समाचार

तेस्रो वौद्ध कपको उपाधी आयोजकको पोल्टामा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । बेनीमा बिहीबार सम्पन्न धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को उपाधी आयोजक वौद्ध युवा क्लब मंगलाघाटले जितेको छ ।    कालीपुल युनाईटेड क्लब (बल्याक) लाई फाईनलमा शून्यका विरुद्ध तिन गोल गर्दै आयोजकको (एल्लो) समूह बिजयी भएको हो । पहिलो हाफमा तिन गोल गरेको […]

मुक्तिनाथ सहकारीको दशौ साधारणसभा सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीले बचत र लगानीको काममा मात्र सिमित नरही व्यवसायीक, उत्पादनशिल र रोजगारमुलक बन्नुपर्ने बताउनुभयो । सहकारी अधिकृत शर्माले सहकारी ऐन संसोधनका […]

यस्तो छ मराङमा सडक पु¥याउने तयारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा यसै आर्थिक वर्षभित्र सडक पु¥याउने तयारी भएको छ । धौलागिरी गाउँपालीकाले मराङ गाउँलाई सडक सञ्जालमा जोड्ने योजना अघि बढाएको हो । बिमको अर्गालामा चार वर्षअघि पुगेको सडक विस्तार गरेर मराङ बेशी पु¥याउन जिल्ला समन्वय समिति, वडा कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय […]

राष्ट्रिय माविमा एकल नृत्य प्रतियोगिता तथा बृहत खेलकुद कार्यक्रम

सन्दीप खत्री /बेनी असोज ५ गते । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमक विद्यालयमा जिल्ला स्तरिय अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता तथा बृहछ खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल तथा धौलागिरि बाल क्लबको संयुक्त आयोजनामा सञ्चालित सप्ताह व्यापी खेलकुद कार्यक्रम दर्जन भन्दा बढी विधा खेलहरु सञ्चालन गरिएको थियो । […]

वेष्ट प्वाइन्टको शुभकामना दौड

विकल्प न्यूज/बेनी असोज ५ गते । बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट आवासिय माविले दसै तथा तिहार पर्वको अवसरमा बिहीबार शुभकामना दौड कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान गर्ने उद्देश्यले विद्यालय परिसरबाट सुरु भएको दौड बेनी बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर समापन भएको थियो । सो कार्यक्रममा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी र अभिभावकहरुको सहभागिता […]

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा तिर्थयात्री अलपत्र

विकल्प न्यूज/बेनी असोज ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ पुगेका तिर्थयात्रीहरु बाटोमै अलपत्र परेका छन् । बुधवार राती देखि परेको वर्षाका कारण सडक खुलाउन थप समस्या भएको छ । डोजरको सहायताले काभ्रेको भिरमा सडक खुलाउने प्रयास गरिदैँ । […]

प्रचण्डको चुनाव क्षेत्रमा माओवादीले मेयर जित्यो

काठमाडौं,असोज ४ सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् । २ नं प्रदेशमा माअोवादीको यो पहिलो जीत हो । माओवादीले जीत हासिल गरेको तर औपचारिक घोषणा हुन बाँकी रहेको नर्वाचन अधिकृत सुवर्णमान बनेपालीले  बताए । कर्जन्हा सिरहाको साविक क्षेत्र नम्बर पाँचमा […]

वौद्ध कपको सेमी फाईनलमा प्रहरी र कालीपुल, वौद्ध र एभरग्रिन भिड्ने

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीमा जारी धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को सेमीफाईनलमा चार टिम प्रवेश गरेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय र कालीपुल युनाईटेड तथा आयोजक वौद्ध युवा क्लब एल्लो र एभरग्रिन युवा क्लब बल्याकबीच सेमीफाईनल हुने भएको हो । बुधबार भएको क्वाटर फाईनलमा जिल्ला […]

लिटिल गार्डेनले मनाएको १४ औ वार्षिक उत्सव र अभिभावक दिवस

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । निमित्त जिल्ला […]

काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । डोजर परिचालन गरेर पहिरो हटाएर सडकमा यातायात सूचारु गराउन पहल भैरहेको […]

गगन थापा प्रदेश ३ को कांग्रेस मुख्यमन्त्रीको उम्मेदवार ! अरु प्रदेशमा को-को ?

काठमाण्डौ, असोज ४ गते ।   नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । प्रमुख विपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।   यससँगै […]

बेनी– जोमसोम सडकमा रातको समयमा पनि सवारी सञ्चालन खुल्ला

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनी–जोमसोम सडकमा गत आईतबारदेखि रातीमा पनि सवारी साधन सञ्चालन हुन थालेका छन् । बर्षा कम हुदै गएको र सवारी साधनको चाप बढेकाले गत साउन ५ गतेदेखि रातीको समयमा बन्द गरिदै आएको गलेश्वर–दाना खण्डमा दुई महिनापछि नियमित सवारी सञ्चालनका लागि खुल्ला गरिएको हो ।  भौगोलिक रुपमा बिकट र जोखिमयुक्त सडकमा […]

दशैंको बली समर्थन कि विरोध ?

सन्तोष पौडेल/विकल्प न्यूज असोज ४ गते । नेपालीहरुको महान चाड वडा दशैं वा विजया दशमी हिन्दुधर्मालब्धीहरुको प्रमुख चाड हो । राष्ट्रिय चाडको रुपमा मानिने यो पर्व विशेषतः शरद ऋतु आश्विन महिनामा पर्दछ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिन जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरुको पूजा गरिन्छ । हिन्दुधर्मालम्बीहरुले नवमीसम्म शक्तिको आरधना गरी […]

यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम

सन्तोष गौतम /विकल्प न्यूज असोज ४ गते । प्रदेश न. ४ को लाईफलाईन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धिको काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका […]

कस्तुरी सहकारीद्धरा नागरिक सहायता कक्ष निर्माणका लागि २० हजार सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीको संगम चोकमा रहेको कस्तुरी वहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको नागरिक सहायता कक्षको भवन निर्माणका लागि  २० हजार  पाचसय  ५५  रूपियाँ सहयोग गरेको छ ।सहकारीको   नवौ स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमका विच  प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्कालाई संस्थाका अध्यक्ष राजेश शाक्यले  रकम […]