ताजा समाचार:
Search

समाचार

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

गलेश्वर (म्याग्दी), कात्तिक १६ गते । शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा […]

स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटन प्रवद्र्धन कार्यक्रम

म्याग्दी, १६ कात्तिक ।  प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरेको बताएका थिए । महासंघ म्याग्दी शाखाले स्थानीय सरोकारवाला […]

गण्डकीलाई लामखुट्टे रहित प्रदेश बनाइने

विकल्प न्यूज/पोखरा कात्तिक १५ गते । गण्डकीलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने भएको छ । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका हुन् ।  जसका लागि स्वास्थ्य मन्त्रालयले उष्ण प्रदेशीय रोगलाई रोकथाम तथा नियन्त्रणका लागि नीति र योजना तर्जुमा गरेको छ । यसैका लागि मंगलबार र बुधबार पोखरामा प्रदेशस्तरीय कार्यशाला पनि भएको […]

भकिम्लीको बेलढुङ्गाबाट हिमालको लहर हेर्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / बेनी कात्तिक १५ गते । आँखै अगाडी चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरीपरी रमणीय डाँडापाखा अनि सुन्दर ग्रामिण वस्ती । यो हो बेनी नगरपालिका ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा । मुसुङ गाउँ र ओखलेको धुरीमा बेलढुङ्गा पर्दछ । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । यहाँबाट […]

अन्नपूर्ण आधार शिविर पुगेर पोखरा फर्किए गुटेरेस

विकल्प न्यूज/पोखरा कात्तिक १४ गते । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् । सोमबारको रात पोखराको फिस्टेल लजमा बिताएका उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका हुन् ।  सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा-२२ […]

हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् । नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश […]

असोजमा ५६ हजार युवा बिदेसिए

काठमाडौँ । कात्तिक १३ गते । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना […]

बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा […]

धार्मिक पर्यटकीय स्थल गलेश्वरबाट होटल याकको सेवा सुरु

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६ वटा कोठा प्रयोगमा […]

लोकप्रिय हुँदै प्रकाश दुतराजको म्यूजिक भिडियो ‘‘रिमै’’

विकल्प न्यूज/बेनी कात्तिक १२ गते । युवा गायक प्रकाश दुतराज फेरी एकपटक चर्चामा आउनुभएको छ । हुनत दुतराजका सवै म्यूजिक भिडियोहरु लोकप्रिय हुन्छन् । दशैंको मुखमा सार्वजनिक भएको म्यूजिक भिडियो ‘‘रिमै’’ले दुतराजलाई फेरी सर्वत्र चर्चामा ल्याइदिएको छ । म्यूजिक भिडियोका गीतले टिकटक भरिएको छ । टिकटक खोल्दा वित्तिकै दुतराजकै गीतबाट बनाइएका टिकटक हेर्न पाइन्छ । […]

बेनी अस्पताल हाँकिरहेकी युवा डाक्टर अञ्जु थापा 

विकल्प न्यूज/बेनी कात्तिक ११ गते । डा. अञ्जु थापा म्याग्दीको बेनी अस्पतालकी निमित्त मेसु हुन् । स्वास्थ्य सेवाको नवौं तहकी सरकारी जागिरे उनी पेशाले स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । आफू कार्यरत रहेको ठाउँमा केही नयाँ गर्ने हुटहुटी बोकेकी ३५ वर्षीया युवा चिकित्सक डा। अञ्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन लागिरहेकी छिन् […]

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

कात्तिक १० गते ।  बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा […]

पदमार्गले जोडियो ताकमकोत

म्याग्दी, ९ कात्तिक ।   धवलागिरि गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपीठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालयमार्फत विनियोजन भएको रु दश लाख बजेटबाट देउरालीदेखि ताकमकोत जोड्ने पदमार्ग निर्माणलाई पूूर्णता दिइएको धवलागिरि गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले जानकारी दिए […]

जलजलाकाे कुवापानी बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

विकल्प न्युज / जलजला कार्तिक ९ गते । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठुलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् […]

वडाध्यक्ष खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

विकल्प न्युज/ बेनी कार्तिक ६ गते । म्याग्दी  धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए। प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले […]