म्याग्दी समाचार
म्याग्दीमा संक्रमण फैलिदैं ः व्यवस्थापन फितलो
विकल्प न्यूज/बेनी बैशाख २५ गते । २३ गते विहिवार २२ वर्षीय युवाले कोरोना संक्रमणका कारण ज्यान गुमाउनुभयो । स्वासप्रश्वासमा समस्या भएपछि बुधबार राती नै युवालाई बेनी अस्पताल ल्याइएको थियो । बेनी अस्पतालमा आइसियु सहितको भेन्टिलेट छ तर दक्ष जनशक्तिको अभावमा बन्द कोठामा थन्किएको छ । बेनी अस्पतालमा उपचार पछि थप उपचारका लागि भेन्टिलेटरको खोजीमा ति […]
पत्रकार महासंघमा संयुक्त प्यानलको जित
८ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै […]
स्वास्थ्य मन्त्रालयको सिफारिस : २५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं
२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको […]
गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
कास्की । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए । प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको जानकारी दिँदै […]
कोरोनाको नयाँ लहर: विद्यालय र पार्टी प्यालेस बन्द गर्न सीसीएमसीलाई सिफारिस
काठमाडाैं । स्वास्थ्य मन्त्रालयले काेराेना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए । नेपाल प्रेससँग कुरा गर्दै मन्त्री त्रिपाठीले भने, ‘नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल […]
पत्रकार महासंघ म्याग्दीमा आचार्य नेतृत्वको साझा प्रतिबद्धता सार्वजनिक
विकल्प न्युज । म्याग्दी २४ चैत । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैठौ अधिवेशनमा क्रियाशील र व्यवसायिक पत्रकारहरुको तर्फबाट ठाकुर प्रसाद आचार्य नेतृत्वको साझाउम्मेदवारहरुको समूहले साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् । महासंघ जिल्ला शाखाको नेतृत्व चयनका लागि सहमति नभएपछि महासंघका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहनुभएका ठाकुर प्रसाद आचार्य र केन्द्रीय पार्षद प्रकाश पौडेलको नेतृत्वमा दुई […]
भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि
२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा […]
कुमारी बैंकद्वारा गलेश्वरमा वृक्षारोपण
म्याग्दी, २१ चैत । कुमारी बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसत्त प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो । शनिबार भएको कार्यक्रममा कुमारी बैंकका शाखा प्रवन्धक मिलन श्रेष्ठसहित कर्मचारी, वडाअध्यक्ष बेल बहादुर चोखाल, […]
मंगोल नेशनल अर्गनाईजेशनको दोस्रो जिल्ला अधिबेशन सुरु (तस्विर सहित )
म्याग्दी, २१ चैत । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको दोस्रो जिल्ला अधिबेशन बेनीमा सुरु भएको छ । मंगोलको दोस्रो जिल्ला अधिवेशन पुर्व बाजागाँजासहित बेनी बजारमा बृहत ¥याली प्रर्दशन गरिएको छ । अधिबेशनको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने आयोजकले जनाएको छ ।
मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर एक युवाको मृत्यु
म्याग्दी,२० चैत। राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम -कोरला सडक अन्तर्गत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा – ३ को स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका -४ बस्ने २० वर्षीय लालबहादुर रोकाको […]
माछा मार्ने बम बनाउँदा बागलुङका एकको मृत्यु, एकको उपचार हुँदै
गलकोट, चैत २० गते । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट […]
मुदीमा कांग्रेसको संगठन विस्तार
विकल्प न्यूज/बेनी चैत २० गते । नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियानलाई तिव्रता दिएको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । […]
वायु प्रदुषणले बेनीमा आँखा पाेल्ने समस्याका विरामी बढे
विकल्प न्युज/ बेनी चैत १७ गते । म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् । वायु प्रदूषणका […]
नारच्याङ स्थित म्रिस्तिखोलामा काम गर्ने १२ कामदारमा काेराेना
विकल्प न्युज/बेनी चैत १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित म्रिस्तिखोला हाईड्रोमा काम गर्ने १२ जना कामदारमा काेराेना पुष्टि भएकाे छ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति २०७७।१२।१६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ को […]
बेनी– जोमसोम सडक थप दुई दिन बन्द
१७ चैत, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी-जोमसोम […]