समाचार

रघुगंगाको कोरोना व्यवस्थापन खर्च ७४ लाख ६९ हजार

विकल्प न्यूज/बेनी भदौं १७ गते ।  कोरोना भाइरस (कोभिड –१९) रोकथाम,नियन्त्रण तथा उपचारमा रघुगंगगा गाउँपालिकाले असार मसान्त सम्म ७४ लाख ६९ हजार एकसय दुई रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । चार महिनाको अवधिमा कोरोना रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले […]

गण्डकीमा कोरोना : १४ को मृत्यु, २२ सय १० संक्रमित, १९ हजार स्वदेश फर्किए

भदौ १७, २०७७  : गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २ हजार २ सय ४६ पुगेको छ। मंगलबार साँझसम्म २२ सय १०  जनामा संक्रमणको पुष्टि भएकोमा बुधबार बिहान २० जना नेपाल प्रहरी र १ जना स्वास्थ्यकर्मी सहित ३६ जनामा संक्रमणको पुष्टि गरिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार ११ जिल्ला रहेको गण्डकीमा […]

ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

१६ भदौं, काठमाडौं । भक्तपुर जिल्ला अदालतको भवन निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ठेक्का प्रक्रियामा सहभागी हुन चाहेका १० वटा आवेदकहरुलाई प्रतिष्पर्धा नगराई ठेक्का लगाइएको र त्यहाँ अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो । सबैलाई सहभागी गराएर प्रतिष्पर्धा नगराई एक कम्पनीलाई ठेक्का दिएर राज्यलाई ठूलो धनराशी […]

वुधबार मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

भदौ १७, २०७७ हाल पूर्वी र मध्य भू–भागमा  नेपाल नजिक रहेको  मनसुनको न्युन चापीय रेखा  पश्चिम सर्ने क्रममा छ। हाल गण्डकी प्रदेश तथा  प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका  एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वुधबार दिउँसो स् देशभर […]

एकैपटक जन्मिए तीन छोरी र एक छोरा, आमाको अवस्था गम्भीर

बुधबार, भदौ १७, २०७७ जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्। प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन्। उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन्।. […]

गण्डकीमा २० प्रहरीसहित थप ३५ जनालाई कोरोना संक्रमण

भदौ १७, २०७७  : गण्डकी प्रदेशमा बुधवार ४ जिल्लाका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति जारी गर्दै संक्रमित थपिएको जानकारी दिएका छन्‌। थपिएका सहित प्रदेशमा कोरोनाबाट संक्रमित हुनेहरूको सङ्ख्या २ हजार २ सय ४५ पुगेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका १ की २६ वर्ष उमेरकी एक महिला, कास्कीस्थित पोखरा महानगरपालिका-१७ […]

त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । थपलियाका अनुसार ७५ […]

विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

भदौ १६, २०७७ कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ […]

कोरोनाबाट पूर्वन्यायाधीशसहित थप ९ जनाको मृत्यु

भदौ १६, २०७७ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले थप ९ जनाको मृत्यु भएको छ। चितवनमा ४, पर्सामा ३, धरान र काठमाडौंमा एक÷एक जनाको मृत्यु भएको हो।  काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज विहान ७ बजे मृत्यु […]

आजबाट खुल्यो त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान

भदौ १६, २०७७ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ। सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण […]

दक्षिण कोरियामा २० हजार नाघे कोरोना संक्रमित

१६ भदौ, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २० हजार नाघेको छ । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकमा २० हजार १८२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र दक्षिण कोरियामा कोरोना भाइरसका २३५ नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म दक्षिण कोरियामा कोरोना भाइरसको […]

गण्डकीमा १४ दिने नाबालकसहित ३९ जनामा कोरोना पुष्टि

१६ भदौ, काठमाडौं । लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, जमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको […]

म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी भदौं १५ गते ।   जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् ।

नेकपाका जिल्ला नेताको कोरोना सङ्क्रमणबाट निधन

चितवन ।भदौ १५, २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा  भर्ना भएका थिए  । उचारका क्रममा आज बिहान उनको निधन भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ वर्षीय उनमा […]