म्याग्दी समाचार

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी बैशाख २ गते । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् । दुई वर्ष भित्र […]

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

म्याग्दी, चैत ३० गते । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको […]

पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर

बेनी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो । १०० वटा कुकुरको बन्ध्याकरण गर्ने […]

लोक दोहोरी प्रतिष्ठानले जेठ १५ गते अन्तर मावि लोक गीत प्रतियोगिता आयोजना गर्ने

विकल्प न्यूज/बेनी चैत २६ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारी आगामी जेठ १५ गते बेनीमा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मलनमा जानकारी गराईएको हो । लोक गीततर्फ विद्यार्थीहरुको रुचि अभिवृद्धि गराउने […]

वडा तहमा एमालेको अधिवेशन जारी

विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन सुरु गरेको छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमालेले वडा तहको अधिवेशन गर्न थालेको हो । अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव […]

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

विकल्प न्यूज/पोखरा चैत २५ गते । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए […]

म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा बिजय श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी चैत २४ गते । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुबराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, […]

जलजलामा मेलमिलापकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम

विकल्प न्यूज\जलजला चैत २३ गते ।  पर्वतको जलजला गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम शुक्रबार देखि सुरु भएको छ । दुईदिन सम्म संचालन हुने तालिमको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजिअ आचार्यले पालिका स्तरमा मेलमिलापकर्ताहरुले अत्यन्तै महत्वपुर्ण भूमिका खेल्दा धेरै समस्याहरु समुदाय स्तरमै समाधान हुने […]

बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते

म्याग्दी, चैत २३ गते ।  म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले भरत श्रेष्ठले बताउनुभयो । गाडी एक्कासी […]

मल्लाज हत्या घटना : अनुसन्धान जारी, दाेषी पत्ता लगाउन सकस

विकल्प न्युज / बेनी चैत २३ गते जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ ।  सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो । जिसी दम्पतीको अन्त्येष्टिमा पर्वत […]

काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

म्याग्दी,  चैत २२ गते ।  काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्र्तगत म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर […]

गरगहना लुटपाटका लागि दम्पतीको हत्या भएको पुष्टि

विकल्प न्युज / बेनी चैत २२ गते । पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी […]

बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ संचालन हुँदै

विकल्प न्यूज/बेनी चैत २१ गते ।  म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको हो […]

मल्लाजको दह दम्पती हत्या ः शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै

विकल्प न्यूज/जलजला चैत २१ गते । पवर्तको जलजला गाउँपालिका २ मल्लाजको दहमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया गमला जिसी हत्या घटनामा दुई जना नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) […]

ट्रान्स हिमालय एड्भेन्चर राइडरहरुको टोलीलाई म्याग्दीमा स्वागत

विकल्प न्यूज/बेनी चैत २१ गते । ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोलीलाई म्याग्दीको सदरमुकाम बेनीमा स्वागत गरिएको छ । काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङ प्रस्थान गरेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट कालिपुलमा महासचिव नारायण जिसी र कार्यालय प्रमुख दिलिप पुनले राइडरहरुलाई स्वागत गर्नुभएको छ । म्याग्दीको पर्यटनमा समेत सघाउने […]