खेलकुद
बुद्ध एकेडेमी,वेष्ट प्वाइन्ट,बेनी सामुदायिक र बेनी बोर्डिङ सेमिफाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी मंसिर १२ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । बेनीको वेष्ट प्वाइन्ट,बुद्ध एकेडेमी,बेनी बोर्डिङ र बेनी सामुदायिक सेमिफाइनलमा प्रवेश गरेका हुन । विहिवार सम्पन्न क्वाटर फाइनलका खेलहरुमा जनप्रिय मावि दरवाङलाई बेनी सामुदायिकले १ का विरुद्ध ४ गोल, लोकदिप आवशिय माविलाई बेनी बोर्डिङले शून्यका विरुद्ध ५ […]
माउण्टलाई पराजित गर्दै बुद्ध एकेडेमी क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)
विकल्प न्यूज/बेनी मंसिर ११ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार भएको खेलमा बेनीको माउन्ट एभरेष्ट आवाशिय माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट क्वाटर फाइनल मा प्रवेश गरेको छ । चार पटक सम्म जेसिज कप विजेता माउन्ट र बुद्ध ऐकेडेमी विच भएको खेल निकै प्रतिस्पर्धा र रोचक […]
बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु
विकल्प न्यूज/बेनी मंसिर १० गते । बेनीमा जेसिज कप फुटबल प्रतियोगिताको १८ औं संस्करण सुरु भएको छ । म्याग्दी जेसिजले आयोजना गर्ने अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना […]
सहयोग जुटाएर जेसिज कपलाई निरन्तरता
विकल्प न्यूज/बनी मंसिर ८ गते । म्याग्दी जेसिजले आयोजना गर्ने १८ औं जेसिज कप फुटबल प्रतियोगिताको रौनक सुरु भएको छ । प्रतियोगिताको उपाधि हात पार्न बेनीमा रहेका निजी तथा सामुदायिक विद्यालयले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । जेसिज कपको उपाधिलाई बेनीका विद्यालयहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिन्छन् । खेल निकै रोचक र प्रतिस्पर्धा हुने गर्दछ । […]
विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा
विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रदर्शन गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । गत कार्तिक २९ गते पश्चिमी क्षेत्र दरबाङ, […]
जसले नेपाललाई च्याम्पियन बनाए
विकल्प न्यूज/बेनी कार्तिक २९ गते । सुबास हुमागाईं, ढाका महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन । कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद […]
टोड्के हिल रिसोर्टले ग¥यो खेलाडीलाई सम्मान
प्रताप बानियाँ/बेनी कार्तिक १७ गते । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुद क्षेत्रको विकासमा पर्याप्त लगानी र पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शनिबार टोड्के हिल रिसोर्ट प्रालिद्वारा आयोजित म्याग्दी जिल्लामा ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष तिम्सिनाले खेलकुद क्षेत्रको विकासका लागि पर्याप्त […]
राष्ट्रिय महिला भलिबलको कप्तानमा म्याग्दीकी अरुणा चयन
विकल्प न्युज बागलुङ,असोज ३० गते । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाही चयन भएकी छिन् । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो । […]
माउण्ट कप छात्र प्रकाश मावि तथा छात्रा तर्फ आयोजक विजयी
विकल्प न्युज म्याग्दी, भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्ट आवासीयले हात पारेको छ । युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनल खेलमा छात्रतर्फ आयोजक माउण्टलाई २ विरुद्ध ३ सेटले जित्दै प्रकाश माविले […]
अख्तियारको छानविनमा खेलकुद विकास समिति म्याग्दी
साधन राम्जाली /विकल्प न्यूज म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले […]
असोज ७ मा तेस्रो कालिपुल युनाईटेट कप प्रतियोगिता हुने
विकल्प न्यूज/बेनी साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पुनले बताए । प्रतियोगितको प्रथम पुरस्कार […]
दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट
विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको तर्फबाट १४/१५ […]
मलेसिया माथि नेपालको जित
विकल्प न्युज काठमाण्डौं साउन ८ गते । ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ ।पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले ।
वेष्ट पोइन्टलाई राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान
विकल्प न्यूज/बेनी असार ३१ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविले बिजय उत्सव तथा र्याली निकालेको छ । पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान प्राप्त गरेपछिको खुसियालीमा सो ¥र्याली निकालिएको हो । नागरिक एकता समाज काठमाडौँले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका उत्कृष्ट […]
नेपालले मलेसियालाई ७ विकेटले हरायो
काठमाण्डौं ,असार २८ गते । कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो दोस्रो अर्धशतक तथा व्यक्तिगत उच्च स्कोर हो। […]