समाचार
धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ पठाइयो
विकल्प न्यूज/बेनीअसोज ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ मुदी स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणको क्रममा एकहप्ता अघि मृत्यु भएका ५ रुसी पर्वतारोहीको शव पठाइएको छ । बुधबार एभरेष्ट एयरको हेलिकोप्टरबाट धौलागिरि पुगेका शेर्पा सहितको उद्दार टोलीले शवहरु संकलन गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव […]
माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी, असोज ३० गते । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय […]
बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो
म्याग्दी, असोज २९ गते । पहिरोले बाटो बगाएपछि पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउनमा पहिराले […]
पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
बलेवा (बागलुङ), असोज २९ गते । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका ससाना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबाजा […]
अन्तर्राष्ट्रिय पर्वत समाजले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
विकल्प न्यूजअसोज २९ गते । अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।विश्वभर […]
टिकटकमा चर्चा कमाउदै प्रकाश दुतराजको गीत ‘रेशम’
विकल्प न्यूज/बेनीअसोज २९ गते । म्याग्दी जन्मथलो भएका लोकप्रिय गायक प्रकाश दुतराजको गीत ‘रेशम’ले यतिखेर टिकटकमा निकै चर्चा पाएको छ । प्रयोगकर्ताहरुले गीतका विभिन्न टुक्काहरुमा टिकटक बनाइरहेका छन् । यो गीतमा थुप्रैले टिकटक र फेसबुक रिल्स भिडिओ बनाएका छन् । त्योसँगै युट्युबमा गएर गीत हेर्ने र सुन्नेहरू बढेका छन् । जसका कारण गीतको युट्युब भ्युज […]
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
२७ असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय […]
सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’
गलेश्वर (म्याग्दी), असोज २७ गते । म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर […]
राखुकोभगवती कोतमा राँगो मार हान्न ४ लाख ७१ हजार बोलकबोल
विकल्प न्यूज\बेनीअसोज २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न ९काट्न० चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । विहिवार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी तीनजनाको […]
आयो दशैं
विकल्प न्यूज/बेनीअसोज २४ गते । दशैं नेपालीहरुको महानपर्व हो । यसपाली पनि दशैं घरआँगनमा आइसकेको छ । दशैं पर्वमा नौ रातसम्म दुर्गा भगवतीको उपासना हुने भएकाले यसलाई नवरात्र भन्ने गरिएको हो । नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरी मान्यजनका हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउने धार्मिक परम्परा छ । यसो […]
बेनीको कोट मन्दिरमा फुलपाती भित्र्याइँयो
ठाकुरप्रसाद आचार्यम्याग्दी,असोज २४ गते । बडादसैंको सातौ दिन बिहिबार फुलपातीका अवसरमा म्याग्दीका कोतघरहरुमा फुलपाती भिœयाइएको छ । बाजागाजा सहित हर्षउल्लासपूर्ण तरिकाले दसैं घरहरुमा फुलपाती भित्र्याइँएको हो । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गे स्थित शत्रुभञ्याङ गुल्मबाट ल्याइएको फुलपाती नौमती बाजा,नेवारी समुदायको मौलिक धिमे बाजा सहित बजार परिक्रमा गरेर बेनीको कोट […]
धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु
असोज २२ गते । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो । पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय […]
धाइरिङ–पोखरा सम्पर्क समाजको दशैं शुभकामना आदानप्रदान कार्यक्रम
विकल्प न्यूज\पोखराअसोज २० गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङबाट पेशा, व्यावसाय र रोजगारीका लागि पोखरामा पुगेर कर्मथलो बनाउनुभएका धाइरिङवासीहरुको संस्था धाइरिङ–पोखरा सम्पर्क समाजले दशैं,तिहार,नेपाल सम्बत र छड पर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान तथा सांगेतिक कार्यक्रमको आयोजना गरेको छ । शनिबार पोखराको साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रमका सहभागिहरुबीच शुभकामना आदानप्रदान गरियो । Add पोखरामा […]
नेकपा(एमाले) पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने
असोज १९ गते । नेकपा (एमाले) पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय कुस्मामा जिल्ला स्तरिय समन्वय संयन्त्रको पहिलो विस्तारित बैठकले जनसंगठनहरुलाई प्रभावकारी रुपमा परिचालन गरी जनताको बिचमा लैजाने कार्ययोजना निर्माण गरेको हो । बैठकमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहोर वि पौडेलले पार्टीका जनबर्गिय संगठनहरु व्यवस्थित रुपमा […]
मुक्तिनाथ सहकारीको लगानी ३९ करोड
विकल्प न्यूज\बेनीअसोज १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३९ करोड भन्दा बढी ऋण लगानी गरेको छ । बिहिबार बेनीमा सम्पन्न भएको सहकारीको १७ औं वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्षमा ३९ करोड १४ लाख ९२ हजार नौसय ४८ रुपियाँ लगानी गरेको जानकारी गराइएको थियो […]