कहाँ गए मुदी खिबाङका काले पुन ?
विकल्प न्यूज/बेनी
माघ १५ गते । म्याग्दीको मुदी गाबिस ७ खिबाङ स्थाइ घर भई हाल मुस्ताङको मार्फा गाविस छयरमा बस्दै आएका अन्दाजी ४२ वर्षिय मेजर पुन भनेर बोलाईने काले पुन गत माघ ६ गते देखि सम्पर्क विहिन भएका छन् । उनी म्याग्दीको दाना गाबिस ८ बाट सम्पर्क बिहिन भएको परिवारले बताएका छन् ।

जिल्ला प्रहरी कार्यलय म्याग्दीमा बिहिबार आफन्तले खोजीकार्य गरिदिन निबेदन दिएका छन् । वेपत्ता काले पुनको बुहारी हरिमाया पुनले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफुले निवेदन दिएको बताइन । प्रहरी कार्यालले वेपत्ता काले पुनको खोजीका लागि आवश्यक कार्य अगाडी बढाएको छ ।
प्रतिक्रिया राख्नुहोस्