यस्तो छ मराङमा सडक पु¥याउने तयारी

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ५ असोज ।
म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा यसै आर्थिक वर्षभित्र सडक पु¥याउने तयारी भएको छ । धौलागिरी गाउँपालीकाले मराङ गाउँलाई सडक सञ्जालमा जोड्ने योजना अघि बढाएको हो । बिमको अर्गालामा चार वर्षअघि पुगेको सडक विस्तार गरेर मराङ बेशी पु¥याउन जिल्ला समन्वय समिति, वडा कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय बासिन्दाले करोडौ बजेट खर्च गरेपनि पूर्णता पाउन सकेको छैन् । Marang 1अक्करे भिरमा सडक निर्माण कार्य खर्चीलो र ढिलाई भएको छ । महभिरसम्म पुगेको सडकलाई विस्तार गरेर मराङ बेशी पु¥याउन गाउँपालीकाले यस वर्ष ९० लाख रुपैया बजेट बिनियोजन गरेको छ । सडक डिभिजन कार्यालयले गत वर्ष सुरु गरेको दुई करोड बजेटको सडक निर्माणको काम अहिले भैरहेको छ ।

यस वर्ष मराङ बेशीसम्म सडक पु¥याउने लक्ष्य सहित गाउँपालीकाले बजेट बिनियोजन गरेको र उपभोक्ता समिति समेत गठन गरिएको वडा सचिव बेदनाथ सुवेदीले जानकारी दिनुभयो । गाउँपालीकाका अध्यक्ष थमसरा पुन, कार्यकारी अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष राजाराम उपाध्याय लगायत जनप्रतिनिधिहरुको उपस्थितीमा बुधबार वडा कार्यालयमा भएको भेलाबाट बिम मराङ मल्कवाङ पाखापानी सडक उपभोक्ता समिति गठन भएको हो ।
अम्मर पुनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिको सचिवमा शान्तप्रसाद पुन, कोषाध्यक्षमा ज्ञानु पुन, सदस्यहरुमा श्रीप्रसाद गर्बुजा, रघुनाथ सुवेदी, कल्पना लामगादे र बिन्दु सुवेदी रहनुभएको छ । सो कार्यक्रममा गाँउपालीका अध्यक्ष पुनले समयमै काम सुरु गर्न र बजेटको पूर्ण सदुपयोग गर्न आग्रह गर्नुभयो ।

वडा अध्यक्ष उपाध्यायको अध्यक्षता, सचिव सुवेदीको सञ्चालन र ज्ञानबहादुर गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रममा वडा सदस्य लोकप्रसाद पुन, रामबहादुर जुक्जाली र माओवादी केन्द्रका बालकृष्ण सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।