यसपालीको नवविकल्प अंक पढ्नुहोस
-
-
बालीकालाई बलात्कार गरि फरार भएका बिक पक्राउ
विकल्प न्यूज म्याग्दी,माघ १९ गते । सात वर्षिया बालीकालाई बलात्कार गरि फरार एक व्यक्तीलाई प्रहरीले मंगलबार पोखराबाट पक्राउ गरेको छ । कुहुँ १ मा माघ १२ गते साँझ ५ बजेको समयमा बालीकालाई बलात्कार गरेको आरोप लागेका झिँ ९ का ३८ वर्षिय कुमार भनिने आईतबहादुर बिकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको…
पुरा पढ्नुहोस » -
चितुवा मार्ने कार्यमा संलग्न विरुद्ध मुद्दा दर्ता
विकल्प न्यूज /बेनी माघ १९ गते । वन कार्यालय म्याग्दीले चितुवाको छाला सहित पक्राउ परेका व्यक्ति विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । माघ ९ गते चितुवाको छाला, अंग र चितुवा मार्न प्रयोग भएको पासो सहित हिस्तान ९ दोसल्लेबाट पक्राउ परेका हिकबहादुर पुर्जा विरुद्ध सोमबार जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भएको…
पुरा पढ्नुहोस » -
पशु कार्यालयद्धारा व्यवसायीहरु सँग छलफल
विकल्प न्यूज/बेनी माघ १९ गते । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा मंगलबार बेनीमा ब्यवसायीक फार्म सञ्चालकहरुसंगको अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । उक्त कार्यक्रममा ब्यवसायीक रुपमा पशु फार्म सञ्चालन गरेको उद्यमी कृषक र जिल्ला पशु सेवा कार्यालयका प्राबिधिकहरुबीच छलफल भएको थियो । पशुपालनको सम्भावना, वर्तमान अवस्था र चुनौतीका विषयमा छलफल केन्द्रित थियो…
पुरा पढ्नुहोस » -
म्याग्देली गायक राम गगनको बेनीको बजारमा मन पर्ने हजार (भिडियो)
विकल्प न्यूज /बेनी माघ १८ गते । म्याग्देली युवा गायक राम गगनले बेनीको बजारमा मन पर्ने हजार गीतको एल्बम सार्वजनिक गर्नुभएको छ । भर्खर मात्र बजारमा ल्याउनुभएको गीति एल्बममा लोक गायक प्रकाश सपुत तथा साथिहरुले सालैजो भाकामा कम्मर मर्काएका छन् । राम गगन र कुमारी चेपाङको स्वरमा सजिएको उक्त सालैजु भाकालाई संगम…
पुरा पढ्नुहोस » -
म्याग्दीको गुर्जा मोवाईल र ईन्टरनेट सञ्जालमा जोडियो
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १८ गते । म्याग्दीको बिकट र दुर्गम गाविस गुर्जा सोमबार बिहानदेखि मोवाईल र ईन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम म्याग्दी शाखाले गुर्जामा एकैसाथ मोवाईल र ईन्टरनेट सेवा विस्तार गरेको हो । भिस्याट प्रबिधिको माईक्रो बिटीएस स्थापना गरेर गुर्जालाई आधुनीक सूचना प्रबिधिको सञ्जालमा जोडेको नेपाल टेलिकम म्याग्दी शाखा प्रमुख…
पुरा पढ्नुहोस » -
न्यानो कपडाको खोजीमा बालमन्दिर निमावी डाँडाखेतका विद्यार्थी
विकल्प न्यूज म्याग्दी,माघ १६ गते । तस्विरमा देखिएका बेनी नगरपालिका–१४ डाँडाखेतस्थित बाल मन्दिर निमावीका विद्यार्थी हुन् । विद्यालयको नियमित प्रार्थनामा सहभागी भएका विद्यार्थीको यो तस्विर कुनै गर्मी मौसममा खिचिएको पनि होईन् । माघको दोस्रो हप्ता खिचिएको तस्विरमा देखिएका धेरै विद्यार्थी एकसरो कपडामा विद्यालय आउने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण…
पुरा पढ्नुहोस » -
म्याग्दी अस्पतालमा गुणस्तरीय सेवा प्रवाहमा योगदान गर्ने कर्मचारीलाई सम्मान
सन्तोष गौतम/विकल्प म्याग्दी १६ माघ । म्याग्दी जिल्ला अस्पतालले विभिन्न रोगहरुको शल्यक्रिया सहितको सेवा उपलब्ध गराउन थालेपछि जिल्लाबासीलाई राहत मिलेको छ । बेनीमा रहेको अस्पतालले जटिल प्रसुती, हाईड्रोशील, हर्नीया, एपेन्डीसाईट्स लगायत रोगको शल्यक्रिया सहितको सुबिधा दिन थालेपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने समस्यामा कमी आएको…
पुरा पढ्नुहोस » -
म्याग्दीका पत्रकार खत्री पुरस्कृत
विकल्प न्यूज/बेनी म्याग्दी,माघ १६ गते । म्याग्दीका पत्रकार कमल खत्रीलाई शनिबार कृष्ण सेन (ईच्छुक) सिर्जनशिल पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । क्रान्तिकारी पत्रकार संघ म्याग्दीले दोस्रो जिल्ला सम्मेलनको अवसरमा पत्रकारीताको माध्यमबाट खत्रीले पु¥याएको योगदानको कदर गर्दै नगद रु. पाँच हजार सहित पुरस्कार प्रदान गरेको हो । संघका संस्थापक ओम शर्मा, एकिकृत नेकपा…
पुरा पढ्नुहोस » -
आयोजकको पोल्टामा बेनी बोडीङ कप
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १६ गते । म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न अन्तर निमावी जिल्ला स्तरीय पाचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । बेनी आवासिय माविको जुरेसले विद्यालयको रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाईनलमा माउन्ट एभरेष्ट आवाशिय उच्च माविलाई दुईका विरुद्ध तिन गोल गर्दै आयोजकको टोली…
पुरा पढ्नुहोस » -
कहाँ गए मुदी खिबाङका काले पुन ?
विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीको मुदी गाबिस ७ खिबाङ स्थाइ घर भई हाल मुस्ताङको मार्फा गाविस छयरमा बस्दै आएका अन्दाजी ४२ वर्षिय मेजर पुन भनेर बोलाईने काले पुन गत माघ ६ गते देखि सम्पर्क विहिन भएका छन् । उनी म्याग्दीको दाना गाबिस ८ बाट सम्पर्क बिहिन भएको परिवारले बताएका छन्…
पुरा पढ्नुहोस » -
युवा लक्षित कार्यक्रमका लागि ६० किसान छनौट (विवरण सहित)
विकल्प न्यूज /बेनी माघ १५ गते । जिल्ला कृषि विकास कार्यालय म्याग्दीले चालु आवको युवा लक्षित कार्यक्रमका लागि परेका निवेदनहरुको शुक्रवार छनौट गरेको छ । शुक्रवार वसेको कृषि विकास समितिको वैठकले निवेदन दिएका मध्यबाट व्यवसायिक रुपमा तरकारी खेती गरेका जिल्लाका ६० किसानलाई युवा लक्षित कार्यक्रम अन्तर्गत छनौट गरिएको हो । युवा लक्षित…
पुरा पढ्नुहोस » -
म्याग्दीको भगवतीमा खानेपानीको समस्या
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १५ गते । म्याग्दीको भगवतीमा खानेपानीको चरम अभाव हुँदा स्थानीय बासीन्दाको दैनिकी कष्टकर बनेको छ । माग अनुसारको खानेपानी आपूर्ती हुन नसक्दा भगवतीका बासिन्दा समस्यामा परेका हुन् । वि.स २०२२ सालमा निर्माण भएको जैसीखोर घट्टपाखा खानेपानी आयोजनाको उपभोक्ता बढेपनी क्षमत्ता विस्तार हुन नसक्दा खानेपानीको अभाव सिर्जना भएको छ ।…
पुरा पढ्नुहोस » -
बेनीमा पाँचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १४ गते । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्लामञ्च खेल मैदानमा बिहीबारदेखि जिल्ला स्तरीय अन्तर निमावी पाचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । बेनी आवासिय माविमा गठित जुनियर रेडक्रस सर्कलले विद्यालयको रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगितामा निमावी तहका १४ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।…
पुरा पढ्नुहोस » -
शैक्षिक सामाग्रि बांडेर जन्मदिन
विकल्प न्यूज/पर्वत माघ १४ गते । आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कारको अन्त्य गर्दै पर्वतका एक यूवाले आफ्नो जन्मदिनमा ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । मुडिकुवा ६ श्रीसुवामा २०४५ सालमा जन्मिएर विगत केहि वर्षदेखि सदरमुकाम कुश्मामा बस्दै आइरहेका अच्यूत तिवारीले आफ्नो २७ औं जन्म दिन बालबालिकाहरुलाई…
पुरा पढ्नुहोस »