खेलकुद
उत्कृष्ट खेलाडीलाई सम्मान
विकल्प न्यूज/बेनी भदौं ८ गते । प्रथम छात्रा फुटबल प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले खेलाडीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा उत्कृष्ट घोषित विभिन्न विधाका खेलाडीलाई सम्मान गरिएको थियो । बेनपा–५ बगुवाखोलाको बालजागृति आधारभुत विद्यालयकी बौद्धिक अपाङ्गता कमला बरुवाल, आर्चरी खेलाडी राज पुर्जा, बंगलादेशमा आयोजित कराँते खेलमा स्वर्ण पदक विजेता चन्द्र […]
प्रथम छात्रा फुटबलको उपाधी वेष्ट प्वाइन्टलाई
विकल्प न्यूज/बेनी भदौं ८ गते । सदरमुकाम बेनी बजारमा आयोजित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबलको उपाधी बेनीको न्यू वेष्ट प्वाइन्टले जितेको छ । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगितामा बेनी सामुदायिक माविलाई एकका विरुद्ध दुइ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । महिलाहरुको हरितालिका तीजको अवसरमा ‘हामी पनि सक्छौं’ भन्ने मुल नारासहित आयोजित प्रतियोगितामा […]
रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी भदौ ७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।रत्नेचौर फुटबल कल्वले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभयो । उहाँले रत्नेचौर खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गरेको बताउनुभयो । तिन दिनसम्म सञ्चालन हुने […]
बेनीमा प्रथम विद्यालयस्तरीय छात्रा फुटबल सुरू
विकल्प न्यूज/बेनी भदौ ७ गते । बेनीमा आज देखि अन्तर विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । हरितालिका पर्व तिजका अवसरमा सो प्रतियोगिता सुरु गरिएको हो ।जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय गरि १० टिमले सहभागिता जनाएको आयोजकले जनाएका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटनगर्नुभएको हो । उहाँले […]
नेबिसंघ म्याग्दीद्धारा खेलाडीलार्ई सम्मान
राकेश शर्मा /बेनी म्याग्दी, ३ भदौ । नेपाल बिद्यार्थी संघ म्याग्दीले खेलाडीलाई सनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । राजधानी राष्टिय दैनिक काठमाडौंले आयोजना गरेको तारा खेल (आर्चरी) खेलमा ३५ जना सहभागी भएको खेलमा अरुलाई पछि पार्दै च्याप्पियन भन्न सफल भएका म्याग्दीका राज आचार्य र बङ्गलादेशको ढाकामा सम्पन्न भएको तेकवान्दो प्रतियोगितामा नेपालबाट सहभागी […]
रिखार कपको उपाधी घतान र अर्मनलाई
सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । म्याग्दीको बेनीमा सञ्चालित न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय जिल्ला व्यापी भलीबल प्रतियोगिताको पुरुषतर्फ घतान र महिलातर्फ अर्मन बिजयी भएका छन् । शनिबार सम्पन्न फाईनल खेलमा रघुगंगा गाउँपालीका ३ पिप्लेलाई पराजित गर्दै बेनपा ९ घतानले पुरुष भलिबलको उपाधि जितेको हो । रघुगंगा गाउँपालीका ७ चिमखोलालाई पराजित गर्दै […]
कुईनेमंगलेको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी भदौ ३ गते । रघुगंगा गाउँपालीका ८ कुईनेमंगलको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कालीबराह युवा कल्व र देउराली आमा समूहको आयोजनामा पुरुष महिला भलिबल, बास्केटबल र तारोखेल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष भलिबल प्रतियोगितामा आयोजक कल्वको ए समूह प्रथम र कुईनेखानी दितृय हुँदै नगद तिस हजार र अठार हजार रुपैया […]
बेनीमा रिखार कप भलिबल प्रतियोगिता सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी १ भदौ । म्याग्दीको बेनीमा न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय जिल्ला व्यापी भलीबल प्रतियोगिता सुरु भएको छ । बेनीबाट प्रकाशन हुने रिखार दैनीकको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख केसीले खेलकुदको माध्यमबाट सद्भाव्, अनुशासन र सहकार्यको सन्देश […]
तेस्रो एभरग्रिन कपमा क्याम्पसचोक बिजयी
सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ साउन । बेनीमा शनिबार सम्पन्न तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड क्लब बिजयी भएको छ । फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोलले पराजीत गर्दै क्याम्पसचोकले उपाधी जितेको हो । क्याम्पसचोकको जितका लागि रवीन्द्र कुँवरले दुई गोल गरेका थिए भने माउन्टका बिजय […]
रिखार कपको तयारी तिव्र
विकल्प न्यूज/बेनी साउन २१ गते । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिता अन्र्तगत महिला भलिबलको प्रथम पुरस्कार बेनीस्थित धर्मनारायण इन्टरप्राईजेज एण्ड सुविन भाँडा पसल र दोश्रो पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समितिले गर्ने भएको छ ।महिला भलिबलतर्फ विजेता टिमले नगद […]
तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ साउन । बेनीमा मंगलबारदेखि खुल्ला तेस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, पोखरा, बागलुङ र म्याग्दीका ४२ समूहको सहभागीता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले खेलकुदको विकासका […]
वेष्ट पोइन्टमा अन्डर (U-5) फुटबल प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी साउन ८ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्डर ५ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बार्षिक तालिका अनुसार कक्षा ५ भन्दा मुनिका छात्रको प्रतियोगिता साउन ७ गते सनिबार सम्पन्न भएको हो । साउन ५ गते देखि शुरु भएको प्रतियोगितामा ४ सदनका ८ टिम सहभागी थिए । नकाउटका आधारमा खेलाइएको प्रतियोगिताको फाईनलमा […]
बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता हुँदै
विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सो प्रतियोगिता आयोजना गरिएको हो । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, […]
बेनीमा वौद्ध कप फुटबल प्रतियोगिताको तयारी तिव्र
विकल्प न्यूज/बेनी साउन ३ गते । बेनीमा आगामी असोज पहिलो हप्ता तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लबले असोज १ देखि ५ गतेसम्म बिजयादशमी पर्वको अवसर पारेर धौलागिरी क्षेत्रमै सर्बाधीक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र […]
भानु कपको उपाधी वेष्ट पोईन्टलाई
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ असार । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको भानु मावीमा गठीत बाल कल्वको आयोजनामा शुक्रबार जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाईनलमा प्रकाश मावी बेनीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट पोईन्ट आवाशिय माविले उपाधि जितेको छ । ६ विद्यालय सहभागी प्रतियोगिताको बिजेता […]