फिचर
म्याग्दी क्याम्पसले मनायो क्युएए उत्सव (फोटो /भिडियो)

विकल्प न्यूज\बेनी माघ २१ गते ।म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको खुसियालीको अवसरमा उत्सव मनाएको छ । मंगलबार बेनीबजारमा विभिन्न बाजागाजा,झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेर खुसियाली मनाएको हो । ¥यालीमा विभिन्न जातजातिका भेषभुषा र झाँकी प्रदर्शन गरिएको छ । बाजामा विद्यार्थीहरु खुसियाली मनाउँदै नाचगान समेत गरेका छन् । विश्व विद्यालय […]
तोरीले पहेँलपुर रत्नेचौर (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २० गते । बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा फुलेको पहेलपुर तोरी । रत्नेचौरवासीहरुले परम्परागत रुपमा तोरी वाली लगाउँदै आएका छन् । पहेँलपुर फुलेको तोरीमा फोटो खिचाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य
अन्नपूर्णका मगर समुदायको पुख्र्यौली नृत्य (फोटोफिचर)

विकल्प न्यूज /बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडा अध्यक्ष कम्मरमा मादल भिरेर नाच्दै हुनुहुन्थ्यो । गाउँका पाका तथा युवा पुस्ता पनि उहाँलाई साथ दिन पुख्र्यौलीमा नाच्दै थिए । पुख्र्यौली नृत्यले महोत्सव स्थल घन्किएको थियो । महोत्सवका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुख्र्यौली नृत्यलाई चासोका साथ हेरिरहनुभएको थियो । […]
झिलिमिली घलेम्दी (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङमा हालै मात्र निर्माण सम्पन्न भएको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाको पावरहाउस स्थल । विहिवार साँझ त्यहाँ पुग्दा घलेम्दीको पावरहाउस स्थल बत्तीले झिलीमिली बनेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य
अन्नपूर्णकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू (फाेटाेफिचर)

विकल्प न्युज/नारच्याङ माघ १६गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू भएको छ । महाेत्सवकाे गण्डक प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले गर्नुभएकाे हाे ।
फोटो र भिडियोमा हेर्नुहोस् बेनीमा मगर समुदायको भेषभुषा सहितको झाँकी

विकल्प न्यूज/बेनी माघ १ गते । माघे संक्रान्तिका अवसरमा आज बेनीमा मगर समुदायले विभिन्न भुषभुषा सहितको झाँकी निकालेका छन् । नेपाल मगर संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा मगर समुदायका युवायुवती,वृद्धवृद्धाहरु जातिय पोषाकमा सझिएर कलासंस्कृति प्रदर्शन र नाचगान गर्दै बजार परिक्रमा गरेका हुन ।
बेनीमा माघेसंक्रान्ति मेला ः २५ तस्विर र भिडियोमा हेर्नुहोस

विकल्प न्यूज/बेनी पुस २९ गते । बेनीमा मंगलबार देखि माघे संक्रान्ति मेलाको आयोजना गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले बेनीको खुल्ला मञ्चमा दुईदिने मेलाको आयोजना गरेको हो । मेलाको गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन पूर्व विभिन्न जातजातिका झाँकी,बाजागाजा र भेषभुषा […]
जिसस म्याग्दीको नवनिर्मित भवनको मुख्यमन्त्री गुरुङद्धारा उद्घाटन (फोटो)

विकल्प न्यूज/बेनी पुस २२ गते । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहल सहितको भवनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । मंगलबार जिसस म्याग्दीले आयोजना गरेको एक कार्यक्रमका विच मुख्यमन्त्री गुरुङले भवनको उद्घाटन गर्नुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक […]
हिउँमा सेल्फीखिच्दै ठिनीका महिला

विकल्प न्यूज/मुस्ताङ पुस २० गते । मुस्ताङको पर्यटकीय गाउँ ठिनीका महिला हिउँमा सेल्फीखिच्दै । यहाँ पर्यटकलाई होमस्टेको सुविधा रहेको छ । तस्विर निरज थकाली
हिमपातमा यस्ताे देखियाे ताकमकाेट (फाेटाेफिचर)

विकल्प न्युज/ ताकम मंसिर २८ गते । धौलागिरी गाउँपालिका ७ ताकम मा रहेकाे ताकम काेट । हिउले ढाकेकाे ताकमकाेट र ताकमकाेट दर्शन गर्न पुगेका पर्यटकहरू । शुक्रबार परेकाे पानी संगै यहाँ हिमपात भएकाे हाे । हिउँ संग रमाउन शनिबार विहानै देखि ताकम काेटमा पर्यटकहरू पुगेका छन । तस्वीर ठाकुर अाचार्य
ताकममा वृहत स्वास्थ्य शिविर सुरू (फाेटाे फिचर)

विकल्प न्युज/ ताकम मंसिर २८ गते । लायन्स क्लब अफ बेनि पिस सिटिकाे अायाेजनामा धौलागिरि गाउपालिकाकाे ७ ताकममा शनिबार देखि निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे हाे । शिविरमा गण्डकी मेडिकल कलेज पाेखराका चिकित्सकहरूले विरामिहरूकाे स्वास्थ्य परिक्षणा गर्नुभएकाे छ । शिविरमा ताकम,मुना,लुलाङ र मुदिबाट ठुलाे संख्यामा सर्वसाधारण हरू अाएका छन् । दुर्गमका सर्वसाधारण हरूलाई स्वास्थ्य सेवा […]
कालीगण्डकी किनारमा गंगा आरती

विकल्प न्यूज/बेनी मंसिर २५ गते ।कालिगण्डकी नदी किनारमा आयोजीत गौमहोत्सवमा साझपख गंगा आरती गरिदै । महोत्सवको प्रत्येक दिन कालिगण्डकी नदी किनारमा गंगा आरती गर्ने गरिएको छ । भने साँझपख भजनकृतन गरिन्छ । तस्विर विकल्प न्यूज
जलजलाको कालिगण्डकी नदी किनारमा गौमहोत्सव सुरु (भिडियो/तस्विर सहित)

विकल्प न्यूज/बेनी मंसिर १९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको सुरु भएको हो । गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद […]
जेसिज कपको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दी जेसिजद्धारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको न्यू वेष्ट प्वाइन्ट आवशिय माविले हात पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा शनिबार सम्पन्न बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट विच भएको फाइनल खेलमा बुद्धलाई १ विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी […]
भोटको महोत्व

विकल्प न्यूज/बागलुङ मंसिर १४ गते । आज भइरहेको उपनिर्वाचनमा बागलुङको उत्तरगङ्गा केन्द्रमा मतदानका लागि स्ट्रेचरमा राखेर मतदातालाई लगिँदै । निर्वाचनमा एकभोटको पनि कति महोत्व हुन्छ भन्ने यो दृश्यले देखाएको छ । तस्विर पत्रकार हरिनारायण गौतमको फेसबुकबाट