समाचार

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

पर्वत,  असोज १ गते । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो ।  आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित […]

बेनीको बजार गीतको गायिका मन छन्त्याल सम्मानित

भदौ २९ गते । लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडियो विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो । पाँच […]

बागलुङ गलकोट दुर्घटना ः गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

बागलुङ,भदौं २८ गते । बागलुङको गलकोट नगरपालिका– २ भुङखानीमा भएको सरकारी नम्बर प्लेटको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । ३३ बर्षिया बुढाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उपाध्यक्ष बुढाको आमा ६१ बर्षिया गोपीमायाँ बुढाको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बाँकी एक जनाको […]

नेपाली कांग्रेसद्धारा जलजला गाउँपालिका सम्मानित

विकल्प न्यूज/बेनीभदौं २७ गते । नेपाली कांग्रेसले पर्वतको जलजला गाउँपालिकालाई सम्मान गरेको छ । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन -Lisa)को आर्थिक वर्ष २०७९\८०को मुल्याङ्कनमा ८६ अंक प्राप्त गरी नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहहरु मध्य जलजला गाउँपालिका प्रथम भएको भन्दै पार्टीले सम्मान गरेको हो । विहिबार पार्टीको केन्द्रिय कार्यालयमा केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको […]

मिना हत्या प्रकरण ः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विकल्प न्यूज/बेनीम्याग्दी,भदौं २६ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै आरोपीहरुलाई जिल्ला अदालत म्याग्दीले मंगलबार साँझ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मंगलबारको थुनछेक बहसपछि उनीहरूलाई थुनाका लागि कारागार चलान गर्न आदेश भएको हो ।न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म […]

निर्माण क्षेत्रकी एक साहसी महिला गौमती

ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौं २५ गते । डेढदशक अघि निर्माण क्षेत्रमा मजदुर भएर भित्रिनुभएकी रोल्पाकी गौमती बुढामगर अहिले सफल निर्माण व्यावसायीको परिचय बनाउनुभएको छ । महिलाहरु पनि निर्माण क्षेत्रमा काम गरेर सफल व्यावसायी बन्न सक्छन् भन्ने नमूना उदाहरण गौमतीले प्रस्तुत गर्नुभएको छ । ३८ वर्षीय गौमतीले डेढदशकको यो अवधिमा विभिन्न आयोजनाहरुमा कठिन र चुनौतीपूर्ण कामको जिम्मा […]

आहा खुलेको खोप्रा !(फोटोफिचर)

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २४ गते । अन्नपूर्ण पदयात्रामा पर्ने खोप्रालेकमा केही दिन यता मौसममा सुधार आएको छ । विहानीपख आकाश खुला हुनथालेको छ । मौसममा सुधार आउन थालेसँगै आन्तरिक पर्यटकहरु खोप्रा पुग्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा अवस्थित खोप्रा समुन्द्री सतह देखि तीन हजार ६ सय साठी मिटरको उचाईमा पर्दछ । खोप्राबाट धौलागिरी,अन्नपूर्ण […]

फोटो प्रतियोगिता ः फुच्चे गुराँसको चर्चा

विकल्प न्यूज/बेनीभदौं २४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित म्याग्दीको पर्यटन प्रवद्र्धन गर्न आयोजित फोटो प्रतियोगितामा सहभागी प्रतियोगी नंम्बर १ सय २७ रहेको तस्वीर हो, फुच्चे गुराँस । फुच्चे गुराँसको यतिखेर सामाजिक सञ्जालमा चर्चा भएको छ । सोमबार विहान साढे ११ बजेसम्म फुच्चे गुराँसलाई ६०८ जनाले शेयर,४३५ लाइक र २१७ जनाले कमेन्ट […]

मीना हत्या प्रकरण : प्रेमी भनिएका रामले स्वीकारे संलग्नता

विकल्प न्यूज/बेनीभदौं २१ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हत्यामा सलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भएको छ । मीनाको प्रेमी भनिने २१ वर्षीय राम खत्रीसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार अदालतमा मुद्दा दर्ता गराएको हो । रामसहित उनको आमा ४५ वर्षीया […]

बेनीमा श्रीकृष्णले लाखेको बध गरेपछि ..(भिडिओ सहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २१ गते । बेनीका नेवार समुदायले एकमहिना अघि देखी सुरु गरेको बर्खे नाच हरितालिका तिजका दिन श्रीकृष्णले लाखेको बध गरेपछि समापन गरिएको छ । नेपाल भाषा मंकाःखलः र ल्यामः पुचःले संयुक्त रुपमा विभिन्न नाचहरु प्रदर्शन गरेका थिए । बेनीको संगमचोकमा तिजको साँझ श्रीकृष्ण र लाखेको नाच देखाइएको थियो । कृष्ण र लाखे बीचको […]

फोटो प्रतियोगितामा उत्साहजनक सहभागिता

ठाकुरप्रसाद आचार्य /बेनीभदौं २० गते । एकहप्ता यता म्याग्दीवासीहरुको फेसबुक पेजमा नयाँ नयाँ तस्विरहरु शेयर भइरहेका छन् । म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि आयोजित फोटो प्रतियोगितामा समावेश भएका तस्विहरुले सामाजिक सञ्जाल फेसबुक भरिएको छ । प्रतियोगितामा भाग लिएकाहरुले फोटोलाई लाइक,कमेन्ट र शेयर गरिदिन अनुरोध गरेका छन् । यस्तो अवसर मोना अष्ट्रेलियाले जुराइदिएको हो । विभिन्न पेशा,व्यवसाय […]

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान !

बलेवा (बागलुङ), भदौ २० गते । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गर्नुभएको थियो । बागलुङ नगरपालिका–४ […]

म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित

विकल्प न्युज/ बेनी भदौ २० गते ।

अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनीभदौं १९ गते । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान ः समान सहभागिताका लागि सुदृढ […]

मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य म्याग्दीको पुनहिल

विकल्प न्यूज/बेनीभदौं १५ गते । फाइल तस्विर निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा […]