अन्नपूर्ण आधार शिविरमा सञ्चार–विद्युत् योजना सर्वेक्षणमै सिमित
-
अन्नपूर्ण आधार शिविरमा सञ्चार–विद्युत् योजना सर्वेक्षणमै सिमित
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तार गर्ने योजना सर्वेक्षणमै सीमित भएको छ । विद्युत् र सञ्चार नहुँदा आधार शिविर पुगेका पर्यटकलाई सास्ती हुने गरेको छ । गत माघमा नेपाल टेलिकम र विद्युत प्राधिकरणसहितको टोलीले सम्भाव्यता अध्ययन गरे पनि अहिलेसम्म…
पुरा पढ्नुहोस » -
गौशालामा पूर्वाधार निर्माण तयार
ठाकुरप्रसाद आचार्य म्याग्दी, बैशाख २३ गते । म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । गौशालालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य सहित संघीय र स्थानीय सरकारको गरेर साढे चार करोड रुपियाँ लगानीमा धार्मिक संरचना तयार पारिएको छ । गाउँपालिका…
पुरा पढ्नुहोस » -
जलजलाको हम्पाल क्षेत्रमा कालञ्जर महायज्ञ सुरु
बैशाख १६ गते । पर्वतको जलजला–६ र मोदी गाउँपालिका वडा ४ स्थित कालञ्जर क्षेत्र (हम्पाल)मा कालञ्जर महायज्ञ सुरु भएको छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाइमा महायज्ञ सुरु गरिएको हो । मङ्गलबारदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म चल्ने छ । महायज्ञको प्रमुख वाचकको रूपमा स्वामी…
पुरा पढ्नुहोस » -
भुरुङ तातोपानीमा बाढीले पाइपलाइन बगाएपछि खानेपानीको समस्या
म्याग्दी (बेनी), वैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अविरल वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनेको छ । आज दिउँसो भुरुङ तातोपानी बजारको शिरतर्फबाट बग्ने दुई खहरेखोलाबाट आएको बाढी बस्तीभित्र पसेपछि जनजीवन प्रभावित बनाएको हो । बाढी पसेर केही घरमा सामान्य क्षति पु¥याएको र खानेपानीको पाइपलाइन बगाएको स्थानीय होटल व्यवसायी अमृतमान…
पुरा पढ्नुहोस » -
पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण
म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ। यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो।स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवाइमा निर्माण गरिएको मन्दिरको मंगलबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो। उद्घाटनका क्रममा उहाँले मन्दिर निर्माणसँगै दुरलेकलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित…
पुरा पढ्नुहोस » -
तेस्रो सम्मेलनबाट ‘बलेढुङ्गा घोषणा पत्र’ जारी
बागलुङ (गलकोट) बैशाख १० गते । बागलुङ जिल्लास्थित सम्पूर्ण स्थानीय तहका न्यायिक समितिको तेस्रो न्यायिक सम्मेलनबाट १४ बुँदे ‘बलेढुङ्गा घोषणा पत्र-२०८३’ जारी गरिएको छ । काठेखोला गाउँपालिका–३ स्थित पर्यटकीय स्थल बलेढुङ्गामा सम्पन्न सम्मेलनले स्थानीय तहमा न्याय सम्पादनलाई छिटो, सहज, निष्पक्ष र प्रभावकारी बनाउने उद्देश्यसहित घोषणा पत्र जारी गरेको हो । घोषणा पत्रमा…
पुरा पढ्नुहोस » -
वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु
धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ (आठ हजार १६७ मिटर) रहेको छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालुु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण प्रथम हिमालमा वसन्तयामको पहिलो सफल आरोहण
ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख ५ गते । अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा वसन्तकालिन यामको पहिलो सफल आरोहण भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको चुचुरोमा शनिबार बिहान सात जना विदेशी आरोही पुग्न सफल हुनुभएको हो । आरोहण गरेसँगै वसन्तकालीन आरोहण सिजन २०२६ को पहिलो सफल आरोहण…
पुरा पढ्नुहोस » -
जलजलाको खोलाखेतमा वायो कम्पोष्ट मल उद्योग स्थापना
बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ४ खोलाखेतमा स्थानीयहरुले सामुहिक रुपमा लगानी गरेर वायो कम्पोष्ट मल उद्योग खोलेका छन् । उद्योगले बिहिबार देखि परीक्षण उत्पादन सुरु गरेको छ । खोलाखेत गाउँका ९ जना स्थानीयहरुले सामुहिक रुपमा १५ लाख रुपियाँ लगानी गरेर स्थापना गरेको उद्योगबाट कम्पोष्ट मल तयार गर्न सुरु छ ।…
पुरा पढ्नुहोस » -
वैदेशिक रोजगारीको विकल्पमा बाख्रापालन: भीम भण्डारीको सङ्घर्ष र सफलता
रोजगारीका लागि बहराइन पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारी स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो। तीन छोराछोरी, वृद्ध बुबाआमा र भाइबहिनीको पठनपाठनदेखि घरव्यवहार चलाउने जिम्मेवारी बोकेका भीम विदेशबाट फर्किँदा निराश भए पनि उनले हिम्मत हारेनन्।विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो। आठ वर्षअघि सुरु गरेको घुम्ती गोठ…
पुरा पढ्नुहोस » -
दरवाङ-मुना-ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु
म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ।धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो। ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाँले बताए। “ग्राभेलमाथि राखेको ‘प्राइमकोड’ सुुकेपछि अर्को चरणमा पनि बिटुमिन बिछ्याएपछि…
पुरा पढ्नुहोस » -
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ, वैशाख १ गते । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिरसमृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ । हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि…
पुरा पढ्नुहोस » -
म्याग्दी नदीमा पक्की पर्खाल निर्माण
ठाकुरप्रसाद आचार्य \बेनी चैत २९ गते । म्याग्दी नदीको कटानबाट जोखिममा परेका बेनी बजारका सरकारी कार्यालय संरक्षण गर्न थालिएको तटबन्ध निर्माणको काम अन्तिमचरणमा पुगेको छ । म्याग्दी नदी कटानका कारण सरकारी कार्यालय र बजार उच्च जोखिमा परेको थियो । बेनी नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय पछाडि १ सय ६५ मिटर लामो कम्पोजिट…
पुरा पढ्नुहोस » -
बेनी बजारमा ध्वनि प्रदूषण गर्ने १० मोटरसाइकल नियन्त्रणमा
ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत २८ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी बजार क्षेत्रमा शान्ति सुरक्षा खलल पार्ने गरी चर्को आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरी चलाइएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बजार क्षेत्रमा अनावश्यक रुपमा चर्को आवाज निकाल्ने, तीव्र गतिमा सवारी चलाउने, लापरबाहीपूर्वक सवारी सञ्चालन गर्ने तथा स्वरुप…
पुरा पढ्नुहोस » -
रघुगङ्गाको सोवाङ धुरीः हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल
म्याग्दी, चैत २८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने व्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिमखोलाका बासिन्दा तारा गर्बुजा पुनले बताउनुभयो । “चिमखोलादेखि सोवाङ धुरी…
पुरा पढ्नुहोस »