समाचार

म्याग्दीमा प्रहरीसँग विद्यार्थी कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी फागुन ३० गते । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरीसँग एक दिन कार्यक्रम सुरु गरेको छ । विद्यार्थीहरुलाई प्रहरीको गतिबिधि र उद्देश्यको बारेमा जानकारी गराउने, दुव्र्यसनी, अपराध, दुर्घटना, विकृति न्युनीकरणमा सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधबार बेनीको लोकदिप आवासीय मावि, बेनी आवासीय र लिटिल गार्डेन एकेडेमीका ३० […]

शान्तिकोषको कार्यालयमै आएर सहयोग

विकल्प न्यूज/बेनी फागुन ३० गते । गरिब र विपन्नको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गर्नेहरु बढिरहेका छन् । कोषलाई सहयोग गरी आजिवन सदस्यता लिन परोपकारी मनका धनीहरु कोषको कार्यालय खोज्दै आउँछन् । यस्तै विहिवार कोषलाई सहयोग गर्न यूके र हङकङबाट घर विदामा आएका मोना हङकङका पूर्व कोषाध्यक्ष कर्णबहादुर पुर्जा, यूकेका घन […]

भजन जोगाउँदै तन्‍नेरी

विकल्प न्युज /बागलुङ फागुन ३० गते । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बिहुँकोट। जिल्लामा सबैभन्दा बढी युवाहरु जापान जाने र अधिक रेमिट्यान्स भित्रिने सदरमुकाम नजिकैको गाउँ। जुन गाउँका घरमा जापान नगएका युवा मुस्किलले भेटिन्छन्। जापान नगएका घरहरुको पनि अन्य कुनै न कुनै देशमा जाने क्रम तीव्र छ। गाउँका पुराना मौलिक सँस्कृति नयाँ पुस्तामा हस्तान्तरण नहुने […]

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

विकल्प न्युज /धनकुटा फागुन ३० गते ।जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश […]

लमजुङको भगवान आधारभुत विद्यालयमा पुस्तकालय स्थापना

लमजुङ फागुन ३० गते । जिल्लाको दोर्दी गाउँपालिका –६ स्थित भगवान आधारभुत विद्यालयलमा पुस्तकालय स्थापना गरिएको छ । सोहि वडा निवासी हाल न्युजिलल्याण्डमा कार्यरत सुक बहादुर घलेको नेतृत्वमा ईन्द्र घले,केरसिंह घले र राम बहादुर घलेको संयुक्त आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । गत २६ गते स्थापना भएको पुस्तकालयको उद्घाटन प्रमुख अतिथि नेपाल लाइब्रेरी फाउण्डेशनका […]

पर्वतमा करिव ११० किलोमिटर सडक कालोपत्रे हुँदै

विकल्प न्युज /पर्वत फागुन ३० गते । ग्रामीण सडक सञ्जाल सुधार आयोजना ९आरसिआइपी० कार्यक्रम अन्तर्गत कालोपत्रेका लागि पर्बत जिल्लाका सात सडक छनोट भएका छन् । एशियाली विकास बैंकको सहयोगमा ती सडकको १०० किलोमिटरभन्दा बढी भाग कालोपत्रे हुने भएको हो । पर्वतमा ६० किलोमिटर मात्रै सडक कालोपत्रे गर्न लागिएकामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र गण्डकी प्रदेशका […]

ऐन बनाउन स्थानीय सरकार सुस्त

विकल्प न्युज / पर्वत फागुन ३० गते । गत सोमबार स्थानीय तह कार्यान्वयनमा आएको २ वर्ष पुग्यो । स्थानीय सरकारका प्रतिनिधिले जिम्मेवारी सम्हालेको पनि आगामी जेठ पहिलो साता २ वर्ष पुग्दैछ । संघीयताको अभ्यासमा बामे सर्दै गरेका स्थानीय सरकार सञ्चालनका लागि बन्नुपर्ने कानुन भने अझै बन्न सकेका छैनन् ।   नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवस्था […]

जलजलामा अबैध क्रसरमाथि कडाइ

विकल्प न्युज/ पर्वत फागुन ३० गते । इजाजतका प्रक्रिया नै पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई जलजला गाउँपालिकाले बन्द गराउने भएको छ । नदीजन्य पदार्थको मनोमानी उत्खननसँगै बस्तीसमेत जोखिममा पार्नेगरी क्रसरहरू सञ्चालनमा रहेको गुनासो बढेपछि गाउँपालिकाको कार्यपालिका बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेको हो ।   नियमनको पहिलो चरणमा गाउँपालिकाले सञ्चालनमा रहेका उद्योगका कागजात अध्ययन गर्न […]

जलजला आलुको ब्लक क्षेत्र

विकल्प न्युज पर्वत फागुन ३० गते । जिल्लामै अत्यधिक आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जलजला गाउँपालिका–९ बनौंलाई आलुको ब्लक क्षेत्र घोषणा गरिएको छ । आलुको उत्पादन र क्षेत्र विस्तार गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाको सिफारिसमा कृषि ज्ञानकेन्द्र पर्वतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा ब्लक घोषणा गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार ब्लक घोषणा […]

म्याग्दीमा बन्दको प्रभाव

विकल्प न्यूज/बेनी फागुन ३० गते । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आव्हान गरेको नेपाल बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा नेपाल बन्दको आव्हान गरिएको नेकपाका धौलागिरी ब्युरो सदस्य फिल्टरले बताउनुभयो । बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । सदरमुकाम बेनी […]

गाउँपालिका केन्द्र दरबाङमा ढल निर्माण

साधन राम्जाली /विकल्प न्युज बेनी  फागुन ३० गते ।जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो ।    गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ सय […]

पौडी खेल्न गएका बालक बेपत्ता

विकल्प न्युज बेनी फागुन २९ गते । पौडी खेल्ने क्रममा बुधबार अपराह्न ४ बजे म्याग्दीमा एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अपराह्न ४ बजेको समयमा विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा गर्बुजा […]

म्याग्दीमा निशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविर सुरु

साधन राम्जाली /विकल्प न्युज बेनी फागुन २९ गते । म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँ ,बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी […]

समाजसेवी रोका मगरद्धारा विद्यालयलाई १ लाख रुपैयाँ सहयोग

साधन राम्जाली/ विकल्प न्युज बेनी मंगलबार फागुुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दुखूबेशी निवासी हाल संयुक्त अधिराज्य बेलायत (युके ) मा कार्यरत समाजसेवी एवम् चन्दादाता दल बहादुर रोका मगरले दुर्गम गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुखुलेक स्थित मालिका आधारभुत विद्यालयलाई समाजसेवी एवम् चन्दादाता रोका मगरले १ लाख रुपैयाँ सहयोग गर्नुभएको हो । […]

बरंजामा हेलिप्याड निर्माण

विकल्प न्युज म्याग्दी फागुन २८ गते । जिल्लाको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेलीकप्टर अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक हेलिप्याडको’ अवधारणा अनुसार गाउँपालिका र वडाको समन्वयमा […]