमण गराइने
विकल्प न्यूज\बेनी फागुन ९ गते । पर्वतको जलजला गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानका लागि धार्मिक भम्रण गराउने भएको छ । बागलुङ प्रशिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा संचालित ब्रहमाण्डीय महायज्ञमा सहभागि गराउन धार्मिक भ्रमण गराउन लागेको हो । फागुनको १६ गते ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराउने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ९ वटै वडाका […]
कतारमा मृत्यु भएका खिवाङका नानु घर्तीकी छोरीको शिक्षामा डेढलाख बढी सहयोग
विकल्प न्यूज\बेनी फागुन ९ गते । खाडीमुलक कतारमा हृदयाघातका कारण ज्यान गुमाएका म्याग्दीको धवलागिरी गाउँपालिका ४, मुदीको खिवाङका नानु घर्ती मगरकी छोरीको शिक्षादीक्षाका लागि मोना कतारको पहलमा संकलित डेढलाख बढी आर्थिक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । गतबर्षको डिसेम्बर ६ तारिकमा अचानक बेहोस भई ढलेपछि उपचारको क्रममा अस्पतालले मृत घोषित गरेलगत्तै कतारमा रहेका म्याग्देलीको […]
पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ सुरु (फोटोसहित)
ठाकुरप्रसाद आचार्य फागुन ९ गते । बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । बुधबार देखि सुरु भएको महायज्ञ एकसय ८ जना नौ वर्ष मुनीका कन्याहरु मर्फत सामुहिक रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरियो । महायज्ञको उदघाटन पूर्व भजनकिर्तन,बाजागाजा सहित कलश यात्राले पञ्चकोट परिक्रमा गरिएको थियो । बागलुङ नगरपालिका ६ […]
बागलुङको पञ्चकोटमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा (भिडियो)
विकल्प न्यूज\बेनी फागुन ७ गते । बागलुङको सर्वशिद्धिधाम पञ्चकोटमा यही फागुन ९ देखि २३ गते सम्म सञ्चालन हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । भिडियो हेर्नुहोस्
विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम
विकल्प न्यूज/बेनी फागुन ७ गते । बेनीको प्रकाश माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान हाजिरी जवाफ प्रतियोगितामा आयोजक विद्यालय प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमश द्वितीय र तृतीय हुन सफल भएका छन् । प्रथम हुने […]
प्रजातन्त्र दिवसको अवसरमा बेनीमा दीप प्रज्वलन
विकल्प न्यूज/बेनी फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसीजले सोमबार सांझ सदरमुकाम बेनीस्थित संगमचोकमा दीप प्रज्जवलन गरेको छ । एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठको प्रमुख आथित्यता, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू सुविन श्रेष्ठ, […]
बागलुङमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञः तयारी अन्तिम चरणमा
विकल्प न्यूज/बेनी फागुन ६ गते । सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक […]
जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान
विकल्प न्यूज/बेनी फागुन ६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा […]
भेडीगोठ धान्ने हिमबहादुर….
म्याग्दी, फागुन ६ गते । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ […]
मंगलाको १७ औं गाउँसभाबाट दुई करोड बजेट रकमान्तर
विकल्प न्यूज/बेनी फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु। दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय […]
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे निर्माण सुरु
म्याग्दी, फागुन ४ गते । बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका […]