समाचार

उमेद्वार सिफारिस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ असोज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक मंगलबार देखि बेनीमा सुरु भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उमेद्वारका आकाक्षीहरुले दावी प्रस्तुत गरेका छन् । बुधबार सकिने बैठकले उमेद्वारको नाम टुङ्गो लगाएर केन्द्रिय समितिमा सिफारीस गर्ने पुर्व […]

बेनी–जोमसोम सडक सञ्चालनमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा बाढी आएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेपछि दिउँसो १ बजेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो […]

मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र

विकल्प न्यूज/बेनी असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा सहभागी हुनका लागि […]

कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज मुस्ताङ १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । घाईते हरुको […]

म्याग्दीका दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्दै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ असोज  म्याग्दीमा क्रियाशिल राजनीतिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् । २०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका लागि […]

बेगखोलाले ट्याक्सी बगायो, बेनी–जोमसोम सडक अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका १ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ । खोला […]

मल्लाजकाे काेत मन्दिर पुनः निर्माण

म्याग्दी, १६ असोजजलजला गाउँपालिका–३ मा रहेको ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण भएको छ । बाइसेचौबिसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनः निर्माणका साथै थप पूर्वाधार निर्माण भएको हो मन्दिरको पुनः निर्माण, पूर्वाधार विकास, व्यवस्थापन र संरक्षणका लागि तयार पारिएको गुरुयोजनाअनुसार […]

कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते

सन्तोष गौतम/ विकल्प न्युज बेनी १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा रिफर […]

दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या

सन्तोष गौतम/विकल्प न्यूज असोज १५ गते । म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । […]

दशैंको शुभकामना

विकल्प न्यूज/बेनी असोज १२ गते ।   नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भइसकेको छ । दसै नेपाली समाजमा एक संस्कृतिका रुपमा स्थापीत भएको छ । दसैंले गर्दा गाउँघर,सहरबजारमा चहलपहल वढेको छ । रोजगारीको लागि विदेशिएका नेपालीहरु पनि दसैं मनाउन स्वदेश फर्किएका छन् । दसैंमा आफ्ना आफन्तजनहरुसँग भेटघाट गर्ने, दुःख भुलेर रमझम गर्ने तथा मीठोमसिनो […]

संघ र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रद्धारा उमेद्वार सिफारिस

सन्तोष गौतम/विकल्प न्यूज असोज १२ गते । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले उमेद्वारको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारिस गरेको हो । मंसिर १० […]

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ११ असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी बुधबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् ।   घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल […]

यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन

सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]

माओवादी तालमेलको बहसमा अल्झीदैन ः नेता शेरचन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ असोज । नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले आसन्न प्रदेश र संघको निर्वाचनको लागि तालमेलको बहसमा नअल्झीने बताउनुभएको छ । प्रेस सेन्टर म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता शेरचनले नेकपा एमाले र काँग्रेसले तेस्रो शक्तिको रुपमा रहेको माओवादीलाई उपयोग गरेर आफू पहिलो दल बन्ने रणनीतीमा पार्टी फस्न नहुने […]

पुनहिलमा पर्यटन दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज असोज ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा बुधबार विभिन्न कार्यक्रम गरेर ३९ औ विश्व पर्यटन दिवस मनाइएको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र घोडेपानी पर्यटन व्यवस्थापन उपसमितिको आयोजनामा समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा अवस्थित पुनहिल भ्रमणमा आएका पर्यटकलाई स्वागत, टिसर्ट वितरण र […]