समाचार

म्याग्दीमा समानुपातिक मततर्फ एमाले पहिलाे

मंसिर ९ गते ।  म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ। प्रतिनिधिसभातर्फ नेकपा एमालेको सूर्य चिह्नमा १८,२७३ मत परेको छ भने नेपाली कांग्रेसको रूख चिह्नमा १३,६९३ […]

म्याग्दीमा २३ वर्षपछि फर्कियो कांग्रेसको जित

ठाकुरप्रसाद आचार्य\बेनी मङ्सिर ७ गते । म्याग्दीमा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) फराकिलो मतअन्तरले विजयी हुनुभएको छ । बुधवार राती सम्पन्न मतगणना अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ८ सय ३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४ हजार २१ मत र श्रेष्ठले २० हजार […]

म्याग्दीमा कांग्रेसका गर्बुजा जितको नजिक

विकल्प न्यूज/बेनी मंसिर ७ गते । मंसिर ७ गते । म्याग्दीमा जारी प्रतिनिधिसभा तर्फको मतगणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा जितको नजिक पुग्नुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ७ सय ३४ मतअन्तरले पछाडी पार्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ शिखको मतगणना सम्पन्न हुँदा कांग्रेसका […]

कांग्रेसका गर्बुजा फराकिलो मतान्तरले अघि बढे

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा फराकिलो मतान्तरले अघि वढ्नुभएको छ । गर्बुजाले १९३८३ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६६४७ पाउनुभएको छ । गर्बुजाले २७३६ बढी मतले श्रेष्ठलाई पछाडी पार्नुभएको छ । अहिले सम्म धवलागिरि,मालिका,मंगला […]

म्याग्दीमा एमालेको बर्चश्वलाई खम्बिरको ब्रेक !

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले निरन्तर आफ्नो अग्रता कायम राख्नुभएको छ । तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएका खम्बिरले यसपाली एमालेको बर्चश्व रहेको म्याग्दीमा ब्रेक लगाउन सक्ने संभावना बढेर गएको छ । गुर्जा देखि बेनीको वडा नम्बर १० पात्लेखेत सम्मको मतगणनामा ५ सय […]

धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता

ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते ।  म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

म्याग्दीमा स्थगित मतगणना पुनः सुरु

ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको […]

म्याग्दीमा हस्ताक्षर नगरेका मतपत्र फेलापरेपछि प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानविन र कारवाहीको माग गरेका छन् । गठबन्धनले मतदान […]

म्याग्दीमा कांग्रेसका गर्बुजा र एमालेका श्रेष्ठबीच कडा प्रतिस्पर्धा

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ६ गते । म्याग्दीको प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको प्रारम्भिक अवस्थालाई हेर्दा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बजा –खम्बिर) र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठबीच निकै रोचक प्रतिस्पर्धा देखिएको छ । धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा कांग्रेसका उम्मेदवार गर्बुजा झिनो मतअन्तरले अगाडि देखिनुभयो । गर्बुजाले धवलागिरि गाउँपालिकाबाट २६५६ […]

धवलागिरिका तिन वडा गणना गर्दा गर्बुजा ११६१ श्रेष्ठ ८६५ मत

विकल्प न्यूज\बेनी मंसिर ५ गते । म्याग्दीमा जारी मतगणना अनुसार धवलागिरि गाउँपालिकाका तीन वडाको गणना सकिदा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बजा (खम्बिर) ले एकहजार एकसय ६१ मत प्राप्त गरी सुरुवाती अग्रता लिनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ८ सय ६५ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका उम्मेदवार गर्बुजाले […]

गुर्जा र लुलाङको गणना सम्पन्न ः गर्बुजालाई पछ्याउँदै श्रेष्ठ

विकल्प न्यूज\बेनी मंसिर ५ गते । आइतबार (हिजो) सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अहिले धवलागिरि २ लुलाङको मतगणना सम्पन्न भएको छ । लुलाङमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३३१, नेपाली कांग्रेसका खमबीर गर्बुजाले २६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हलो चुनाव चिन्हमा ६,भालेमा ४,घण्टीमा २मत परेको छ भने १० मत बदर भएको […]

म्याग्दीमा कांग्रेसको सुरुवाती अग्रता

विकल्प न्यूज\बेनी मंसिर छ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती चरणमा वाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) ले सुरुवाती अग्रता लिनुभएको छ । धौलागिरि गाउँपालिका १ गुर्जाको ४ सय ८ मत गणना गर्दा नेपाली काँग्रेसले ३०८ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

२६ घण्टामा गुर्जाका मतपेटिका आइपुग्यो,९ बजेबाट मतगणना

ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको मतपेटिका २६ घण्टामा बेनी आइपुगेको छ । मतदान सम्पन्न भएको २६ घण्टापछि सोमबार साँझ मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । वडा नम्बर ४ मुदी बगराको मतपेटिका पनि सोमबार साँझ बेनी आइपुगेको हो । यातायातको पहुँच नभएको गुर्जा र बगराका मतपेटिका […]

विजयी सुरुआतसँगै चर्चामा योगेश

मङ्सिर ५ गते ।  यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ […]

मुस्ताङमा एमालेका तुलाचनलाई पराजित गर्दै कांग्रेसका युवा नेता गौचन विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ५ गते ।  मुस्ताङको प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका योगेश गौचन विजयी हुनुभएको छ । गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थनमा उम्मेदवार बन्नुभएका २९ वर्षीय युवा नेता गौचन थकालीले ३ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार […]