म्याग्दी समाचार
व्यावसायिक किवी खेती गर्दै टिकोटका किसान
विकल्प न्यूज\बेनीसाउन १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका किसानहरु मकै र कोदो बाली लगाउन छाडेर नगदे बालीका रुपमा रहेको किवी खेती गर्न थालेका छन् । पछिल्ला पाँचवर्ष यता गाउँमा किवी खेतीको राम्रो विस्तार भएको छ ।खाद्यन्न बालीबाट भन्दा किवी खेतीबाट राम्रो आम्दानी हुने देखेपछि यहाँका किसानहरुले गाउँमा किवी खेती विस्तार गर्न थालेका हुन […]
रत्नेचौरमा सिंचाई सुविधाले किसान खुसी
विकल्प न्यूज/बेनीसाउन १७ गते । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर स्थित उपाल्लाचौरका कृषक लोकबहादुर थापा मगरले यसपाली असारको दोस्रो हप्तामै धान रोपाई सक्नुभएको छ । तीन वर्ष अघि देखि सुरु भएको उपल्लाचौर सिंचाई योजना सम्पन्न भएर ढोडेनी खोलाको पानी खेतमा आएपछि आकासे पानीको भरमा धान रोप्नुपर्ने रत्नेचौरवासीको बाध्यता यसपाली हट्यो । यसपाली रत्नेचौरका किसानले असार […]
खानेपानीको सुविधाले बगरफाँटवासी खुसी
ठाकुरप्रसाद आचार्यसाउन १७ गते । बेनी नगरपालिका २ बगरफाँटमा घरघरमा मिटर सहितको खानेपानीका धारा निर्माण गरिएको छ । बगरफाँट खानेपानी योजनाबाट यहाँका दुई सय पाँच घरधुरीमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । घरमा निर्माण भएका धाराबाट पानी आउन थालेपछि स्थानीयहरु खुसी भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय म्याग्दीले दुईवर्ष […]
तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै कृषक आचार्य (भिडियो सहित)
ठाकुरप्रसाद आचार्यसाउन १६ गते । जलजला ७ लामाबगरका बासुदेव आचार्यले बेमौसममा काँक्रो उत्पादन गरेर दुई महिनाको अवधिमा एकलाख भन्दा बढी कमाउनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा धान खेती नगरेर कामिनी र बेली जातको काँक्रो खेती गर्नुभएका आचार्यले दुईदिनको फरकमा एकसय केजी सम्म काँक्रो उत्पादन हुने गरेको बताउनुभयो । उत्पादन भएको काँक्रो घरबाट नै बिक्री हुने […]
गलेश्वरधाममा तीन लाखभन्दा बढी भेटी सङ्कलन
साउन १५ गते । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार,साउनको […]
राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’(फोटोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १५ गते । राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणधिन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको फेदीमा रहेको बाँधबाट […]
मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा
पर्वत, साउन १४ गते । गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौँला सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको […]
अन्नपूर्णका किसानलाई ‘कृषि एम्बुलेन्स’
ठाकुरप्रसाद आचार्यसाउन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर संचालन गर्न लागेको हो । कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि विकट वस्तीका किसानहरु उत्साहित भएका छन् । गाउँपालिका भित्रका किसानले […]
तरकारी खेतीमा जमेका पौरखी शर्मा दम्पती (भिडियो सहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १२ गते । जलजला गाउँपालिका ७ धाइरिङ मिलनचोकका युवा किसान दीपक शर्माले व्यवसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अंगालेको निर्वाहमुखी परम्परागत कृषि पेशालाई व्यवसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्माले गाउँपालिकाकै नमूना किसानको परिचय बनाउनुभएको छ । हरेक विहान देखि अवेर शर्मा दम्पत्ती तरकारी खेतीको काममा […]
बिमकाे डाँडा गाउँमा ‘एक घर , एक धारा’
विकल्प न्यूज/बेनीसाउन ११ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान […]
जलजलाले सुरु ग¥यो लक्षित समुदायलाई निशुल्क एम्बुलेन्स सेवा
विकल्प न्यूज\बेनी साउन १० गते । पर्वतको जलजला गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निशूल्क उपलब्ध गराउन थालेको छ । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य संस्था जान आउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । एम्बुलेन्स, विपद् ब्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई ब्यवस्थापन गर्न लामाखेत स्थित गाउँपालिका कार्यालय परिसरमा […]
एकवर्षको अवधिमा म्याग्दीमा ३१ हजार पर्यटक भित्रिए
विकल्प न्यूज\बेनीसाउन १०गते । एक वर्षको अवधिमा ३१ हजार ३५४ जना पर्यटकले म्याग्दी भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा म्याग्दी भित्रने पर्यटकको संख्या २५ हजार ३३४ र बाहिरिनेको ६ हजार २० जना रहेको छ। घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत […]
बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’
म्याग्दी, साउन १० गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम […]
चितवनमा रहेका एमाले निकट पर्वतेलीहरु संगठीत
विकल्प न्यूज/पर्वतसाउन ९ गते । पर्वत जिल्लाबाट पेशा व्यवसाय र रोजगारीका क्रममा चितवन जिल्लामा पुगेका एमाले निकट पर्वतेलीहरु संगठीत भएका छन् । बुधबार नेकपा एमाले पर्वतले चितवन जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको भेलाबाट नेत्र शर्माको अध्यक्षतामा ३१ सदस्यीय पर्वत–चितवन सम्पर्क समाजको तदर्थ कमिटी चयन गरेको छ । कमिटीले ६ महिनाभित्रमा प्रथम भेला आयोजना गरी सम्पर्क […]
लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो
विकल्प न्यूज/बेनीसाउन ८ गते । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ ।बेनी नगरपालिका वडा नम्वर ६ डम्मरामा निर्माण गरिएको उक्त चौतारीमा सोमवार एक कार्यक्रमको आयोजना गरि उक्त विरुवा रोपिएको […]