म्याग्दी समाचार

स्थानीयले अख्तियारमा उजुरी गरेपछि पुल निर्माण रोकियो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ७ गते । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ वरंजालाई जोड्न म्याग्दी खोलामा निर्माणधिन पक्की पुल । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई […]

कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी

बागलुङ, साउन ७ गते  ।   प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले हालै पञ्चवर्षीय योजना तयार गरेको छ । गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो । समितिले मन्दिरलाई संरक्षण, थप कलात्मक तथा पुरातात्विक तथा […]

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

काठमाडौँ, साउन ७ गते । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको […]

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

काठमाडौँ, साउन ५ गते ।   ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित […]

कहिले पूरा होला गुर्जावासीको मोटर चढ्ने सपना !

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ४ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जा एक मात्र वडा हो जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ । गाउँपालिका केन्द्र मुना आउन १० घण्टा पैदल हिड्नुपर्दछ […]

चिटिक्क छ पर्यटकीय स्थल चिनाकोट दरबार पुग्ने पदमार्ग

विकल्प न्यूज/बेनी साउन ३ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ मा रहेको पर्यटकीय स्थल चिनाकोट दरवार पुग्ने पदमार्ग निर्माण गरिएको छ । चिनाकोटलाई पर्यटकीय स्थलका रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ग्रेटवालको झल्को दिने गरी पदमार्ग निर्माण गरिएको हो । स्थानीय पूर्वाधार विकास कार्यक्रमको ९ लाख र स्थानीयवासीको एकलाख १० हजार रुपियाँ […]

काभ्रेभीरमा ब्लास्टिङ गरेर सडक निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३ गते । राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ । म्याग्दी र मुस्ताङको सिमाना स्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेभीरमा ६ महिना अघि देखि सडक फराकिलो बनाउन विष्फोटक पदार्थ मार्फत ब्लास्टिङ गरेर पहाड फुटाउन थालिएको थियो । एकहजार ६ सय […]

पानी माग्दै जनप्रतिनिधि बाँधेर गोरु बेर्‍हे

कपिलवस्तु-नवलपरासी, साउन ३ गते ।  बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बेर्‍हेने प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो । कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक गाउँको […]

साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड

विकल्प न्यूज/बेनी साउन २ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको साउनको पहिलो सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न भक्तजनाहरु आएका छन् । म्याग्दी सँगै कास्की,चितवन,बागलुङ,पर्वत र काठमाण्डौं लगायत क्षेत्रबाट दर्शनका लागि भक्तजन आएका छन् । सफा मौसम भएकाले भक्तजनहरु बढ्न सक्ने अनुमान गरिएको छ । […]

एकैपटक ३८ जना स्वास्थ्यकर्मीको करार म्याद सकिदा बेनी अस्पतालको सेवा प्रभावित

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १ गते । बेनी अस्पतालको विभिन्न पदमा कार्यरत स्वास्थ्यकर्मीहरुको करार म्याद सकिएर बाहिरिदा अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत चिकित्सक सहित विभिन्न सेवामा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गते देखि एकैपटक करार म्याद समाप्त भएको हो । ५० बेढ क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार […]

अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण

विकल्प न्यूज/बेनी असार ३२ गते । अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज गरी दुई दिनसम्म चलेको प्रशिक्षणमा अनेमसंघको […]

सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण

गलकोट, असार  ३० गते ।  चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ । त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । पर्वतको जलजला गाउँपालिका […]

सामाजिक विकास कार्यालयको बार्षिक समिक्षा

म्याग्दी ३० असार । सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८÷०७९ मा सम्पादन गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । विहिवार कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुबिच सामाजिक क्षेत्रका समसामयिक सवालहरुको सन्दर्भमा अन्तरक्रिया एवम बार्षिक समिक्षा कार्यक्रम आयोजना गरि कार्यालयबाट भएका गतिविधि र उपलब्धिहरुको बारेमा जानकारी गराएको हो । यस आर्थिक बर्षमा कार्यालयले […]

म्याग्दीमा एकवर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ३० गते । म्याग्दीमा एकवर्षको अवधिमा विभिन्न योजनाहरु मार्फत गरेर १९ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना,पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो । बेनी […]

अवैध क्रसर उद्योगलाई सरोकारवालाको मौन समर्थन !

विकल्प न्यूज/बेनी असार २९ गते । करिब एकवर्ष अगाडि कालीगण्डकी नदी किनारमा दर्ता विनानै सञ्चालन भएको क्रसर उद्योगका वारेमा जिल्लाका सरोकारवाला निकायहरु मौन देखिएका छन् । बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने जिल्लाको रघुगंगा गाउँपालिका–२ स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग सञ्चालन गरिएको छ । सदरमुकाम देखि नजिकै रहेको उक्त क्रसर उद्योगका वारेमा […]