समाचार
उद्योग र पर्यटन क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रयासरत छ–मन्त्री जुग्जाली
पोखरा, ४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार गर्नको लागि सरोकारवाला र विज्ञहरुसँग […]
मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो
विकल्प न्यूज/बेनी फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष […]
जलजलाका सुकुम्वासीलाई जग्गाको निस्सा वितरण
पर्वत, फागुन ४ गते । पर्वतको जलजला गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ । लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले निस्सा वितरण गरेको हो । जलजला गाउँपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने […]
मुख्यमन्त्री कपमा बाग्लुङ र म्याग्दी विजयी
स्याङ्जा, फागुन ३ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो । महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई […]
जोमसोमबाट पोखरा जाँदै गरेको बस लेतेमा दुर्घटना
ठाकुरप्रसाद आयार्य/म्याग्दी फागुन ३ गते । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हबल्दार कृष्ण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार विहान साढे ८ बजेतिर लेतेको […]
धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश र पालिकाकाे चासो
पोखरा, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको […]
गण्डकी मुख्यमन्त्री कप ः अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा
अर्जुन काफ्ले /स्याङ्जा, फागुन २ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो । यस्तै महिला तर्फ नै पर्वतले तनहुलाई […]
प्रेमको उत्सव भ्यालेन्टाइन डे
काठमाडौँ, फागुन २ गते । ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखारअनुसार १९औँ शताब्दीदेखि सुरु भएको यो पर्वको मुख्य उद्देश्य भनेको दुई प्रेमिल जोडीले आफ्नो प्रेमप्रति भाव भएको जानकारी दिएर एकआपसमा मिलन हुन सक्ने दिनका रूपमा मानिन्छ । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न […]
गलेश्वरको भेटीले बजारमा सडक बत्ती
विकल्प न्युज । बेनी फागुन १ गते । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीले सडक बत्ती जडान गरिएको छ । बेनी नगरपालिका वडा नं ९ स्थित रहेको गलेश्वर बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म २ लाख तिस हजार ७५० रुपैयाँको […]
बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन
विकल्प न्यूज /बेनी फागुन १ गते । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष संचालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारकालागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ र भर्ना […]
उद्यमी सिर्जना गर्न महिलाहरुलाई अचार बनाउने तालिम सुरु
प्रताप बानियाँ/म्याग्दी । फागुन १ गते । सदरमुकाम बेनीमा सोमबार देखि महिलाहरुको आयआर्जनका लागि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम लिएर महिला दिदीबहिनीहरुले […]
घोडा चढेर किसानका गोठमा पुग्छन् ताकमका पशु प्राविधिक
२९ माघ, म्याग्दी । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन् । […]
एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पाण्डे
बेनी, २८ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हुमनाथ पाण्डे चयन हुनुभएको छ । संगठनको शनिबार बेनीमा सम्पन्न सातौ जिल्ला सम्मेलनबा पाण्डे दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिविक्रम सुवेदी, कोषाध्यक्षमा ख बहादुर किसान रहनुभएको २१ सदस्यीय जिल्ला समिति चयन भएको संगठनले जनाएको छ । सम्मेलनलाई […]
मावि स्तरीय विज्ञान प्रतियोगितामा प्रकाश मावि प्रथम
विकल्प न्यूज । बेनी माघ २७ गते । दसौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय बेनी सामुदायिक मावि […]
राष्ट्रपति भण्डारी जलजलाकाे बराह तालमा आउने, तयारीमा जुट्याे पालिका
विकल्प न्यूज । बेनी माघ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन्। जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वासका साथ ती क्षेत्रलाई राष्ट्रपतिबाट अवलोकन गराउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। […]