विचार

मानवीय सेवाको नमुना अभियान (सम्पादकीय)

विकल्प न्यूज/बेनी भदौं २५ गते । ‘दिन जान्यो,बाच्न जान्यो’ यो नारा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको हो । पाँच वर्ष अघि स्थापना भएको शान्तिकोष म्याग्दीमा मात्र होइन नेपालमै नमुना संस्थाका रुपमा अघि बढेको छ । शान्तिकोषको सहयोगले गरिब र विपन्न परिवारका एकसय भन्दा वढीले नयाँ जीवन पाएका छन् । कोषले एककरोड पचास लाख रुपैयाँको अक्षयकोष […]

एकादूई राजा असल हुनसक्छन तर राजतन्त्र असल किमार्थ हुनसक्दैन

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज भदौं भदौं ११ गते । ऋग्वेदको अष्टमध्यायमा प्रगाथ काण्व नाम गरेका ऋषिरचित एउटा ऋचा संकलित छः—“अपाम सोमममृता” (ऋ.८।४८।३) । रक्सी पिएर मातेका ऋषि काण्वलाई रक्सी पिएपछि अब आफू अमर भएजस्तो लाग्छ । हुन पनि रक्सी पिएको मान्छेले आफूलाई सबैभन्दा बलवान, सबैभन्दा विद्वान, सबैभन्दा बुद्धिमान, सबैभन्दा जान्नेसुन्ने, सबैभन्दा राम्रो ठान्न थाल्छ । […]

समाजवादको सपना ः सार्वजनिक शिक्षाको हुर्मत

देवीप्रसाद शर्मा /विकल्प न्यूज भदौं ११ गते । ‘समाजवाद’ वर्तमान नेपालको जल्दोबल्दो नारा हो । जपना हो ।  राजनीतिधर्मीको । नयाँ व्यवस्थाका पक्षधरहरुको । प्रगतिवादीहरुको । वर्षौंअघिदेखिको एउटा व्यवस्था अन्त्य भएपश्चात् बनेको संविधानले नै समाजवादउन्मुख नेपालको परिकल्पना गरेदेखि यो नारा अब सीमित व्यक्तिको मात्र पनि रहेन । यो त नेपाली समाजको नारा बनिसक्यो । सबै […]

यस्ता हुन्छन् स्तन क्यान्सरका लक्षणहरु

-पुजा लामा- स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैनन्। सामान्यतया दुख्न पनि दुख्दैन। विभिन्न जाँचहरुबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ। हाम्रो समाजमा केही समस्या नभई स्वास्थ्य परीक्षण गराउने चलन छैन। जब क्यान्सर बढ्न थाल्छ, यसले स्तनमा परिवर्तन ल्याउँछ जसलाई एउटी महिलाले थाहा पाउन सक्नेछिन्। स्तन अथवा काखीमा प्रायः नदुख्ने साह्रो गाँठो हुनु स्तन […]

नियमनकारी निकाय मौन बस्दा बेथिति बढ्यो (सम्पादकीय)

विकल्प न्यूज/बेनी साउन २२ गते । नेपालको संविधानले स्थानीय तहलाई बलियो सरकारका रुपमा परिकल्पना गरेको छ । आफ्नो क्षेत्रभित्र सुव्यववस्था कायम राख्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । निर्वाचित स्थानीय तहका जनप्रतिनिधि संवैधानिक अधिकारसहित सरकारका रूपमा आएका हुन । स्थानीय सरकारलाई व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको समेत काम गर्ने अधिकार छ । स्थानीय सरकार सञ्चालन र आफ्नो […]

महिनावारी एक मिठो अनुभूति

सीता रायमाझीजब म पहिलो पटक महिनावारी भएँ, खुब रोएकी थिएँ। मलाई दुखाइ त थिएन तर एक प्रकारको भय थियो, म पनि अब दिदीहरु जस्तै १० दिन गोठमा बस्नुपर्छ। त्यो बेला मलाई केही खान पनि मन लागेन। सबैले सानी भनेर माया गर्ने मलाई अब ठूली भई भन्नुहुन्छ भन्ने पिर पनि मनमा थियो। महिनावारीको समयमा मेरी आमा […]

जनतालाई ढाँट्न त हुदै हुदैन, बोलेर मात्र पनि हुदैन, गरिपु¥याउनु प¥यो ?!

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज साउन ८ गते । “निजी सम्पत्तिको लोभ गर्ने मानिस कम्युनिष्ट हुनै सक्तैन” ! चिनीया राष्ट्रपति सीको यो भनाई यतिखेर सामाजिक सञ्जालमा व्याप्त छ । भन्न त मानिस परिस्थितिको दास हुन्छ र समय परिस्थितिले उसलाई बदलिदिन्छ वा डो¥याउँछ भनिन्छ । वास्तविकता दुरुस्त त्यस्तै होजस्तो लाग्दैन । यथार्थमा मानिसलाई बदल्ने आफ्नै विवेक र […]

बहुआयामिक व्यक्तित्व बीपी

गोकर्ण अर्याल साउन ७ गते । नेपाली राजनीतिका शिखर पुरुष एवं काँग्रेसका संस्थापक बीपी कोइरालाको ३७ औँ स्मृति दिवस विविध कार्यक्रम गरेर स्मरण गरिँदैछ । बीपीको राजनीतिक अनुयायी दल नेपाली काँग्रेस र उहाँका नाममा खडा भएका विभिन्न सङ्घसंस्थाले बीपीलाई सम्झिएका छन् । उहाँको बहुआयामिक व्यक्तित्व झल्कने किसिमका कार्यक्रम यतिबेला भइरहेका पनि छन् । तर प्रश्न […]

पुष्पलालको विचारकै जगमा आजको उपलब्धि

दीपक श्रेष्ठ काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार, सिद्धान्त र नीतिहरू सात दशकपछि पनि उत्तिकै सान्दर्भिक, मननीय र मार्गदर्शक रहेका छन् । दूरदर्शी नेता पुष्पलालसँग लामो सहकार्य गर्नुभएका ९० वर्षीय लक्ष्मीभक्त उपाध्याय भन्नुहुन्छ, “मुलुकको राजनीतिक परिवर्तन पुष्पलालकै विचार, सिद्धान्त र नीतिका आधार टेकेरै भयो । उहाँ जतिका इमानदार नेता […]

बेनी नगरका जनप्रतिनिधिलाई प्रश्न ?

शिव आचार्य /विकल्प न्यूज जेठ २४ गते । मुलुक यतिखेर संघियता कार्यान्वयनको चरणमा छ। संघिय शासन प्रणाली अनुसार केन्द्र,प्रदेश र स्थानीय तह गरी तिन प्रकारका सरकार सञ्चालित छन् । संघिय गणतन्त्रात्मक शासन व्यवस्थाको अनुभव हामी नेपालीले पहिलो पटक गर्दैछौं । अहिलेको प्राप्त उपलब्धी चानचुने तरिकाले प्राप्त भएको होइन । लामो समयको राजनीतिक आन्दोलन,संघर्ष बलिदानीबाट यो उपलब्धी […]

विप्लव नेकपाले क्रान्तिलाई बुझ्ने दृष्टिकोण बदल्नु आवश्य छ कि ?!

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज जेठ २३ गते । यो हप्ता काठमाडौं आंतंकित रह्यो । ठाउँ ठाउँमा भएका विष्फोटन, ज्यानको हताहति र अनेकौं ठाउँहरुमा फेला परेका शंकास्पद बस्तुहरुको उपलब्धता र चर्चाले समाजमा संत्रास व्याप्त रह्यो । मारिनेहरु सबै आफ्ना कार्यकर्ता रहेको कुरा नेकपाका महासचिव विप्लवबाट सार्वजनिक भएको विज्ञप्तिमार्फत स्वीकारिएको छ । जो जो मारिए पनि नेपाली जनधनकै […]

नेकपाका केही चुनौति र अवसर

राजकुमार थापा /विकल्प न्यूज जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको सम्पूर्ण सकिएको छ । पार्टी एकता सँगसँगै राष्ट्र, पार्टी तथा कार्यकर्ता र आमनेपाली जनसमुदायबीचमा केही अवसर, सम्भावना सँगै केही चुनौतिहरु पनि थपिएका छन् । अवसर र चुनौतिलाई यथार्थपरक हिसाबले विश्लेषण गर्दै वैज्ञानिक योजनाका साथ अगाडि बढ्न सकेमात्र सम्भावनालाई […]

म्याग्दीमा नेकपा नेतृत्वका चुनौती

शिव आचार्य /विकल्प न्यूज बैशाख १८ गते । विभिन्न पार्टी र समुहमा विभाजित कम्युनिष्ट पार्टी फेरी एकताबद्ध हुन थालेका छन् । पार्टी स्थापनाको सात दशक पछि कम्युनिष्ट पार्टीलाई दुइ ठूला अवसर प्राप्त भए । जनताको भारी मत सहितको बलियो सरकार पहिलो र दुइ ठूला कम्युनिष्ट पार्टी विचको एकता दोस्रो अवसर हो । एक दशक पहिला […]

मे दिवसको सन्दर्भ र सन्देश

मोहनमान स्वाँर /‘मे दिवस’ लाई विश्वभरि भव्यतासाथ मनाउने चलन छ । यो श्रमिकको अधिकारसँग सम्बन्धित छ । अठारौँ शताब्दीको आरम्भमा युरोप, अमेरिकामा औद्योगिक गतिविधि बढ्दै गएपछि मालिक र मजदुरबीच अन्तरविरोध चर्कंदै जान थाल्यो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन माग राखी सङ्गठित र असङ्गठित रूपमा मजदुरले औद्योगिक केन्द्रमा आन्दोलन सुरु […]

भारतीय हैकमसामु नतमस्तक रहने नेपालीहरुको आश्चर्यजनक चिन्तन !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज बैशाख ७ गते । यतिखेर भारतमा सोह्रौंं लोकसभाको निर्वाचनअभियान चलिरहेको छ । स्वभावतः सिङ्गो भारत चुनावमय हुने नै भो । “चायवाला” को रुपमा भारतीय राजनीतिमा उदाएका मोदीले यसपटकको चुनावमा “चौकीदार” को रुपमा आफूलाई प्रस्तुत गरेका छन् । अघिल्लो चुनावमा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्न असफल भएका मोदीका लागि यो चुनाव कठिन […]