समाचार
न्यु दरबाङ्ग महिला सहकारीको छैटौँ साधारणसभा तथा भवन उद्घाटन
साधन राम्जाली ,विकल्प न्युज /बेनी पुस २८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । सहकारीको शनिबार एक कार्यक्रमका विच साधारणसभा सम्पन्न गरिएको हो । साधारणभा तथा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले […]
नारी जागृति सहकारीको अध्यक्षमा बानियाँ
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस २८ । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा चिना बानियाँ निर्वाचित भएकी छिन् । ‘बचत गर्ने बानी बसालौं, शित उभाई घैला भरौं’ भन्ने मूल नारासहित सहकारीको शनिबार बेनीमा सम्पन्न १९औं साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा देवी आचार्य, सचिवमा दिलमाया बिटालु, कोषाध्यक्षमा दुर्गा […]
टोड्केमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु
विकल्प न्यूज/बेनी पुस २८ गते । रघुगंगा गाउँपालिकाको आयोजनामा टोड्केमा शनिबारदेखि महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख अमृता थापाको सञ्चालन र रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्था पाखापानीका परिचालक चौमाया पुनले स्वागत गर्नुभएको तालिमको गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले […]
मल्लाजको फट्केढुङ्गामा निशूल्क स्वास्थ्य शिविर सम्पन्न
विकल्प न्यूज/बेनी पुस २८ गते । जलजला गाउँपालिका ४ फट्केढुङ्गामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिकाको सहयोगमा लायन्स क्लव अफ पर्वत कुश्मा सिटी र ब्रिज सिटीको आयोजनामा भएको शिविरमा २३१ जना लाभान्वित भएका छन् । ७२ जनाले पाठेघर सम्बन्धी र १५९ जनाले १५९ जनाले आँखा उपचार सम्बन्धी सेवा सेवा लिएका लायन्स […]
बेनी संरक्षण योजना ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता
विकल्प न्यूज/बेनी पुस २८ गते । बेनी बजार संरक्षण योजनामा भएको ढिलाईप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । गत भदौंको अन्तिम साता कालिगण्डकी नदीमा आएको बाढीका कारण कटानको उच्च जोखिममा परेको सदरमुकाम बेनीलाई संरक्षण गर्ने योजना समयमै सुरु हुननसक्दा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन । सदरमुकाम बेनीलाई संरक्षण गर्न कालिगण्डकी नदी किनारमा निर्माण गर्न लागिएको पक्की […]
पुनः निर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग समझदारीपत्रमा हस्ताक्षर
विकल्प न्यूज/बेनी पुस २८ गते । म्याग्दीमा पुनः निर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि यहाँका स्थानीय तहसँग सम्झौता गरिएको छ । एक नगरपालिका सहित पाँचवटा गाउँपालिकाका प्रमुखहरु सँग शनिवार राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन इकाई म्याग्दी विच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले शनिबार आयोजना गरेको जिल्ला स्तरीय समन्वय […]
बुलबुलको आँगनमा घन्किए ूघायलश्री र शम्भूू
विकल्प न्युज /बेनी पुस २८ गते ।सुन्दर म्याग्दी जिल्लाको बेनी बजारमा ‘बुलबुलको आँगनमा ूशम्भू र घायलश्री’ नामक साहित्यिक कार्यक्रम पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार सम्पन्न भएको छ । कवि शम्भु अर्याल र घायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाचन गर्दै उपस्थित साहित्य मनहरुलाई आनन्द दिलाएका थिए […]
रघुगंगाको पाखापानीमा सार्वजनिक सुनुवाई
विकल्प न्युज/पाखापानी पुस २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा पहिलो चौमासीकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। गाउँपालिकाले प्रवाह गरिएका सेवा, विकास निमार्ण कार्यक्रम, तथा सामाजिक सुरक्षा, सुसासन र समग्र सेवा सुविधाको बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा उपस्थ्ति भएका वडा नं. ५ झिँ, ६ पाखापानी, ७ चिमखोला, ८ कुईनेमंगले वडामा भएको विकास […]
उपाधी जितेपछी नारच्याङवासीले मनाए खुसियाली (फोटो)
विकल्प न्यूज/बेनी पुस २७ गते । अन्नपूर्ण गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा मावि नारच्याङले जितेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । बिजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, […]
बेनी खानेपानीको १९ औं साधारणसभा सम्पन्न
साधन राम्जाली/बेनी पुस २७ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ वार्षीक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिक सधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वच्छ खानेपानी उपभोग सम्वन्धी संविधानको मौलिक हक अन्तर्गत उल्लेख भएकाले स्वच्छ पिउने पानीको उपभोग गर्नबाट कोही पनि नागरिक छुट्नुनपर्ने बताउनुभयो । उहाँले […]
दिच्यामका आगोलागी पीडितलाई राहत
विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्यामका आगोलागी पीडित टिकावती भण्डारीलाई राहत सहयोग गरिएको छ । मालिका गाउँपालिकाले पन्ध्र हजार रुपैयाँ, लायन्स क्लब अफ दरवाङ म्याग्दीले १४ हजार ३३०, प्रगतिशिल आमा समूह दिच्यामले पाँच हजार र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाले त्रिपाल, लत्ताकपडा र भाडाकुडाँ लगायत जिन्सी सामग्री राहत उपलब्ध गराएका […]
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा माविले जित्यो
सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कपर्दीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल सहित नगद पचास […]
नेपालमै पहिलो बन्यो मालिका गाउँपालिका – सवै वडामा हेलीप्याड निर्माण
विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाका सवै वडामा हेलीप्याड निर्माण गरिएको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले मालिकाका सातै वडामा हेलीप्याड निर्माण गरेको हो । भौगोलिक रुपमा विकट रहेको मालिकाका गाउँहरुमा हेलीप्याड निर्माण भएपछि विपद् व्यवस्थापन र आपतकालिन उद्धारमा सहयोग मिल्ने विश्वास गरिएको छ । मालिकाका दुर्गम वडा नम्बर […]
रुम,खवाङमा एक घर एक धारा आयोजना निर्माण
विकल्प न्युज/वेनी पुस २७ गते । म्याग्दीको दुर्गम गाउँ मालिका गाउँपालिका –२ रुम, खवाङमा खानेपानी आयोजना निर्माण भएको छ ।मालिका गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गे पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार रु छत्तिस लाख ७० हजार […]
गाउँपालिकाद्वारा घुम्ती शिविर मार्फत घरदैलोमा सेवा
विकल्प न्युज/बेनी पुस २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँपालिकाका जनताको सुविधाका लागी घरघरमा सरकारी सेवा दिंदै आएको छ । गाउँपालिकाले विभिन्न स्थानमा घुम्ती शिविरको आयोजना गरेर जनतालाई आफ्नै घरबाट सेवा लिने वातावरण मिलाएको हो । गाउँपालिकाका जेष्ठ नागरिक, आपाङ्गगता परिचय पत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाको लागी आवश्यक पर्ने बैंक खाता, […]