म्याग्दी समाचार

असोज १० गतेदेखि सर्वसाधारणका लागि मुक्तिनाथ खुला गरिँदै

विकल्प न्यूज/बेनी असोज ६ गते ।  मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ […]

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / बेनी असोज ६ गते । उत्तर – दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजना अन्तर्गत मालढुङ्गा – बेनी सडक खण्डलाई स्तरोन्नति गरि दुई लेनको बनाउन सुरु गरिएको छ । सडक निर्माण भएको दुई दशक वितिसक्दा पनि सडक स्तरोन्नति नहुँदा १३ किलोमिटरको यात्रा सास्तीपूर्ण थियो । साघुरो र जिर्ण सडकका कारण यात्रुहरुले सास्ती […]

नासिँदै गए बिसाउने चौतारी, संरक्षणमा चासो बढ्यो

ध्रुवसागर शर्मा \रासस म्याग्दी ५ असोज । पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । […]

एनआरएनएको अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा

विकल्प न्युज/ बेनी असाेज ४ गते ।  गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा उठ्ने कुल आचार्यले घोषणा गरेका छन्। एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ। उनले पर्वत पुगेर आइतबार आफू एनआरएनएको महाधिवेशनमा अध्यक्ष पदमा लड्ने बताएका हुन्। उनको गृहजिल्ला पर्वत हो। उनी जलजला गाउँपालिका ७ धाइरिङका हुन्। आचार्य लामो […]

कस्तुरी सहकारीको १३ औं वार्षीक उत्सवमा सामाजिक संस्थालाई सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले भाषा मंकाःखल बेनीलाई आर्थिक सहयोग गरको छ । सोमबार सहकारीको १३ औँ बार्षिक उत्सवको अबसरमा आयोजित एक कार्यक्रममा बिच मंकाःखलको बहुउद्देश्यीय भवन निर्माणका लागि १ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सहकारीका […]

आजदेखि देशैभर भेरोसेल खोप लगाइने

काठमाण्डाै – सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ । […]

मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

विकल्प न्युज/ बेनी बेनी, ३ असोज । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठनका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराइएको छ । निस्कोटमा रमेश पुनको अध्यक्षता, […]

जन्म गाउँबाट विश्वभरका नेपालीहरुलाई कुल आचार्यको अपिल (भिडियो)

विकल्प न्यूज/जलजला असोज ३ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगमी १० औं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन लाग्नुभएका कुल आचार्यले जन्म गाउँ जलजला ७ धाईरिङ पर्वतबाट विश्वभर छरिएका नेपालीहरुलाई अपिल गर्नुभएको छ । धाइरिङको प्रशिद्ध धार्मिक स्थल भुमे थानको अगाडि उभिएर आचार्यले विश्वभरका नेपालीहरु समक्ष आगमी कार्यकलको नेतृत्वका लागि साथ र सहयोगका […]

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा धाइरिङका साजन चयन

विकल्प न्यूज/बेनी असोज २ गते । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जलजला गाउँपालिका  ७ धाइरिङ सल्यानका युवा साजन परियार […]

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम केसी चयन

विकल्प न्यूज/बेनी असोज २ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले शनिबार बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमितिचयन गरेको हो । सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, द्धितिय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक […]

बेनी नगरको सभापतिमा रविन्द्र कार्कीको उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी असोज १ गते ।  नेपाली काँग्रेसको असोज ९ गते हुने बेनी नगरपालिकाको अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका ९ घतान निवासी कार्की काँग्रेसमा लामो समय देखि क्रियाशिल हुनुहून्छ । कार्की निर्माण व्यवसायी पनि हुनुुहुन्छ । ८ वर्ष अघि नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएर राजनीतिमा लाग्नुभएका […]

क्षेत्रीय प्रतिनिधि ः लोभ, लालचमा फस्ने की सक्षम नेतृत्व छान्ने !

विकल्प न्यूज डेस्क / बेनी भदौं ३१ गते ।   नेपाली काँग्रेस म्याग्दीले यहि भदौं १८ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ । सँगसँगै वडाबाट क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित भए । ४५ वडा मध्य ४४ वडामा काँग्रेसले वडा अधिवेशन सम्पन्न गरिसकेको छ । काँग्रेसको पछिल्लो संसोधन तालिका अनुसार असोज ९ गते पालिका अधिवेशन र १२ […]

नेकपा ( एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन

म्याग्दी ३० भदौ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहनुभएका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य समेत हुनुहुन्छ । त्यसैगरि कमिटीको उपाध्यक्षमा हेमराज […]

एमसीसी पास नगरे आर्थिक नाकाबन्दी लगाउने चेतावनी

काठमाडौं ।  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख […]

असोज ४ देखि नयाँ नोट

भदौ २९, २०७८ । नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना  सबै  क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै छ […]